सौन्दर्य पान गरेकाहरू भन्छन कोमल फूल रहेछ जिन्दगी
जीवनसँग हारेकाहरू भन्छन इश्वरको भुल रहेछ जिन्दगी
मोज गर्नेहरू भन्छन सृष्टिको बरदान रहेछ जिन्दगी
बाह्रै मास काम गर्नेहरू भन्छन व्यर्थको श्रमदान रहेछ जिन्दगी
नव जोडीहरू भन्छन जिउदै पुगिने स्वर्ग रहेछ जिन्दगी
भुक्तभोगीहरू भन्छन नचाहेर पनि भोगिने नर्क रहेछ जिन्दगी
कर्मबीरहरू भन्छन शिर्जनाको पैमान रहेछ जिन्दगी
युद्धबीरहरू भन्छन संघर्षको मैदान रहेछ जिन्दगी
कुशल यात्रीहरू भन्छन सगरमाथाको शिर रहेछ जिन्दगी
असफल यात्रीहरू भन्छन चढ्न नसकिने भीर रहेछ जिन्दगी
आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया

बिमल जी, जीन्दगी बयान राम्रो
बिमल जी, जीन्दगी बयान राम्रो लाग्यो,
जस मध्ये, I LIKE,
आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी
मिना बान्तवा,
बिमल जी,धन्यबाद यहाँको अर्को
बिमल जी,धन्यबाद यहाँको अर्को जिन्दगीको
अर्थले भरिपूर्ण कविता पढ्न पाउँदा खुशी लाग्यो।
यहाँको कलम नरोकियोश भन्ने कामना गर्दछु।
गीता थापा
ईजरायल
“आशाबादीहरू भन्छन कालोरात
“आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी”
साच्चैं नै यो चैं मैले पनि छाने,
अनि जिन्दगीको वास्तविकतालाई नजिकै बाट एकपटक फेरी नियाल्ने चाँजो मिलाइदिनु भएकोमा बिमल जी प्रति आभार प्रकट गर्दछु !
र यस्तै यस्तै शब्दको भकारी पल्टाउने आशा गर्दछु बिमल जी संग ………….
सौन्दर्य पान गरेकाहरू भन्छन
सौन्दर्य पान गरेकाहरू भन्छन कोमल फूल रहेछ जिन्दगी
जीवनसँग हारेकाहरू भन्छन इश्वरको भुल रहेछ जिन्दगी
waa gajab chha bimal jee, yasai gari lhedai janu holaa, jindagiko paribhaasaa dina khjnu bhaeko maa khusi laagyo, chaahe je hos jindagi sabaile aa-aafno nai tarika chha jiune jindagi,,,
keep it up.
Bantawa Bj