Skip to content

चाल रहेछ ! मृगको रुप


चाल रहेछ ! मृगको रुप मखमल
उनलाई देखेपछि भएँ अलमल

पत्थर पत्थर रहेन मैन भयो मुटु
त्यै आँखामा आँखा भए लुटुपुटु
ऊ आएर अँधेरी नै भयो झलमल
उनलाई देखेपछि भएँ अलमल

उन्को एक नजरमा कुनबेला डुबेँ
एकातिर जाउँ भने अर्कोतिर पुगेँ
पिरतीले मुटु भित्र गर्‍यो चलमल
उनलाई देखेपछि भएँ अलमल

Leave a Reply

Your email address will not be published. Required fields are marked *