मेरो दारी र एक नारीको कथा
दुर-दुर तक हाम्रो कुनै र्साईनो थिएन तर पनि ऊ नजिकिईरहेकी थिई मसँग दिन प्रतिदिन । थाहा छैन किन । जसै म अफिसको लागि निस्कन्थे ऊ ढोकामा बसेर मुस्काईरहेकी हुन्थी, आधा मुख पर्दाले छोपेर । म स्वभाविक नजर ऊ तर्फ दौडाऊथे र अचम्म मान्थे । के तालकी केटी होला सोच्दै म गेट सम्म पुग्थे र अगाडी आफ्नो गन्तब्यतर्फ लाग्थे । अगाडीको घुम्ती कट्नै लाग्दा अनायासै पछाडी हेर्दो रहेछु । ऊ त्यतिवेला गेटमा आएर हेरीरहेकी हुन्थी । क्षणभरमै ऊ ओझेलपर्थि । त्यससँगै मेरो मन मस्तिष्कबाट पनि ओझेल पर्थि अर्थात फेरी फर्केर रुममा नआउन्जेल मैले भुलेर पनि उस्लाई संझिन्नथिए ।
दिन बित्दै थिए । ऊ एकाएक गाएब भई । दुर्इचार दिन त खासै मतलव भएन । तर पछि-पछि न्यास्रो लागे जस्तो लाग्न थाल्यो । ढोकाको पर्दाबाट कसैले चिहाईरहेको जस्तो या भनौ अगाडी बाटोमा नपुगुन्जेल गेटबाट कसैले हेरीराखेको छ जस्तो लाग्थ्यो तर त्यहाँ कोही हुदैनथियो । म उसँग कहिले बोल्न खोजिन । बोल्ने मन नभएर पटक्कै होईन । हेर्दै माया लाग्ला जस्ती थिई ऊ गोरी चन्चल । बस बोलीएन । नबोल्दा नबोल्दै झनै बोलीएन ।
उस्को दृश्य मेरो हृदयमा यति गाढा बनेर बसिरहेको थियो की उस्को वास्तविक दृश्यसँग खासै फरक खादैन थियो होला । तर मलाई यस कुराको बाल थिएन । न त म उस्लाई संझेर बस्नेवाला थिए न त उस्को लागि आशु नै झार्नेवाला थिए । जसरी उस्को दृश्य गाढा बनेर गईरहेको थियो ,त्यसै गरेर उस्को दृश्य पातलो भएर हराई जानेमा ढुक्क थिए । जीन्दगीमा आतेजाते धेरै हुन्छन् तर कोहीकोही अलि खास हुन्छन् जस्ले संझनाका पल दिएर जान्छन् । साहेद तिनीहरु मध्यकै थिई ऊ , अब संझनाकी मात्र ।
एकदिन फेरी उसैगरेर उस्लाई गेटमा देख्न पाउदा कम्ता खुसी लागेन मलाई । सुरुमा त आखाँमै बिस्वास लागेन । उस्ले नया कपडा लगाएकी थिई । लामोखाले अनारकली शैलीको जामामा कम्ता सुन्दर देखिएकी थिईन ऊ , साच्चै भन्दा बेहुली जस्ती देखिएकी थिई ऊ । मैले आफ्नो खुसी हासोमा रोक्नै सकेको थिईन । ऊ पनि उसैगरेर मुस्कुर्राई रहेकी थिई । काखमा समाएर उस्को स्याउ जस्तो गालामा चुप्प मोई खाईदिउ जस्तो मनमा लागेको थियो तर समस्या जब म गेटमा आईपुगे, ऊ यता कोठाको ढोकामा आएर चिहाउन थाली । जब म ढोकामा पुगे ऊ भित्र कोठाबाट चिहाउन थाली । आज आफूलाई रोक्न सकिन । भित्रै कोठामा पुगे ।
कोठामा उस्को ममि केहि पकाउदै हुनुहुदो हो । दिदि नमस्ते भन्दै सम्बोधन गरे । उहाँले बस्नको लागि आग्रह गर्नु भयो । एकपल्ट कोठाको चारैतर्फ नजर दौडाए । कोठाको अगाडीपटि्ट केहि भागमा पारीवारीक फोटा थिए । दाहिने पट्टिभागमा केही भगवानका पोस्टर थिए । अचम्म त त्यहाँ लाग्यो जहाँ हिन्दु देबिदेबताको फोटोसँगै कृश्चीयन यसुको तस्विर पनि सँगै थियो । अनि कोठाको पछाडीतर्फ नजर दौडाए । केहि हिन्दी तथा नेपाली चलचित्रका हिरोहिरोइन कोही के गरिरहेका थिए त कोही के गरिरहेको थिए । कोठाको कम्बीनेसन देखेर हासो लाग्यो । अनि कोठाको तल तिर नजर दौडाए । एउटा किचन र्याक , सानो टि टेबल , त्यससँगै सानो चिटिक्कको बेड । बेडमा पुग्दा मेरा आखाँ रोकीए र अर्का एक जोडी आखाँसँग ठोकिन पुगे । ऊ फेरी खित्केर हास्न थाली । साहेद मेरै नजरको पर्खाइमा आधा मुख सिरकले छोपेर कुरी बसिरहेकी हुदी हो । दिदि पकाउदैतस केही भनिरहनु भएको हुनुहुदो हो तर मैले खासै ध्यान दिईरहेको थिईन । सम्पुर्ण ध्यान बेडमा रहेको आकृतीले तानीरहेको थियो ।
“नानु तिम्रो नाम के हो” – मैले सोधे ।
“प्रिया”
ऊ फेरी सिरक भित्र लुक्न पुगी ।
“किन लजाएकी ? ल यता आउत”, मैले उस्लाई नजिक ल्याउने प्रयास गरे । ऊ आफ्नो ममिलाई समाउन गई र फेरी सारीबाट चिहाउन थाली । मैले उस्लाई नहेरुन्जेल चुपो लागेर मलाई नै हेरी रहन्थी , जसै म उस्लाई हेर्थे ऊ खित्काउदै हास्थी र आफ्नो अनुहार छोप्ने प्रयास गर्थी ।
उस्को ममि या नि दिदि , चिया पकाउन थाल्नु भएको थियो क्यारे । ऊ त्यसरी चलिरहदा उहाँलाई डिर्स्र्टब भई रहेको थियो । उहाँले छोरीलाई नचलीकन बस्न अराईरहनु भएको थियो । मलाई एकाएक त्यहाँ त्यसरी बस्न एकदमै अप्ठेरो महशुस भयो । आफुलाई गलत ठाउँमा आएको जस्तो महशुस भयो । म जुरुक्क उठे र हिडीहाल्न थाले । दिदि मलाई एकदमै हतार छ ,पछि कुरा गराउला है भन्दै ।
“वावु एकछिन बस्नुस्न हजुरसँग एउटा कुरा गर्नु थियो । हजुरलाई एकदिन खाना खान बोलाउ सोचिरहेकी थिए पहिले देखि नै । आज आउनु भयो , पाकी सकेको चिया पनि नखाई जानुहुन्छ ?” – दिदिले पछाडीबाट भन्नुभयो ।
दिदिले त्यति मायाले आग्रह गरिरहनु भएको थियो र पनि मलाई असहज महशुस भईरहेको थियो । म के गर्ने के नगर्ने केहि सोच्नै सकिरहेको थिईन । त्यतिकैमा कोहि पाउना टुप्लुक्क आईपुग्नु भयो । साहेद दिदिको दिदि, जुन उहाँको चेहेराले बतार्इरहेको थियो।
हुन त हाम्रो यसरी बोलचाल भएको पहिलो चोटी थियो । तर पनि उहाँले आफ्नै भाईलाई जस्तो आत्मिय पाराले ब्यबहार गरिरहनु भएको थियो । मलाई पनि उहाँ आफ्नै दिदि जस्तो लागिरहेको थियो । चिया खादैतस उहाँ आफू आमा छोरी केहि समयको लागि गाउँ गएको बताउनु भयो । उहाँ यता बस्न लाग्नु भएको धेरै भएको थिएन । त्यस्तै दुइतिन महिना देखि उहाँलाई मैले देखिरहेको थिए । त्यतिकैमा मैले प्रश्न गरे ,
“अनि उहाँ चाहि, यानी तपाईको श्रीमान् ?”
“उहाँ विदेशमा हुनुहुन्छ । सानू ३ पुगेर ४ मा लागेकी थिई ,त्यतिवेला नै उहाँ जानुभएको । अहिले सानू ४ पुगेर ५ मा लागी । अब आउनेवेला भयो” , उहाँले बताउनु भयो ।
प्रियाभएतिर फर्किए । यसपटक उस्को अनुहारमा आश्चर्याता र उस्सुक्ता बाहेक केहि देखिएको थिएन । न उ लजाएकी थिई न त अघि जस्तो छुपाछुपी नै गरिरहेकी थिई । बस् हाम्रो कुरा सुनिरहेकी थिई । मैले जिस्काउदा नमुस्काईरहन सकिन ।
त्यतिकैका भक्खर आउनु भएको दिदिले पाउर फुकाउन थाल्नु भयो । पाउरको पोको प्रियाको ममिले के समाउन थाल्नु भएको थियो , प्रियाले झोलालाई झम्टन पुगी । झोलामा केही स्याउ तथा आप थिए क्यारे । प्रियाले झोलाबाट सबैभन्दा राम्रो आपको दाना निकाली । उस्को ममि ट्वा परेर हेरिरहनु भएको थियो । साहेद प्रियाको यस किसिमको बानीमा उहाँ अभ्यस्त भैसक्नु भएको थियो क्यारे । म भने प्रियामाथि आफ्नो बचपन संझिरहेको थिए । मैले याद गरिरहेको थिए तिनै दिन जतिवेला मलाई पनि मै मात्रै खाउ , मै मात्रै लाउ हुन्थ्यो । बचपन सबैको यस्तै हुन्छ होला नि है ?
त्यतिकैमा दिदी केही स्याउ तथा आपलाई टुक्रा पारेर पिलेटमा राख्दै हुनुहुन्थ्यो । उता प्रिया भने सबैभन्दा राम्रो आपको दाना लिएर फ्रिजतर्फ गएकी थिई । मैले प्रियालाई हेरी राखेको थिय । मैले उस्लाई त्यसरी हेर्नुको अर्थ उस्ले समातेको आपको दाना मलाई दिओस् भन्ने पटक्कै थिएन तर पनि आप भनेपछि मलाई पनि कस्तो कस्तो हुन्छ । लोभी आखाँलाई त्यतिमै रोके । त्यसपछि मैले प्रियालाई हेर्न छोडे । दिदीतर्फ मोडिए । दिदीले पिलेटमा काटेका फलफूल अगाडी राखी दिनुभएको रहेछ । दिदीले खान सुरु गरीसक्नुभएछ । मलाई पनि नखाईरहन मन लागेन ।
त्यतिकैमा प्रिया मेरै छेउमा उभिईरहेकी छे जस्तो भान भयो । एकैछिनमा साहेद ऊ मलाई नै हेरीराखेकी छे जस्तो महशुस भयो । झट्ट उस्लाई हेरीहाल्न मन लागेन । उस्ले साहेद अघि समाती रहेको आपको दाना मलाई चुन्गाई चुन्गाई खान चाहिरहेकी थिई । मैले अझै पनि उस्लाई हेरिन । या भनौ हेर्न चाहिन । ऊ फेरी अझ अगाडी सरी । अब भने मलाई नहेरी सुखै भएन । उस्लाई हेरेर म त तिनछक परे । उस्ले आपको दाना खाईरहेकी थिईन । भुर्इमा घुसेमुन्टो लागाएर उभिईरहेकी थिई मेरो अगाडी । उस्को हातमा एउटा बास्केट थियो । बास्केट भरी राम्रा राम्रा फलफुल थिए । अघिको त्यो सुन्दर पहेलो आपको दाना पनि त्यहि थियो । उस्ले बास्केट पुरै मतर्फ लम्काईरहेकी थिई । म एकदमै अलमलमा परे । प्रियाको त्यस किसिमको व्यवहार देखेर म आर्श्चर्यचकित भए । के गर्ने भनेर दिदिको मुखमा ट्वा परेर हेरे । दिदी र मेरो मुखामुख भयो । फेरी प्रियालाई हेरे । ऊ अझै पनि ढिमढिमती उभिईरहेकी थिई । उस्लाई त्यो गाह्रो बास्केट उचाल्न धौधौ भर्इंरहेको थियो साहेद । चिटचिट पसिना निक्लन थालिसकेको थियो । तब भने मैले अरु केहि सोचिन । उस्को बास्केट समाएर भुइमा राखिदिए । प्रिया काखमा बस्न खोजे जस्तो गरी मैले पनि हल्का आड दिए ।
एकछिन कोठामा सुन्यता छायो । प्रिया लल्याक-लुलुक भईरहेकी थिई । मलाई पनि यो के भईरहेको छ जस्तो लागिरहेको थियो । त्यतिकैमा फेरी दिदीलाई हेरे । दिदी खासै अस्वभाविक केहि नभएको जस्तो महशुस गरिरहनु भएको थियो क्यार खासै बिचलित हुनुहुन्नथ्यो । त्यसपछि मलाई पनि स्थिती सामान्य नै रहेछ भन्ने लाग्यो र हल्का महशुस गर्न थाले ।
दिदीले रहस्यको ढोका उघार्न थाल्नु भयो । भन्नुभयो , “तपाई यसरी झपक्क दारी पाल्नु हुन्छ नी , प्रियालाई हजुर आफ्नो बाबा जस्तो लाग्ने रहेछ । सधै हजुर उस्को बाबा हो भनेर सोधी रहन्छे । केही मिठो चिज पायोकी बाबालाई दिने भनेर छुट्टै राख्छे । न आफू खान्छे न हामीलाई खान दिन्छे । के भको होला कुन्नी यो केटीलाई ।”
पहिले आफ्नो दारी छामे । नकाटेको पनि महिनौ भएछ । सो को लागि पालेको थिईन मैल । त्यो त काट्ने फूर्सद नभएर । त्यसो पनि अलि नभनौ खासमा काट्ने जागर नचलेर । त्यतिवेला आफ्नो अनुहार हेर्न सारै मन लाग्यो । दिदीको दराजको ऐनामा आफूलाई चिहाएर हेरे । हो त हलक्कै बडेको रहेछ । कस्तो नराम्रो देखेको । आफू आफूमै लाज लाग्यो । त्यो दिदीको बुडा पनि अल्छी हुनुहुन्थ्यो होला साहेद, दारीसारी काट्नको लागि , म जस्तै । यस्तै अनुमान लगाए । अघि भित्ताको तस्विरलाई फेरी नियालेर हेरे । मेरो अनुमान सहि ठहरियो । हास्न पुगेछु अनायासै । त्यहि हसिलो अनुहार लिएर प्रियाको मुखमा निहुरिएर हेरे जिस्काउने पाराले । उस्ले छड्के नजरले मलाई हेरी । मैले त्यस्तरी हेर्दा लाज लागेछ क्यारे फेरी हास्न थाली । त्यतिकैमा काखबाट जुरुक्क उठेर आमाको सारीमा लुक्न पुगी ।
समय निकै घर्कि सकेको थियो । दिदिसँग बिदा भएर म आफ्नो रुमतर्फ लागे । कोठामा आईपुगेर फेरी एक नजर ऐनामा दौडाए । दायाबाया ओल्र्टाई पल्र्टाई गरी आफ्नो अनुहार हेरे । यसरी आफूले आफूलाई नियालेर हेरेको पहिलो पटक थियो साहेद । धेरै परिवर्तन भैसकेछ । कलिला गाला बिस्तारै परिपक्कतामा ढल्किन थालीसकेछन् । झुस्स दारी भित्रको चिम्सिएको अनुहार आफूले आफैलाई सारै नराम्रो देखे । यस्तो देखिएको रहेछु अनि किन कसैलाई नलागोस त नि बाउ जस्तो ।
तुरुन्तै दारी काट्ने निर्णय गरे । जिन्ग्रिएको कपाल पनि अलि मिलाउने बिचार गरे । घडी हेर्दा त्यस्तै साझको साडेसात भएको थियो । अझै पनि नाउले आफ्नो पसल खुला राख्ने प्रबल संभावना थियो । तुरुन्तै कोठाबाट निस्किएर सुटुक्क नाउको पसलतर्फ लागे ।
नजिकै चोकमा एउटा चिनेको नाउको पसल थियो । पहिले पहिले उस्कोमा धेरै जाने गर्थे अचेल आफ्नो दारी कपाललाई कम महत्व दिन थालेको थिए । त्यसैले उसँगको मेरो सम्बन्ध पातलीदै गएको थियो । कहिले काहि उसँग भेट हुन्थ्यो । उस्को पसल अगाडी बाटो परेर हिड्दा ऊ पसल बाहिर निस्केर हात हल्याउथ्यो । कहिले काहि बोलाई पनि हाल्थ्यो । ऊ भन्ने गर्थ्यो, “कपाल दारी काट्नु नपरे पनि कहिले काहि यसो गफसफ गर्न आउने गर्नुस्न । मलाई खुसी लाग्नेछ ।” पछिल्लो समय ऊ मेरो दारीको ठुलो फ्यान भएको थियो । प्रत्येक भेटमा ऊ मेरो दारीको प्रसंसा गर्न चुक्दैन थियो । ऊ भन्ने गथ्र्यो मेरो दारी, दारी कम मायाको फुलवारी ज्यादा लाग्छरे । यसरी उस्को आफ्नै लवजमा , “भाईको छ नि यो दारी कम मायाको फुलबारी ज्यादा लग्ती हे ।” उस्ले यसो भनिरहदा मेरो दारीलाई किन मायामै जोड्नु परेको होला यस्लाई पनि भनेर रिस उठे्थ्यो । त्यो रिसलाई आफ्नो मुखसम्म ल्याउने चेस्टा कहिले गरिन । फिस्स हासेरै उस्को कुरा टार्ने प्रयास गर्थे । यसरी नै चलिरहेको थियो । यसभन्दा बढि मलाई केही मतलब लाग्दैन थियो ।
पसल बन्द गर्ने तरखरमा थियो क्यारे ऊ , मलाई देख्नासाथ मिठो मुस्कानको साथ टक्क उभियो । “भाईसाफ क्या हालचाल हे ? बहुत दिनोके बाद नजर आए । क्या बात हे ?”, ऊ भन्दै थियो । सब बडिया हे जी भन्दै कटिन्ग बेन्चमा टक्क बसे र अन्तीम पटक आफ्नो दारी कपाललाई वल्र्टाई पल्र्टाई हेरे । रामबाबु मायाकै फुलावारीको जिकिर गर्दै थियो । त्यतिकैमा उस्लाई बिचमै रोकेर भने ,
“रामबाबु, फोडडालो ये मायाको फुलवारीको । अब हमे ये नहिचाहिए । जब माया हि छोड्के चलि गइ तो ए फुलवारी क्यु सजाके राखु ,उस्के नामके ? हमे और नहि चाहिए काट्रडालो ।”
टुटेुफुटे हिन्दीमा र्डाईलग मारे । रामबावु हेरेको हेरै भयो । कहि बोल्न सकेन । बिस्तारै उ कैची चलाउन सुरु गर्यो । अरु बेला भन्दा उस्को कैची निकै ढिला चलिरहेको मैले चाल पाईरहेको थिए । उस्लाई किन अप्ठेरो महशुस भएको थियो मैले बुभन सकिन ।
अलिकति काटेर ऊ घरीघरी सोधी राखेको हुन्थ्यो ,”इत्ना राख्दु ?” मैले उस्लाई सुरुमै पुरै काटिदिन भनि सक्दा पनि ऊ किन यसरी राख्दु सोधिरहेछ ? म आर्श्चर्य चकित भैरहेको थिए । त्यतिकैमा उस्लाई नभनि रहन सकिन , “रामबावु क्या आप जल्दी मे हे क्या?”
“नहि तो ।”
“फिर आप ये दारी काट्ने मे क्यू नै चारहेहो ?”
ऊ केही बोलेन । ऊ आफ्नै सुरले कैचि चलाउन थाल्यो । धेरैबेरपछि मौनता तोड्यो ।
“एक बात कहूँ आपको ?”
“जरुर जरुर कहिएन ।”
“मेरा एक बेटा था , आपका उमेरका ।”
“बेटा था मतलब ?”
“अब मेरे साथ नहि हे ।”
“साथ नहि हे मतलब ?” म आश्चर्यमा परे ।
“साथ नहि हे का मतलब मुझे छोडके चलागया । कहाँ हे पता नहि ।”
“क्यू ?” मैले ठाडो प्रश्न गरे । साहेद नसोधेको भए हुन्थ्यो की ?
“किसी पागल लड्कीसे प्यारमे था । उस्ने धोकादिया बोल्के बहुत उदास बन्के रहेताथा । बाल , दारी सबकुछ मिलानेको छोडदिया था । मैने बहुतबार उस्को गाली दिया । दारीमे वो मुझे अच्छा नहिलग्ताथा । एकदिन हम दोनोको छोडकर कहाँ चलागया , कुछ खबर नहि । अब उस्के बहुत याद आति हे । उस्के वोही नमिली हुर्इ दारी अच्छा लग्ता हे । वहिसाही दारी दिख्नेवाला भि मेरे बेटे जैसा लग्ता हे ।”
भैया अलिबढि नै सिरियस भैराछकी क्या हो सोच्दै थिय मनमन । उस्को काहानीमा मलाई कुनै दिलचस्पी थिएन । त्यहि पनि माहोल अनुसार आफूलाई केही गम्भिर बनाउनु थियो । सक्दो प्रयास पनि गरिरहेको थिए । लुकीनग्लासबाट यस्सो चिहाएको थिए । उस्का आखाँ पनि रसाईरहेका थिए । मतलब काहानीमा दम थियो ।
मेरो दारी मेरो लागि फगत दारी थियो । भैयाको लागि मायाको फुलबारी । त्यो प्रियाको लागि ड्याडी । दारी खतम , काहानी खतम । आनन्द ।
भोलीपल्ट आखाँ अलि चाडै खुलेका थिए । त्यो दिन अलि जोस जागर नि चलेको थियो । चिटिक्क परेर बाहिर निस्कदा छुट्टै आनन्द थियो साहेद । करिब १५ मिनेट अगाडी कोठाबाट निस्के प्रियाको कोठातिर चिहाउदै । ढोकामा कोही थिएन । त्यसैले आफ्ना पाहिलालाई अलिक आवाजयुक्त बनाए । मेरो पाईलाको आवाज थाहा पाईछ क्यारे , खासमा थाहा पाओस् नै चाहेको थिए , प्रिया दुगुड्दै ढोकानेर आईपुगी । म मन्द मुस्कानमा थिए । मलाई प्रियालाई देखाउनु थियो – मेरो ड्याडी बन्ने उमेर भएको छैन , अझै तिमी जस्तै बच्चैछु । सानीले एकचोटी आखाँ ठुला-ठुला पारेर मलाई हेरी । त्यसपछि पर्दा बन्द गरी । म केही छिन पर्खे । उस्ले पर्दा खोल्दै खोलीन । नखोले नखोलोस मलाई पनि के र भन्दै म पनि निस्कीए । अगाडी घुम्तीनेर पुग्नै लाग्दा फेरी पछाडी नहेरीरहन सकिन । गेट सुन्य थियो । त्यहाँबाट कोही चिहाईरहेको थिएन । हृया अझै पनि मैले के ल्याङल्याङ गरीराको थिए होला है ?
पुसको मैना थियो । या नि अफिसमा अलि ब्यस्त हुने दिनहरु । पहिलो प्राथमिकता कामलाई काम कसरी सकाउने भन्ने नै हुन्थ्यो । खासै दाया वाया सोच्न फुर्सद नहुने । नभन्दै यसैबिच पुरै एकहप्ता नाघ्न थालेछ । मसान्त कटि सकेपछि, केही फुर्सदमा थिए । सानूलाई म बिगत केही दिन देखि देखेको थिईन । देख्नै पर्छ भन्ने पनि केहि थिएन ।
अफिसबाट फर्किदै थिए । केहि हप्ताको अन्तरालमा मैले प्रियालाई देखे ,गेटमा उभिईरहेको । अचम्म लाग्यो प्रिया कति छिटो ठुलि भैसकिछ । एक हप्तामै बर्षौ-बर्ष परिवतर्न त नहुनु पर्ने , यस्तै सोच्दै थिए । पाईला अगाडी बढाउदै थिए । ए होईन रहेछ , यसपाली प्रिया होईन प्रियाको ममि पो त्यसरी गेटमा उभिईरहनु भएको रहेछ । मेरा आखाँ पनि के भएका हुन । प्रिया र प्रियाको ममिलाई समेत छुट्टाउन नसक्ने भएछु ।
प्रियाको ममि त्यसरी गेटमा उभिएको भेटिनु कुनै नौलो कुरा भएन । यस्सो कहिलेकाही जो पनि देखिन सक्छ । तर गेटमा उभिई मलाई नै कुरी रहनु भएको थियो , यो चाही सारै अचम्मको कुरा थियो । छोरीको डिउटी पुरा भयो अब आमाको सुरु भयो साहेद गेटमा उभिने । मनमन कता कता सोच्न भ्याईहालेछु । मैले यस्तो सोच्नु कति सम्मको गलत थियो केहि समयमै थाहा हुने बाला थियो तर मलाई थाहा भैसकेको भने थिएन ।
दिदीको रुन्चे अनुहारमा मलाई देख्नासाथ केही खुसीपना आयो । उहाँ हासिरहनु भएको थियो तर त्यो हासो उहाँलाई पटक्कै सुहाएको थिएन , मलाई यस्तै लागि रहेको थियो । उहाँको केवल ओठ हासेको थियो, आखाँ रसाएका थिए , मन रोएको थियो । भन्नैपर्दा उहाँको अनुहारमा औसि छाएको जस्तो उदान्गो थियो ।
उहाँ मलाई हेरेको हेरै टोलाई रहनु भएको थियो । साहेद केहि सोच्दै हुनुहुन्थ्यो । मैले नजिक पुगेर दिदी भनेर संबोधन गरे । उहाँ झसँग हुनुभयो । भन्न थाल्नु भयो , “एकचोटी होस्पिटल जानु पर्यो । प्रिया बिरामी छे ।” नभन्दै मेरो अनुहारमा पनि गह्रण सुर्रुभईहाल्यो । कुनै दिन उस्ले मलाई आफ्नो ड्याडी जस्तो ठान्थी , नभन्दै मलाई पनि ऊ आफ्नो छोरी जस्तो लाग्न थालीसकेछ । भित्रै देखि माया पलाएर आयो । प्रियाले बेडमा ड्याडी ड्याडी कर्राईरहेकी छ रे , डाक्टरले उस्को ड्याडी नभईकन उस्को स्वास्थ सुधार हुन सक्दैन रे । उस्को स्वास्थ्य झन्झन् क्रिटिकल हुदै गईरहेको छ रे ……।
दिदीले यति भनि सक्दा मेरो आखाँबाट आशुदाना कतिवेला बर्रर खस्न थालेछन् मैले थाहा पाउन सकिन । म गेटबाट भित्र छिरिन । दिदीलाई सोधे , “कुन होस्पीटल ?”
“नार्भिक।”
ल हिड्नुस भन्दै आफ्नो बाईक स्र्टार्ट गरेर सिधा होस्पीटल तर्फलागे । कुपन्डोल हुदै थापाथली अगाडी बडेर घुम्ती नेर मोड्ने बेलामा लुकिङग्लासमा हेरेको थिए । दिदिले आफ्ना आशु पुछिरहनु भएको थियो । आखाँका परेलीमा आएका आशुदानाले अगाडीको बाटो हेर्न निकै धौ-धौ भईरहेको थियो । आखाँमा पनि बाईपर हुनुपर्ने है गाडीमा जस्तो पानी पर्दा खेरी । कम्सेकम यस्तो बेलामा निकै काम आउथ्यो होला , आशु झारी झारी हेर्नु पर्दा ।
आईसियुमा राखिएको रहेछ ,दोस्रो तलामा । दिदि निकै गल्नु भएको थियो क्यारे । म तलाको माथी पुगिसक्दा पनि दिदी तलै छोडिनु हुन्थ्यो । किन किन प्रियालाई कतिबेला देखुँ जस्तो लागि रहेको थियो । यता दिदिको हालत हेर्दा पनि एक्लै छोडिहाल्न मिल्ने थिएन । कहाँ कति बेला ढल्नु हुन्छ जस्तो देखिनु भएको थियो । आईसियुको ढोकैनेर पुगी ड्रेस चेन्ज गरिसक्दा नसक्दै प्रियाको उपचार गरिरहनु भएको डाक्टर त्यहाँबाट निस्कनु भयो । दिदिलाई देख्नासाथ, “खै ! प्रियाको ड्याडीलाई ल्याउनु भयो ?”, भन्नु भयो । दिदिले म तर्फ देखाउनु भयो । मैले भने डक्टरको अनुहार र केहि समय उहाँको गोजीनेर लेखिएको नाम हेरे । लेखिएको थियो ‘निरज झा’ । उहाँलाई फाट्फुट् मानभबनतिर देखि राखेको हो तर उहाँ डाक्टर नै हुनुहुदो रहेछ थाहा थिएन ।
केहीछिनको गहन नियालाई पछि डाक्टरले दिदितर्फ र्फकनु भयो , ‘के वहाँ नै प्रियाको ड्याडी हो त ? कुनै शंका त छैन नि?’ भन्ने पाराले ।
प्रियाको ममिले अनायासै मुन्टो हल्याउनु भयो ‘हो’ भन्ने पाराले । मेरो झन्डै साता गएको । ठाँउको ठाँउ ।
” ए होइन होईन “, दिदिले भन्नु भयो । अब डाक्टरको पालो जिल्ल पर्ने । साच्चिकै दिदिको हाल बेहाल भएको थियो । मदनले छोडेर गएकी मुनाको जस्तो । मजनुले छोडेर गएकी लैलाको जस्तो । कहाँ कहाँ हराएकी जस्ती हुनुहुन्थ्यो ।
दिदिले अगाडी भन्नुभयो , “प्रियाको ड्याडी त बिदेश हुनुहुन्छ । अस्ट्रेलिया । उहाँलाई मैले फोन गरको एक हप्ता अगाडी आउन नमिल्ने भयो जसै गरे पनि । अनि प्रियाले यि भाईलाई आफ्नो ड्याडी जस्तो लाग्छ भन्थी । त्यसैले उहाँलाई बोलाई हालेको ।”
मेरो दिमागमा प्रिया नै प्रिया घुमिरहेकी थिई । उस्को बालशुलभ चन्चलता घरी मेरो दिमागमा नाचिरहेको हुन्थ्यो त घरी गाईरहेको हुन्थ्यो । घरी पर्दाबाट चिहाईरहेको हुन्थ्यो त घरी गेटबाट । फिलिमको रिलमा जस्तै एक्सन रिप्ले भै रहेकी थिइ प्रिया । त्यतिकैका रिल रोकियो र आयो त्यो पल जतिवेला मैले प्रियालाई अन्तीम पटक देखेको थिए । उस्ले आखाँ ठुलो ठुलो पारी र झ्याप्प पर्दा बन्द गरी । मानौ त्यो पर्दा मेरो नाकैमा ठोकियो । झल्यास्स भए । अनि स्तब्ध पनि । जसरी मुभि हेरिरहदाको रमाईलोमा जसरी सन्नाटा छाउछ नी हिरोलाई गोली लाग्यो भने उ ढलिरहदा वा कुनै कार एस्सीडेन्टमा पर्यो भने त्यो कार भुइृमा नझरुन्जेल । हो त्यस्तै ।
मैले र्साईकोलाजी अध्यन गरेको छैन अर्थात यसबारेमा मलाई उतिसारो ज्ञान छैन । केही मात्रामा मात्रै थियो । सिगमन्ड फ्रेडको बारेमा र उन्को इगो , सुपर इगो र र्इद , ड्रिम , डिफेन्स आदीको बारेमा हल्का सुनेको थिए । लकानियनको चाईल्ड र्साईकोलोजीको बारेमा ढेरथोर ज्ञान चाहि थियो । यतिको आधारमा म यो निस्कर्षमा पुगेकी प्रियाले मलाई देखेर एकाएक आखाँ ठुलो पारी पर्दा बन्द गर्नुको कुनै साइकोलोजिकल कारण हुनसक्छ । मैले यो कुरा डाक्टरलाई बताउन एकदमै जरुरी ठाने । यो कुरा मलाई र प्रियालाई बाहेक अरु कसैलाई थाहा थिएन ।
“सर एउटा कुरा छ । साहेद यो बताउनु प्रियाको उपचारमा कोसेढुङ्रगा साबित हुन सक्छ । जब मलाई प्रियाले अन्तीम पटक देखेकी थिई ……………………………….”
मैले बताउन सुरु गरे । डाक्टरले एकपल्ट सिसाबाट पछाडी चिहाएर हेर्नु भयो । साहेद प्रियालाई नै हेर्दैहुनुहुन्थ्यो । मैले पनि यसो नजर दौडाए । प्रियाको अस्पस्ट आकृती बेडमा निदाईरहेको जस्तो देखिन्थ्यो ।
“मैले अहिले निदाउने सुर्इ दिईरहेको छु । एकछिन यता आउनुहोस् ।”, डाक्टरले आफ्नो कक्षतर्फ लग्नु भयो र मलाई बाकि कुरा सोद्न थाल्नुभयो ।
अन्तमा भन्नुभयो, “पहिलै नै यो सब किन भन्नुभएन ? यति थाहा भएको भए प्रिया उहिल्लै ठिक भैहाल्थी ।”
मैले भने , “मलाई प्रिया बिरामी भएकी छे भन्ने थाहा थिएन । त्यो पनि मेरो कारणले मैले कल्पना पनि कसरी गर्न सक्थे र ?”
डक्टर आफ्नो बेन्चबाट उठ्नुभयो । साहेद उहाँ केहि सोच्दै हुनुहुन्थ्यो । भित्र भित्रै आफैसँग कुरा गरिरहनु भएको जस्तो देखिनु हुन्थ्यो । डाक्टर ४५ डीग्री दाहिने तर्फ सर्नु भयो । मैले उहाँलाई हेरी रहेको थिए । उहाँको चालसँगै मेरो हेर्राई चलिरहेको थियो । दिदी पनि हामीसँगै हाम्रा कुरा सुनिरहनु भएको छ, मैले केही समयको लागि बिर्सीराखेको रहेछु । कस्सो कस्सो दिदिसँग आखा जुद्न पुगेछन् । दिदिसँग माफी माग्न मन लाग्यो ।
‘दिदि यस्तो हुन्छ थाहा भएको भए जीन्दगी दारी काट्ने थिएन ।’ साहेद दिदिले मेरो अनुहारमा पढ्न सक्नु भयो भने यहि बुझ्नु भयो । किनकी यि शब्द मैले मुखले बोलेको थिईन । बस अनुहारमा लेखिदिएको थिए ।
डाक्टरले घडि हेर्नुभयो । मैले पनि हेरे । कुरैकुरामा आधा घण्टा कटि सकेछ । डाक्टरले भन्न थाल्नुभयो , “अबको पन्ध्र मिनेटमा प्रियाको होस खुल्छ । त्यतिबेला तपाई प्रियाको ड्याडी बनेर अगाडी उभिईदिनु होला । मैले ‘हवस्’ भन्ने पाराले मन्टो हल्लाए । मैले कतिवेला पन्ध्र मिनेट बित्ला भन्दै घरीघरी आफ्नो मोबाईलको स्क्रिन अन गरी गरी हेरी राखेको थिए । त्यतिकैमा स्क्रिन अफ भयो । आफ्नो अनुहार हल्का स्क्रिनमा देखियो । कस्तो बैरागी देखिएको । आफ्नो अनुहारलाई अलि स्पस्ट पार्न , स्क्रिनलाई यस्सो टल्काउने प्रयास गरे । झट्ट आफ्नो दारीमा आखाँ गयो । दारी छामे । दारी त थिएन । होस पनि कसरी अस्ती भर्खर जो काटेको थिए ।
लु बर्बाद ! प्रियाको ड्याडी बन्नलाई त दारी पो चाहिन्छ । अब के गर्ने ? डाक्टर झ्यालबाट बाहिर रोडमा हेरीरहनु भएको थियो । म हस्याङ फस्याङ गर्दै डाक्टर सामु पुगे र, ‘डाक्टर साब दारी !’ यति भने ।
डाक्टरले दारीको बन्दोबस्त गरीसक्नु भएछ क्यारे , मलाई चिन्ता नलिन भन्नु भयो । “नक्कली दारी जुगाँ लिएर एकजाना आउदै छ । मैले उस्लाई नै हेरी राखेको” , डाक्टरले भन्नु भयो । सन्तोशको सास फेरे । ठुलो पाप हुनबाट रोक्नुभयो साहेद डक्टरले । मैले कस्तो भुसुक्कै भुलेको , मेरो यहि दारीको कारणले उ बिरामी परेकी हो भने , आज फेरी मेरै दारीको कारणले यो संसारबाट सदासदाको लागि बिदा हुन सक्थी साहेद उ; र म आफुले आफुलाई कहिले माफि दिन सक्दीन थिए होला ।
हातमा नक्कली दारी जुङ्रगा लिएर एक जना मानिस टुपलुक्क देखा पर्यो । डाक्टरले मलाई दिनु भयो । मैले ऐना हेरी हेरी सके सम्म पहिलेको जस्तो बनाउने प्रयास गरे ।
नभन्दै पन्ध्र मिनेट बित्न पनि केही मिनेट मात्र बाकी थियो । मेरो छातीको धड्कन भने बढिरहेको थियो । यतिबेला एउटा खेल याद आयो , घैटो फुटाउने । गर्नु पर्ने काम साधारण हुन्छ सिर्फ केही दुरीमा रहेको घैटोलाई गएर फुटाउने । हाम्रो आखाको पट्टीले त्यहि साधारण कार्य नि जटिल बनाईदिन्छ । मेरो आँखामा पट्टी त थिएन तर कार्य उतिकै जटिल थियो । फुटाउन सकिन्छ सकिन्न यसै ठ्याक्कै भन्न नसकिने ।
खेल सुरु भयो । या नी म तयार भए । म भन्दा आठ दस पाईलाकै दुरीमा थिई प्रिया । मलाई उस्को नजिक जानु थियो । पखाईमा थिए त केवल रेफ्रीको इसाराको या नि दिदिको; जस्ले प्रियालाई फकाएर यसो भन्नुहुनेछ , “यहाँ हेरत तिम्लाई भेट्न को आएको छ? तिम्रो ड्याडी ।” अनि मलाई आउने इसारा दिनुहुनेछ । अनि म आफ्ना खुट्टा काम्दै , किनकी पहिले नै कामी रहेका थिए ,प्रियाको नजिक पुग्नेछु र प्रियाको निधारमा छोएर, ‘बाबुलाई कस्तो छ ?’ – भन्दै डिच्च पर्नेछु । यदि प्रिया हासी भनी यस्को मतलब म घैटो फुटाउन सफल भए । यदि प्रिया हासिन वा कुनै अप्रत्यासित व्यबहार देखाई भने मैले घैटो फुटाउन सकिन मात्र होइन यस्को सिधा मतलब मैले घैटोलाई हान्नुपर्ने लाठी आफ्नै टाउकोमा हानेर आफ्नै टाउको फुटाए ।
म दिदिको इसाराको प्रतिक्षामा रोकीएको थिए । त्यसैले एकोहोरो दिदिको हाततर्फ ध्यान दिईरहेको थिए । दिदिले भुल्नु भयो की क्या हो जस्तो लाग्यो । दिदिको अनुहारतर्फ नजर दौडाए । दिदि प्रियासँग कुरा गर्दै हुनुहुन्थ्यो , मतलब मेरो रोल सुरु हुने तरखरमा थियो । दिदिको अनुहार पछि मैले प्रियाको अनुहारका नजर पुराए । प्रियाले पर्लक्क मलाई हेरी । म त तर्सेके जस्तो भए । थोरै मुस्कुर्राई पनि र हातले आउन इसारा गरी । ला यो त खेलको नियममा त थिएन त। इसारा त दिदिले दिनुपर्ने । यस्तै सोच्दै थिए । त्यतिकैमा दिदिले पनि मलाई हेर्नु भयो । दिदिले गदगद हुदै जोडजोडले मलाई बोलाई रहनु भएको हातको इसाराले । म कस्तो बुद्दु भएको होला है त्यतिवेला । हल्का होपलेस भएकी ? हुने नै भएकी ? पहिलो चोटी बाउ जो बन्न गईरहेको थिए ।
बिस्तारै मेरा पाईला प्रियाको बेडतर्फ अगाडी बढिरहेका थिए । मैले हल्का अनुहारमा हासो ल्याउनु थियो जो मैले सकिरहेको थिईन । त्यस्ती चन्चली बच्ची जो मसँग लुकाछिपि गर्ने गर्थि , अहिले त्यसरी त्यस्तो हालातमा पाउदा मेरो मन भक्कानी रहेको थियो । आशु दाना त्यसै त्यसै टिलपिल भैरहेका थिए । बेडनेर पुगेर यसरी उभिए की मानौ प्रियाले केही अप्रत्यासित ब्यवहार देखाउने बितिक्कै टाप कस्नु पर्छ ढोका बाहिर । मेरो कारणले प्रियालाई केहि तल माथी होस म कल्पना समेत गर्न सक्दीन थिए । मलाई भाग्नु परेन । प्रियाले अझ नजिक बोलाई । म अझै नजिक सरे । अझै नजिक बोलाई । साहेद प्रियाले केही भन्न चाहिरहेकी छ सोचेर आफ्नो कान प्रियाको मुखनेर लगिदिए । प्रियाले आफ्ना हातले मेरो जुगा चलाउन थाली । मैले आखाँ चिम्म गरे र भगवानलाई संझिए । गड पिलिज हेल्प मी । प्रियालाई बचाउने हाम्रो यो नै अन्तिम उपाए थियो । यो उपाए पनि खेर जाने तरखर भैरहेको थियो । मेरो नक्कली दारी भन्ने प्रियालाई थाहा भै सकेकोरैछ । मैले अझै पनि आखाँ चिम्लीएको थिए र यहि सोचि रहेको थिए की प्रियाले मेरो जुगालाई तान्ने छ र चिच्चाउने छ जोडजोडले ।
मैले प्रियाको चिच्चीचावट सुन्नु परेन । बरु खित्का छोडेर हासेको आवाज सुने । आखाँ खोले । प्रिया साचिक्कै मुस्कुर्राई रहेकी थिई । आफ्नो दारी छामे । दारी जहाँको तहि थियो । म छक्क परे । मैले यसरी आखाँ बन्द गरिरहदा साच्चिकै भगवान आएर कुनै चमत्कार गर्नु भयो कि क्या हो भन्ने पाराले मैले डक्टरको आखाँमा हेरे । उहाँले मेरो कानमा खुसुक्क केही भन्न थाल्नु भयो ।
“तपाईको आशुले गर्दा तपाईको नक्कली दारी अलिकति उक्किइसकेको थियो । मैल इसारा गरे हजुरले हेर्नु नै भएन । प्रियाले हजुरलाई नजिक बोलाएको त्यहि उप्केको दारी मिलाई दिन रहेछ । गजबै भयो नि । आई एम सियोर सी विल बि फाईन सुन । थ्यान्क्स फर कमिङ एन्ड फर अल दिस ।
साचिकै मन प्रशन्न भयो । निकै आनन्द आयो । बल्ल सबैको अनुहार हसिलो भयो । केही समय प्रियासँगै ठट्टा गर्दै बसे । त्यतिकैमा रुम फर्किनु पर्छ बिचार आयो । समयले नि नेटो काटि सकेको थियो । सन्झे परिसकेको थियो ।
“प्रिया ,तिम्लाई लिन म भोली आउने है । भन त भोली आउदा तिमीलाई के ल्याइदिउ” – यति भनि दिदितर्फ फर्किए र बिदा मागे । दिदि भन्नु भयो , “आज हजुरले म माथि ठुलो गुन लागाउनु भयो ।”
यस्मा गुन लागाउने कुरा के छ र दिदि भन्दै म त्यहाँबाट निस्कीए हातमा चाबिको मालालाई रिगाउदै । मुस्कुराउदै अनि गुनगुनाउदै पनि । मानौ यस्तो की भक्खर एउटा प्रेमीले बर्षौ बर्ष बिछडीएकी उसको प्रेमीकालाई भेटाएको छ । छुट्टै रौनकको साथमा ।
ढोकाबाट निस्कनै लाग्दा डाक्टरको रुमतर्फ नजर पुगेछन् । उहाँ केहि चिन्तीत जस्तो देखिनुहुन्थ्यो । केही त कुरा छ जस्तो लाग्यो । म उहाँको रुमतर्फ सरासर गए । “सर अरु केही …….?” मैले सोधे ।
डाक्टर -“ए तिमी पो ।” डाक्टरले मलाई हेर्नुभयो । थप्नुभयो , “म तिम्रैबारेमा सोचिरहेको थिए । आज त तिमी उस्को ड्याडी बन्यौ । साच्चै प्रियाले तिमीलाई नै आफ्नो ड्याडी ठानेर आफ्नो ड्याडीलाई मानिन भने ?”
“ठुलो भएसी सबै कुरा बुझिहाल्छे नी “- मैले सहज जवाफ दिए ।
“ठुली हुन , यि सब कुरा बुझ्नलाई अझै केहि बर्षलाग्छ । केही बर्षसम्म तिमी …..
ड्याडी बनि राख्न सक्छौ ? अनि तिम्रो आफ्नो लाईफ ? अनि यस्तै दारी जुन्गा राख्न सक्छौ ?”
यो त सक्ने कुरा थिएन । “यस्को उयाए के त डाक्टर ?”
“म त्यहि सोचिरहेको छु । तिमीले बिस्तारै बिस्तारै दारी काट्नु पर्ने हुन्छ ।”
भोलीपल्ट अफिसबाट अलि चाडो छुट्टी लिएको थिए । प्रियालाई भेट्न जानु जो थियो ,हस्पिटलमा । म सरासर प्रिया भएको ठाउँमा गए । दिदि त्यहाँ हुनुहुन्थेन । साहेद केहि छिनको लागि बाहिर गएकी हुनुपर्छ । प्रिया कोल्टे परेर सुतीरहेकी थिई अर्को तिर फर्केर । नजिकै गएर कालकुती लगाउने प्रयास गर्दै भने , “प्रिया यता हेर त , तिमीलाई म के ल्याईदिएको छु ।” प्रियाले यता फर्केर पूर्लुक्क मलाई हेरी । मैले हातमा गुडिया लिएको थिए । हातमा उक्त गुडिया बोक्नुको पनि कारण थियो । प्रिया एकदिन मेरो रुममा आएकी थिई । उक्त गुडियालाई निकै लोभलाग्दो तरिकाले हेरेकी थिई । मन त थियो उस्लाई उति नै बेला दिई पठाउने तर सकेको थिईन । कसैको नासो थियो । अर्थात चिनो या नी गिफ्ट । अब मलाई त्यो गुडियाको के काम सोची प्रियालाई गिफ्ट दिने बिचार गरेको थिए ।
ला । त्यो सुतीराखेकी बच्ची त प्रिया होइन रहेछ । अर्कैको बेडमा पो गईएछ क्यार । म बेडबाट उठे । बेड नम्बर दोहोराएर हेरे । नम्बर त उहि नै थियो । ‘बाई बाई नानु’ भने बच्ची तर्फहेरेर । प्रियाकै फोटो कपि जस्ती देखिएकी थिई उ , प्यारी पनि । र बरिपरि हेरेर , “सिस्टर, हिजो यहाँको पेसेन्ट कुन वार्डमा सिफ्ट भयो ?” भनेर सोधे ।
“प्रिया? उ त अहिले पेसेन्ट वार्डमा ।”
उस्ले बेड नम्बर पनि दिई । यता बच्ची भने मेरो हातमा रहेको गुडिया माग्दै थिई । मन त थियो दिने तर मसँग दुर्इ ओटा थिएन । ‘सोरी’ भनेर म अगाडी फर्किए । अगाडी कोही उभिईरहेको रहेछ झन्डै नाकै ठोकिएको । “सोरी अन्टी । रङ पेलेस ।” म हल्का मुस्कुराए । मैले अन्टी उस्को अनुहारमा हेरेर भनेको थिईन । फ्याट्टै भनि हालेछु । अन्टी भनिहाल्नु पर्ने थिईन साहेद ऊ । म अगाडी बढे । मलाई उ कता कता देखेका जस्तो लाग्यो । ए होईन होईन । पक्कै होईन । यो त मेरो बानी पो साहेद । हरेक कोही पहिले नै कतै भेटेको जस्तो लाग्छ । साहेद अहिले पनि त्यस्तै भयो की ? उस्ले पनि मलाई हेरेको हुनुपर्छ । सम्भवतह निकै घोरीएर । साहेद उस्लाई पनि मेरो जस्तो रोग रहेछ साहेद । ए अ! पक्कै मेरो दारीलाई हेरेको हुनुपर्छ । कतै हिजोको जस्तो अलिकति खुस्किएको त छैन । हतपत आफ्नो दारी छामे । ठिकठाक थियो । म अघि बढे । पछाडीबाट मेरो नामबाट कसैले बोलायो क्यार । आवाज मिठो थियो । जाने पहिचानेको जस्तो पनि थियो । उफ फेरी मेरो त्यहि बानी । म पछाडी फर्किए । अघिकी अन्टी ? उस्लाई मेरो नाम पनि थाहा रहेछ ! बडा गजब !!
उस्ले भनि, “देब मलाई चिनेउ ?”
मैले गौर गरेर उस्लाई हेरे र सम्झने प्रयास गरे । कहि न कहि त पक्कै उस्लाई देखेको हुनुपर्छ । साहेद संगै पढेकी साथी थिई की ? सम्झे जति साथीको अनुहारसँग उस्को अनुहार मिलाउन सुरु गरे । साहेद यतिबेला दिमागले सुपर कम्प्युटरको रुपमा कार्य गरेको हुनुपर्छ । दिमागले सम्झे जति अनुहारको scaning गरेर सकि सक्दा पनि उस्को म्याचिङ अनुहार मिलेन । एउटा अनुहार थियो जस्लाई म exception लिस्टमा राखेको थिए । अन्तमा त्यही अनुहार सँग matching मिलाए । केही मिल्दो जुल्दो लाग्यो – एउटा सिस्टमबाटै मेटीन लागेको अनुहार । सबै कुरा रिस्टोर हुन सुरु भयो तर कसै गरे पनि उस्को नाउ रिस्टोर हुन सकेन , कम्तीमा त्यो क्षणमा । अझै कन्फम भै सकेको थिएन । confirm गर्न त्यहि नामको आवश्यकता । उस्कै मुखबाट उस्कै नाउ फुत्काउने जुक्ति निकाले ।
“तिमी उ होईनौ ?”
“ऊ मतलब ?”
“ऊ के ऊ ”
“नाम भनन” , उस्ले भनि ।
‘त्यहि त बिर्रसिए’ , मैले मनमन भने । उस्ले पनि आफ्नो नाम नभन्ने सुर कसि क्यारे साहेद । मलाई पनि मनमा आएको तर मुखमा नआएको जस्तो भैरयो । फोन कन्ट्याकमा हेरे साहेद भेटिन्छ की भनेर । कप्का डिलिट गरिसकेको थिए क्यार भेटिने कुरा भएन । मैले उस्को नावै बिर्सिएको थिए म आफैलाई बल्ल थाहाँ हुदै थियो ।
त्यतिकैमा बच्चीले पछाडीबाट ममि भनेर बोलाई । मैले मन मन यस्तै चिताई रहेको थिए की उस्लाई कसैले बोलाई दिओस् ।
“तिम्रो नाम ममी , am i right ? देख्यौ तिमीलाई मैले अझै भुलेको छैन ।”
धन्न safe landing पाए । एकैछिनमा थाहा भयो त्यो safe landing थिएन । त्यो त direct accident थियो । ममि नाम त उस्को कसरी हुन सक्छर ? बच्चाले थोडी न आफ्नी ममिलाई नामले बोलाउछर ?
आफैमा लाज लाग्यो । हात टाउकोमा पुगी सकेछ । मन्टो निहुरीन पुग्यो । अनुहार रातो रातो त अघि देखी भैरहेको थियो । धडकनको त कुरै नगरौ । आफ्नो लाज पचाउन घोप्टी परेर हातको गुडियालाई चलाउन थाले । अकस्मात गुडीयाको पेटमा लेखिएको अक्षरमा नजर पुग्यो । त्यहि मेरो समस्याको समाधान पनि थियो । जहाँ लेखिएको थियो ,
‘Love you forever Dear Dev’
अनि तल लेखिएको थियो- ‘मनिता’ ।
मनिता बच्चीतर्फ नियाली रहेकी थिई । त्यहि मौका पारेर मैले उस्लाई पछाडीबाट उस्को नाउले बोलाए । उ झट्पट् मलाई हेरी र मुस्कुर्राई । मेरो मन भने खिन्न भयो । ‘shit !!’ भन्दै म अकोतर्फ फर्किए या नी फर्किन मन लाग्यो । आखाँमा एक किसिमको अधेरोले घेर्यो ।
मनिता पछाडीबाट भन्दै थिई , “मलाई कति छिटो भुलीसकेछौ है ? मेरो नाम सम्झीन नी कति गारो भयो है तिमीलाई ?”
मलाई ऊ प्रति मुटु भरीको माया पलाई रहेको थियो त अर्को तिर उति नै मात्रामा घृणा पनि । मलाई भन्न मन लागेको थियो बर्षौ बर्ष पनि तलाई कति छिटो हुन्छ ? यति भनि हाल्ने हिम्मत त कहाँ र बरु बढो कस्टले यति भन्न सके ,
“सम्झेर पनि के गर्थे र ?”
यति भनि सक्दा नसक्दै आशुका दुर्इचार दाना भुर्इमा खस्न भ्याईहालेछन ।
“तर मैले तिमीलाई कहिले भुल्न सकिन ।”
“नभुलेर पो के पायौ त ?”
“निकै बुढो भै सकेछौ क्यार । दारी पनि कस्तो बढेछ ।” यति भन्दै उस्ले मुख बिगारी साहेद ।
म पनि के कम जवाफ फर्काइहाले ,
“तिमी पनि त मोटी ढ्याम्सी भैछौ ।”
“कसरी भुल्न सक्यौ देव मलाई चटक्कै ?”
“सिक्पल । मैले कहिले तिमीलाई भुल्नूपर्छ भनेर सोचिन । त्यसैले साहेद तिमी स्मृतिबाट हराउदै गयौ । आखिर संम्झेर पनि त के नै हुन्थ्यो र । तिमीले मलाई भुल्नुपर्छ भनेर सोचीरयौ होला, अनि जहिले म यादमा आईरहे हुला ।”
“साहेद”,उस्ले पनि यतिमात्र भनि ।
बेडकी बच्ची रुन सुरु गरेकी थिई । मनिता बच्चीलाई काखमा लिएर भुलाउने प्रयास गरी । बच्चीले मलाई नै हेरीराखेकी थिई । म जहाँको तहि उभिईरहेको थिए । मेरा हातमा गुडीया छ भन्ने कुरा पनि केहि समयको लागि भुलिरहेको रहेछु ।
“हेरन यस्ले कस्तो दुख दिई , त्यो गुडिया देऊ त , भुल्छीकी ।”
मैले बच्चीलाई गुडिया थमाई दिए र मनमन भने आखिर जस्ले दे’को उसैले मागी ठिकै भयो । बच्ची रमाई रमाई गुडियालाई खेलाउन सुरु गरि । त्यतिकैमा गुडिया मनिताको हातमा पर्यो । मनिताको आखाँ गुडियोको पेटमा लेखिएका अक्षरमा परे । मनिताका आखाँ रसाए । एकाएक घुक्क घुक्क रुन थाली गुडियाले आखाँ छोपेर । मेरा पनि आखाँमा आशु थामिएनन् । मन त थियो नरोउ मनिता संसार यस्तै हो भन्दै अङगालोमा लिने तर उनि त अर्कैकी भैसकेकी थिईन । म त्यहाँबाट कुलेलम ठोके ।
हस्पिटल बाहिर निस्किएर दिदिलाई फोन गरे र प्रियाको बारेमा सोधे । उस्को स्वास्थ्यमा निकै सुधार भैसकेको रहेछ । यस्तै भन्दै हुनुहुन्थ्यो दिदि । ‘त्यसो भए प्रियालाई भोली घरमै भेटौ है दिदि ‘ भन्दै मैले फोन राखे र सरासर रुमतर्फ लागे ।
आखाँमा घरी प्रिया नाचिरहेकी थिई त घरी मनिता । समय कति बलबान हुदो रहेछ । जस्लाई सात जन्म भुल्न सक्दिन जस्तो लाग्थ्यो , आज उसैको नाउ संझिन नि सातै जुनि जस्तो लाग्यो । हुन त मैले उस्को नाउलाई प्रेम गरेको थिईन जस्लाई संझेर बसि रहूँ ।
अर्कोदिन अफिसबाट फर्किदा प्रिया आगनमा खेलीरहेकी थिई । मलाई देख्नासाथ झम्टन आई पुगी । मैले उस्लाई काखमा लिए र उस्को रुममा गए ।
” दिदि हेर्नुस् त प्रिया त तन्दुरुस्त भै’सकिछन् है”, भन्दै बेन्चमा बसे ।
“ए भाई पो”, दिदिले भन्नु भयो , “उहाँले हजुरलाई संझिनुभएको थियो है ।”
“को उहाँ ?”, मैले भने ।
उहाँले भन्नुभयो , “प्रियाको ड्याडीले । निकै खुसि हुनुभयो हजुर देखी । नेपाल आएसी हजुरलाई भेट्छु भन्नु भएको छ । यता चिन्ता लिनुपर्दैन , हजुर उताको मिलाएर आउनुस भनेकी छु । हुन्छ भन्नु भएको छ ।”
“भनेसी मलाई अझै दूर्इ-चार मैना प्रियाको ड्याडी बन्नु पर्ने भयो है ,दिदि ।”
दिदि हाँस्नु भयो ।प्रिया ट्वा परि । त्यहाँबाट हिड्नै लाग्दा दिदिले हातमा एउटा लेटर थमाईदिनु भयो । लेटरको बाहिर लेखेको थियो – ‘From Manita’ । अनि दिदिले भन्नु भयो , “तिनी नानी को हुन र ? प्रियालाई आएर मुर्इ खाने काखमा लिने गरेकी थिईन । नर्ससँग पनि तिम्रो बारेमा सोधेकी थिन रे । उन्ले त तिम्री छोरी बिरामी भएर आएको भन्दिछन् । जाने बेलामा यो देबलाई दिनुस् है भन्दै थिईन ।”
मैले दिदिलाई त्यतिमै रोके र सोधे , “अनि उन्को बच्चीलाई के भएको रहेछ ? कस्तो छ अहिले ?”
“खासै ठुलो बिरामी केही रहेनछ । अहिले सुधार भैसकेछ क्यारे । केही समयको लागि मात्र नेपाल आएकी रहेछिन् । हावापानी परिवर्तनले गर्दा बिरामी परेकी होली बच्ची ।”
चिठी हातमा लिएर म रुमतर्फ लागे । चिठीलाई टेबलमा राखेर धेरैवेर घोरिए पढूँ की नपढूँ भनेर । चिठीलाई बल्र्टाई पल्र्टाई हेरे । खामलाई च्यात्न पनि माया लाग्यो । फेरी नच्याती भित्र नदेखिने । दुख्लाकी जस्तो गरी खाम खोले। भित्र यस्तो लेखिएको थियो –
“You were looking handsome with your dreary mustache too.”
………………………………………………………………………………………………………………………………….
(बास्तविकताको नजिक)
edevpandey@gmail.com
read it on my blog : http://edevpandey.blogspot.com/2016/02/blog-post.html
