Skip to content

editor

गुरु र शिष्य

१.
गुरु,
भत्काएका थियौ
आत्मचैतन्यले
मनस् बन्धनका पर्खालहरू
गुरु,
तिम्रा शिष्यहरूले
मुर्च्छनाका
तिनै ईटाहरू बटुलेर
बनाए
एउटा भयङ्कर कारागार ।

तिम्रो तस्वीर

आऊ दिलबाट तिम्रो तस्विर झिकेर जाऊ
अतितका यी सारा यादहरू लिएर जाऊ

मिलनको आशा देखाई नाटक रच्यौ
दोष मेरो के थियो र छुरा हान्यौ
आऊ मुटुबाट बिझाउने छुरा झिकेर जाऊ

काम दाम उस्तै उस्तै

काम दाम उस्तै उस्तै रूपमात्रै फेरिएको
संस्कार र प्रवृत्तिमा पूर्वरूपले घेरिएको

ठूलो आशा गर्नु हुन्न यिनको भर पर्नु हुन्न
कहाँ भूल्न हुन्छ सबले सबको गला सेरिएको

अब पनि नाटक हेर्दा पथ्य र नेपथ्यको
विकृति र विसङ्गति अति रैछ बेरिएको

गणतन्त्र नायक रामराजालाई सम्झँदा

जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा ।

आयातित र प्रायोजित सपनाहरू

अचेल मान्छेहरू भन्छन
मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन्
कसैले भन्छन
दक्षिणी वायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
उत्तरी वायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
पश्चिमी वायुबाट आयातित र प्रायोजित छ

बादलुको घुम्टोभित्र तिमीलाई

बादलुको घुम्टोभित्र तिमीलाई, हेर्ने बानी परेको छु
तिम्रो साथ सँगै गजल, केर्ने बानी परेको छु

नजर लाग्छ भनी तिमीलाई, हजारौको माझँमा
मुटु माझँको घेरा भित्र, घेर्ने बानी परेको छु

जागिर

दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।”

“हुन्छ दाइ अब म कस्सिएर पढेर लोकसेवाको परीक्षा दिन्छु र नाम निकाल्छु” प्रकाशले भन्यो ।

कृष्ण, इदीअमिन र दुनेहरू

एक समयका ज्यादै महशुर इराकी राष्ट्रपति सद्दाम हुसेन एउटा माकुरे दुलाबाट पक्राउ खाए । पक्राउ परेका बेला उनी निकै थकित, क्लान्त र शिथिल थिए । विश्व राजनीतिको रङ्गमञ्चमा एकछत्र प्रभुत्व पिट्न सफल अमेरिकालाई हुंकारका साथ चुनौती दिने त्यो अभय पुरुषले लाचारीका साथ याङ्की सैन्यसामु आत्मासमर्पण गर्यो । केही समय अघिसम्म त्यत्रो रजगजले इराकी दरबारमा विलासको जिन्दगी बिताएका सद्दाम अहिले यति निरीह अवस्थामा फेला परे, यथार्थको यस कटुरुपलाई पत्याउन पनि मुस्किल पर्छ । मुस्किलले भित्र पस्न सकिने त्यस दुलामा निकै अफ्ठ्यारो, लाचार र बिवश जीवन बिताएका रहेछन् ।

स्वाभिमान कहाँ लुक्यो

स्वाभिमान नेपालीको स्वाभिमान खै कँहा छ ?
नेपालीको निस्वार्थ मन कुन पापीले लुट्यो ?

आफ्नो मन नै छोड्न थाले आमालाई नै बिर्सिहाले
सान्र्दभिक र चर्चा गर्न तुल्य प्रकृति नै बिर्सिछोडे

दुई मुक्तक (प्रेम यात्रामा कुनै अड्चन)

प्रेम यात्रामा कुनै अड्चन परेन भने के मजा भो
तिमीसँगको प्रेममा तड्पन भएन भने के मजा भो
जुन कुरा म आफैले बुझ्न सकिन त्यही बुझाउँदै छु प्रिय
तिमीलाई भेट्दा मुटुमा धड्कन बढेन भने के मजा भो ।

प्रेमको नगरी यो सुन्दर संसारमा ईर्ष्याको बिष नछर प्रिय
तिमी ममतामयी नारी हौ नारी नै बनिरहू नागिनको ईख नमर प्रिय
कुण्ठा र ग्लानिले यो सुक्सुकाउँदो रुप जवानी खरानी होला
तिमी धर्तीको जूनले आकासको जूनको रिस नगर प्रिय ।

दुई मुक्तक (स्वाभिमानी नेपाली)

स्वाभिमानी, नेपाली भई, सदा सदा जीउन पाऊँ
त्यही, पहाडी मुलको, कलकले पानी पिउन पाऊँ
वैरीहरू, चाहे धारे हात लाउँदै, आउन या जाउँन,
म भन्छु, नफाटिने गरी, नेपाली मन सिउन पाऊँ ।

शहिद

शहिदले राष्ट्रको खातिर
ज्यानको आहुती दिएथे
नडराई छाती थापेर
वीरता देखाएका थिए
आफू जन्मेको यो देशमा
शान्ति ल्याउनकै लागि
ज्यानको बाजी लगाएथे

हाम्रो देशका नेतालाई

हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सीमाथि अड्न पाए भैगो

काग जति कराउँछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो