छाडेर आफूलाई आफ्नो दिल गयो
तिमी गएदेखि मलाई के भयो-भयो
बित्ने गर्छन रातहरू तारा गनी-गनी
फुल्न छोड्यो रहरको फूलहरू पनि
न बाँकी भोक रह्यो न त निद रहयो
तिमी गएदेखि मलाई के भयो भयो
टरेर गयो न आउँदै वसन्तको प्रहर
शून्य लाग्छन् गाउँ रित्तो-रित्तो शहर
थाहा छैन दिल फेरि कैले फुल्छ यो
तिमी गएदेखि मलाई के भयो भयो
