Skip to content

जिन्दगी आँसुको पोखरी झैं भयो


जिन्दगी आँसुको पोखरी झैं भयो
नालमा मिर्किने टोकरी झैं भयो

दर्दले स्वास नै बन्द पो हुन्छ कि ?
हर्घडी कालको कोठरी झैं भयो

रोगले बेसरी पेल्दछन् रातदिन्
हेर यी अङ्ग नै जर्जरी झैं भयो

बिर्संदै गैसकें बात ती प्यारका
आज यो मष्तकै सुस्तरी झैं भयो

हाँसने क्यै कुरा छैन लौ पासमा
पल्पलै रुन्छ मन् बर्बरी झैं भयो

आशमा अल्झिंदा व्यर्थभो”कोमल”
कष्टले बाँच्नु याँ के गरी झैं भयो

(स्रग्विणी छन्द)
SlS SlS SlS SlS

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *