Skip to content


उलिनकाठैमा हो उलिनकाठैमा
लिन आउँछु मायालाई बैशाख आठैमा
पञ्चेबाजा साथैमा
लावालस्कर जन्ती बाटैमा

कामले फुर्सद पाइएन,भनेकै दिन आइएन
छँदैछ माया मुटुमा, अरू त केही चाहिएन
के दिउँ के दिउँ भैराछ मायाको साटैमा
लिन आउँछु मायालाई बैशाख आठैमा

करोडौंको ताँतीमा, तिमी नै बस्यौ छातीमा
तस्वीर तिम्रो नहेरी, आउँदैन नीद रातिमा
कतिन्जेल कुरी बसुँ म बिल्लीबाठैमा
लिन आउँछु मायालाई बैशाख आठैमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *