Skip to content


१.
गुरु,
भत्काएका थियौ
आत्मचैतन्यले
मनस् बन्धनका पर्खालहरू
गुरु,
तिम्रा शिष्यहरूले
मुर्च्छनाका
तिनै ईटाहरू बटुलेर
बनाए
एउटा भयङ्कर कारागार ।

२.
गुरु,
तोडेका थियौ
आत्मसाक्षात्कारले
सघन तमिस्राको कुरुप साम्राज्य
गुरु,
तिम्रा शिष्यहरूले
उही अन्धकार बटुलेर
बनाए
भयङ्कर अँध्यारो छर्ने
एउटा विशाल मैनबत्ती ।

३.
गुरु,
तिमी त गयौ
यहाँ उत्पात मच्चाइरहेका छन्
तिम्रा शिष्यहरू ।

नरेन्द्र पराशर

http://narendraparasar.blogspot.jp/2014/01/blog-post_21.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *