Skip to content


धेरै वर्ष पहिलेको कुरा हो । बर्दिवास गाउँमा धेरै हरियाली थियो । घना जङ्गलहरू थिए । मानिसहरू खोलाको किनारमा बस्थे । दिनभरि माछा मारेर, ढुङ्गा कुटेर, बालुवा चालेर समय बिताउँथे । रात परेपछि पनि राम्ररी सुत्न पाउँदैन थिए । घरका कुनाकाप्चामा रोएको आवाज सुनिन्थ्यो । मानिसहरू मान्छे मर्दा शोकले रोएको आवाज निकालेर रुन्थे तर त्यो रुवाई गोहीको आँसु झैँ खेर जान्थ्यो ।

कुरा के हो भने, त्यस जङ्गलमा एउटा अजङ्गको राक्षस आएको थियो । जसको नाम ‘काल’ थियो । यमदूतहरूलेझैँ उसले दैनिक मानिसहरू मार्दथ्यो । नाम काल भएपनि अकालमै मानिसहरूको ज्यान लिन्थ्यो । एकपटकमा एउटा मानिसलाई उसले काँचै खान्थ्यो । त्यसको कमजोरी पनि थियो । त्यो कमजोरी भनेको ऊ मानिसलाई गुफामै लग्थ्यो र नुहाएर मात्र खान्थ्यो ।

त्यसै गाउँमा चतुरलाल नामको मान्छे बस्थ्यो । एकदिन राक्षसले चतुरलाललाई आˆनो भोजन बनाउन गुफामा लग्यो । चतुर बुद्धि भएको चतुरलालले भन्यो “मामा मैले ननुहाएको धेरै दिनभयो । म पनि हजुरसँगै नुहाउन जान्छु नि ।” “ठिकै छ, हिँड ।” राक्षसले जवाफ दियो । नुहाइवरी आएपछि राक्षस गुफामा गयो । चतुरलाल पछिपछि थियो । चतुरलालले पहिला नै गाउँलेलाई बोलाएको थियो । सबै गाउँले मिलेर ठूलो ढङ्गाले गुफाको मुख छोपिदिए ।

समय बित्दै गयो । बूढो भएर थला परेका मानिसहरू पनि मर्दैनन् । जन्मछन् मात्र । गाउँलेलाई त्यस राक्षसको आवश्यकता महसुस भयो । गुफाको मुख खोल्दा त राक्षस मरिसकेको थियो । त्यसैको छेउमा एउटा सानो राक्षस थियो । त्यही सानो राक्षसबाट पनि केही हदसम्म मानिस मर्छन् । भनिन्छ त्यसैले आजकाल मानिसको मृत्यु जन्मभन्दा कम हुन्छ ।

एलन कोइराला, कक्षा ः ९,

श्री देउराली मा.वि., बर्दिवास- १, महोत्तरी । हाम्रो नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *