Skip to content


रमेश र भुवन एउटै विद्यालयमा पढ्थे । एकदिन उनीहरू विद्यालयबाट घर र्फकने क्रममा कुराकानी गर्दै थिए । कुराकानीको क्रममा धेरै टाढाको यात्रा गर्ने योजना पनि तय भयो । ती दुई जनामध्ये रमेश धेरै बलियो र बुद्धिमानी थियो भने भुवन चाहिँ एकदमै डरछेरुवा र कमजोर थियो ।

दिनहरू बित्दै गए तिनीहरू घुम्न जाने दिन पनि आयो अनि ती दुईजनासँगै घुम्न भनी गए । यसरी घुम्न जाने क्रममा उनीहरू एउटा सुनसान घना जङ्गलमा आइपुगे । त्यत्तिकैमा भुवन डराउँदै भन्न लाग्यो “साथी हामी त घना जङ्गलको बीचमा पो आइपुग्यौँ । यहाँ भएका हिंस्रक जनावरले हामीलाई आक्रमण गर्छन् । हिँड अब घरजाऊँ ।”

यत्तिकैमा रमेशले भन्यो “भुवन किन डराउँछौ यहाँ त्यस्ता डरलाग्दा कुनै जनावर छैनन् यदि छन् भने पनि म छँदैछु नि किन डरमानेको हिँड अलि पर जाऔँ ।”

यति भनेर अझै उनीहरू अगाडि बढ्दै गए । यसरी अगाडि बढ्ने क्रममा भुवनले टाढाबाट भालु आएको देख्यो र रमेशलाई भन्यो “ऊ हेर त त्यो भालु हामीतिर नै आउँदैछ ।”

भुवनले यति भन्नेबित्तिकै रमेश हतारहतार आˆनो ज्यान बचाउन रूखमा चढ्यो । भुवन पनि त्यही रूखमा चढ्न खोज्यो तर सकेन र भन्न लाग्यो” साथी मलाई यो भालुबाट बचाऊ तर रमेशले आˆनो साथीको रक्षा गर्नुको सट्टा तिमी आˆनो ज्यानको रक्षा आफैँ गर भन्ने उत्तर दियो ।

रमेशको यो भनाइ सुनेपछि भुवन नजिकै भालु आएकोले भुवन आँखा बन्द गरी सास पनि नफेरी भुइँमा लम्पसार परेर सुत्यो । यत्तिकैमा उसको नजिकै भालु आयो । भालुले यो केटो मरेको छ कि छैन भनेर छातीमा टाउको राखी कानले मुटुको धड्कन सुन्यो । यसरी धड्कन सुन्दा धड्कन नचलेकोले भालुले तयो केटो अर्थात् भुवनलाई त्यहीँ छोडेर गयो । रमेशले यी सबै क्रियाकलाप रूखबाट हेरिरहेको थियो । भालु गएको केही बेरपछि भुवनले आँखा खोल्यो । अनि उता रूखबाट रमेश पनि झर्‍यो र भुवनलाई सोध्न लाग्यो ।

“भुवनअघि तँ भुइँमा सुतेको बेला भालुले तेरो कानमा आएर केही भने जस्तो लाग्यो के भन्यो भन्न ।” भुवनले केही कुरा सोचेको जस्तो गरेर भन्यो “ए अँ एउटा कुरा भनेको थियो सुन्छस् त ल सुन् । तिमीजस्ता विश्वासघाती साथीको कहिलै भरोसा नगर्नु अझ यो पनि भनेेको थियो कि जो साथी साथी भएर पनि साथीको जस्तो कर्तव्य पूरा गर्दैन भने त्यस्तो विश्वासघातीलाई पनि कसैले साथी भन्छ ।” यति भन्नेबित्तिकै भुवन जुरुक्क उठेर आˆनो बाटोतर्फ लाग्यो भने रमेश चाहिँ भुवनको कुरासुनी आफैँले आफैँलाई धिक्कार्दै भुवनको पछिपछि लाग्यो ।

अनु पाण्डे, कक्षा ः १०

श्री जानकी माध्यमिक विद्यालय, लालबन्दी १, सर्लाही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *