जवान मन्, अधबैँसे उमेर

सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’।
मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?”
“अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?”
“मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होईनौ? म त त्यो बेलादेखि आजसम्म दिनरात तिमीलाई नै सम्झेर बसिरा’छु नि!” – म जिस्किएँ।
“हाँहाँ…सबको अगाडि लाज लाग्ने गरी भन्ने हो त, एकान्तमा भेटै नहुँने गरि? कस्तो ‘सेम टु यू’ पनि भन्न नपाई छुटिनुपर्यो… ‘एनिवेज् ढिलै भएतापनि आई लभ यू सो मच है!” – म्यासेजसँगै पान खाएर थुकेजस्तो पानकै पात आईपुग्यो।
म’मा पुराना यादहरु छरपष्ट हुन थाले। सात बर्षपछि फेरी उससँगका सम्बन्धहरु दिमागमा ताजा भएर आए – हामीले अंगालोमा बिताएका ति गोधुली साँझहरु अनि रंगिन ती रातहरु…हामी जबर्जस्ती छुट्टिनुपरेको त्यो उराठलाग्दो बिहानी…!
समयले जे-जस्तो गरेको भएतापनि अब ढिला नगर्ने सुरले मैले निष्कर्श निकालेँ – “स्वेता समयले हामीलाई जे गराएको भएतापनि म हाम्रो सम्बन्ध तत्काल अघि बढाउन चाहन्छु। डु यू स्टिल हाएव फिलिङ्स फर मि?”
“एस! बट गट टु गो!” – मोरीले छोटो उत्तर दिएर तत्काल अफलाईन भई। सायद लजाई होली! मेरो मन चाँहि पुरानो प्रेमीसँगको मिलनमा चङ्गा झैँ उड्न थाल्यो।
मैले तत्काल उसको प्रोफाईल हेरेँ।
म त्यतिबेला झस्किँए जव उसले कभर फोटोमा सिन्दुर-पोते लगाएर एउटि सानि नानी च्यापेकि थिई, अनि त्यसमाथि एउटा पुरुष आकृतिले उसलाई अंगालो हालेको थियो। मैले फोटो किलिक गरेँ, क्याप्सन देखियो – “विईथ माई ‘हनि’ एण्ड ‘बेबि’ !”
उसप्रतिको अन्तिम म्यासेज र ऊखरमाउलो मायादेखि आफैँलाई निकै लाज लाग्यो। तत्काल उसलाई ‘ब्लक’ गरिदिँए।
ओहो! समयले त धेरै गरिसकेछ।
फेरि अर्को निष्कर्श निकालेँ –
‘लभ गर्ने उमेरपनि घर्कीसकेछ! मन भन्दा समय छिटो भो भगवान्!’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *