Skip to content


बहिनी—एक

कार्तिकको महिना छ्यांग आकाश खुल्नुपर्ने तर बिहानैदेखी धुम्मिएको छ । असनको सांगुरो गल्लीमा ठेलागाडा र मान्छेहरूको भीडमा चेप्पिंदै म एकनाशसँग हिडिंरहेको छु । अचानक कसैले पछाडिबाट बोलाउँछ—

‘दादा ! ओ दादा ! ’म टक्क अडिन्छु र आवाज आएतीर हेर्छु । एउटी ठिटी, करीब सत्र वर्षकी भीड छिचोल्दै अघि बढ्छे र मेरो अगाडि ठिंग उभिन्छे । म उसलाई राम्ररी नियालेर हेर्छु ।

छोटो कपाल, थेप्चो नाक र एकजोडी निला आँखाहरू ! म उसको आकृति, चालढाल र मुहारको भावभंगी एक—एक केलाएर हेर्छु । अहँ, कतै केही परिचित छैन । अँझ भनौं बिल्कुलै अपरिचित छे ऊ मेरो निमित्त । संभवत ऊ झुक्किएकी छे ।

म मुस्कुराइदिन्छु । ऊ अलमल भावले एकछिन हेर्छे र बाटो लाग्छे । र, कुनै एक हिउँदेशांझ वसन्तपुर डबलीतीर एक्लै टहलिरहंदा ऊ फेरि भेटिन्छे ।

यसपाली म उसलाई आफ्नै कोठामा लिएर आउँछु । काठमाडौंको सांघुरो गल्लीमा छिंडीको अँध्यारो कोठा,म कोठाभित्र छिर्छु । ऊ मेरो पछि लाग्छे । सायद उसले मेरो स्वरुपमा दाइलाई देखिरहेकी छे । कस्तो विरोधाभाष ! खासमा मेरा कुनै बहिनीहरू छैनन् र यो ठिटी, जसको छातीमा गुराँस फुलिरहेको छ मेरी बहिनी हुन सक्दिन । म कोठाको छेस्किनी लगाउँछु । एकैछिनमा ऊ रगतपिच्छे हुन्छे र रुन थाल्छे । नयाँ तन्ना बिग्रिएकाले म थक्थकाउँछु ।

अब ऊ नियमीतजसो आउँछे र आफ्नो वैंशालु शरिर मलाई मनपरी भोग्न दिन्छे । म उसलाई अघाउँञ्जेल चिर्थोछु, निमोठ्छु र थिलोथिलो पार्छु । ऊ कुनै प्रतिकार गर्दिन । बदलामा चुम्बन गर्छे र जताततै स्पर्श गर्छे । म सित्तैमा उसलाई भोग्छु, ऊ सित्तैमा आफूलाई लुटाइदिन्छे ।

…… अर्थात अचेल ऊ मसँग लाज मान्दिन, जसो भन्यो उसै मानिदिन्छे ।

…… अर्थात उसले मसँग बिहे गर्ने सपना देखेकी छे ।

बहिनी —दूई

म भरतको साथ लागेर उसको डेरातीर लाग्छु । सहकर्मी हुनुको नातामा ऊ मेरो असाध्यै सम्मान गर्छ । संभवत त्यसैले आफ्नी बहिनीसँग परिचित गराउन र साँझको खाना खान उसले मलाई आफ्नो डेरामा निम्त्याएको छ ।

सानो कोठा, स—साना दूइवटा पलंग, पलंगको बीचमा एउटा सानो टेबल, टेबलमा यत्रतत्र छरिएका पुस्तक, पत्रपत्रिका र बालेर निभाइएका मैनका स—साना टुक्राटुक्रीहरू । म उसको कोठामा छिर्दा तिनै अस्तव्यस्त वस्तुहरूले घेरिएर कुनै रसियन कथाकारको कथामा हराइरहेकी थिई ऊ ।

उसलाई देख्नासाथ उसको स्वरुपको स्केच कोरिन्छ मेरो मस्तिष्कमा । वर्ष उन्नाइस्, गोलाकार मुहार, चुच्चो नाक र सेतो चस्माले छोपिएका एकजोडी आ“खाहरू । अहँ, चस्माको डिल छिचोलेर म उसको आँखाको भाव पढ्न सक्दिन ।
ऊ मसँग खुलेर सम्वाद् गर्दिन अर्थात उसको दाजूले झैं मेरो खातिर गर्दिन । फर्कंदा म गह्रौं मन र अपमानवोध लिएर फर्कन्छु ।

र, अचेल केहीदिन यता काम विशेषले भरत बाहिरिएको छ । उसकी बहिनी मेरै जिम्मामा छाडिएकी छे । त्यसैले आजभोलि म बिनासंकोच उसको डेरामा छिर्छु र उसको पलंगमा बसिदिन्छु । ऊ कुनै विरोध गर्दिन ।

कुनै एकसाँझ ममा अनौठो सनक चढ्छ ।

…..अर्थात् उसलाई भोग्ने तिब्र लालसाले म उत्तेजित हुन्छु ।

….अर्थात् म आफ्ना इन्द्रियहरूलाई नियन्त्रित गर्न सक्दिन र उसको अगाडि सर्वांग नंग्याइदिन्छु आफूलाई । मेरो नग्न शरिर देखेर ऊ यसरी तर्सन्छे मानौं अब तर्सनुको कुनै उत्कर्ष बाँकी छैन । र अब म, एकै झम्ट्याईमा उसलाई नङ्गयाइदिन्छु र उसैको विछ्यौनामा उसलाई मनपरी भोग्छु । ऊ हलचल गर्न सक्दिन । म स्खलित भएर डेरातिर लाग्छु ।

अचेल उसले आफ्नो मानसिक सन्तुलन गुमाएकी छे ।

………..अर्थात् पराजय स्वीकार गरेकी छे एक पुरुषसँग ।

बहिनी —तीन

बैशाखको चर्को घाम,म छतमा लुगा सुकाउन थालेको छु । एउटी ठिटी, करीब चौध वर्षकी सडकमा अलपत्र परेर रोइरहेकी छे । म उसलाई सडकबाट उठाएर ल्याउँछु र छिंडीको अँध्यारो कोठामा आश्रय दिएर राख्छु । ऊ मलाई दाइ सम्बोधन गर्छे ।

म कामबाट चाँडै फर्कन्छु । ऊ मलाई खाना बनाएर पर्खन्छे । कामको खोजीमा काठमाडौं छिरेकी ऊ मेरो आश्रयमा आफूलाई सुरक्षित महशुष गरिरहेकी छे । म उसलाई राम्ररी नियालेर हेर्छु । भर्खर फक्रन थालेको उसको बैंश मेरो आँखाबाट ओझेल पर्न सक्दैन ।

र, अब ऊ मेरी बहिनी बनिरहन सक्दिन अर्थात् एक वैंशालु ठिटीलाई म बहिनी बनाइरहन सक्दिन । त्यही रात रक्सीको मातको बहानामा म उसको सुकुमार बैंश मनपरी गिजोल्छु । भोलिपल्ट उज्यालो हुँदानहुँदै ऊ मेरो डेरा छाडेर भागिदिन्छे । म हलुंगो महशुष गर्छु ।

केही वर्षपश्चात ठमेलमा जम्काभेट हुँदा ऊ अर्धनग्न पोशाकमा भेटिई ।

…..अर्थात् अब ऊ राजधानीकी नामी र महंगी नगरबधु मध्ये एक थिई ।

…… अर्थात उसले जिन्दगीसँग सम्झौता गरेर बाँचेकी थिई ।

अस्तु ।

लेखिकाः निद्रा क्षेत्री
साभारः गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *