Skip to content

हाम्रो देशका नेतालाई


हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सीमाथि अड्न पाए भैगो

काग जति कराउँछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो

जनताको के को वास्ता जे भएतापनि
दिन दिनै नगद मौज्दात बड्न पाए भैगो

बनाएर आठ दस ओटा गगनचुम्बी घर
चारैतिर चिल्ला पत्थर जड्न पाए भैगो

किन गर्नु सुधार यहाँ शैक्षिक क्षेत्रलाई
आफ्ना सन्तान बिदेशमा पढ्न पाए भैगो

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
13th December, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *