Skip to content

editor

योगमायाको अभाव

महिला हिंसा विरुद्ध १६ दिने अभियान र नयाँ नेपाल बनाउने दोस्रो संविधानसभा निर्वाचनपश्चात कुमार नगरकोटीको कथा संग्रह फोसिल पढें।

इतिहास हेर्यो भने

इतिहास हेर्यो भने बर्तमानमा डर लाग्छ
तिमी सुधी नियाल्दा त मलाई पनि भर लाग्छ

पूर्व अनि पश्चिमको विश्लेषण यो गर्दै जाँदा
हाम्रो गमन कता हुन्छ भन्न धेरै धर लाग्छ

जीवनका अथकयात्री मार्ग छामी अघि बढ्छन्
स्वमार्गको निर्माण कर्ता यात्रा सरासर लाग्छ

राक्षसको कथा

हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।

मेरो नाति मसँग सुत्न थालेको धेरै भएको छैन । उसको बहिनी जन्मेको दुई महिना भयो । बहिनी जन्मेपछि उसलाई आफू सुत्ने कोठा गन्हाउन थाल्यो रे । ऊ जब मसँग सुत्न आउँछ त्यस पछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनु पर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे ।

मेरो देश

शरिरको माया पनि के माया,
देशको माया नै ठुलो रैछ
हिमाली छायामा हुर्केकी छोरी
माया हिमालकै लाग्दो रैछ ।

नेपाली र नेपालको सेवा गर्नुभन्दा
गरिबको सेवा गर्न ठुलो लाग्छ
आफ्नो शरीरको पीडा पनि के पीडा
नेपालको पीडाले यो मन पोल्छ ।
आफ्नो गरिबी पनि के गरिबी
गल्लीमा माग्ने बालक देखी यो मन रुन्छ ।

नअटेको नेपाल

एकातिर फोहर माकुराको जाल
अर्कोतिर फोहरी नेताको जाल
उम्कन नसक्नेको साह्रै बेहाल
उम्कन सक्ने नअटेको नेपाल

कोशी कर्णालीबाट कमिशनको र्याल
भेटेजति सोर्छन् बनेर छाल
खाने कुरोमा दल दलको एउटै थाल
भ्रष्टाचार नगर्ने नअटेको नेपाल

क्रान्तिचेतको शक्तिशाली हतियार : ‘शङ्खघोष’

‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । २०६२ सालदेखि अनवरतरूपमा साहित्य र सञ्चारसंसारमा जुटेकी झा ‘भगजोगिनी’ (२०६८) नामक कविता सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन गरेर मैथिली साहित्य संसारमा उदाएकी थिइन् । ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रहमार्फत् भने पत्रात्मक शैलीका निबन्ध लेखनबाट नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मीको रूपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट, युवा सक्रियता/नेतृत्वको आवश्यकता र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ ।

ऊ उर्फ …

खोल्सीहरू रसाउन छोडेपछि
अभावमा पुर्णेको उज्यालोले
गाऊ पोत्न नसकेपछि
आफ्नै माटोको स्‍मृति
पेरुङ्गे मनमा सम्हाल्दै
पिरहरूको पहाड उक्लिदै
शहर पस्यो

ArbindaKumarYadav

शिक्षा सारथीलाई पत्र

श्रीमान् शिक्षाविद्ज्यू,

मैले त मेरा कुरा सुनाउँछु । आफूले भाग्नुपरेका वेलिविस्तारलाई पनि सङ्केतकै रूपमा उल्लेख गर्छु । अब शैक्षिक क्षेत्रमा सुधार, परिमार्जन र संशोधनको काम गर्न नीतिनीर्माता जुट्नुपर्छ भन्दै छु । त्यसका लागि तल उल्लेखित कुरामा अबिलम्ब ध्यान पुगोस् भन्छु ।

अधुरो सिर्जनाका पीडाहरू

रोजीरोटी जुटाउने सुसे धन्दामा दिनका सुन्दर हिस्साहरू खर्च हुँदाछन् । सातामा एकदिन आउने शनिबार फाइल भित्र चेपिएका कागज पल्टाउछु । अधुरा कविताका पानाहरू, अधुरा कथा, अधुरा निबन्ध र अधुरा समीक्षाका थुप्रै रचनाहरू वर्षौंदेखि बेबारिसे भएर फाइलमा थुप्रिएका छन् । अधुरो सिर्जनाका पीडा छातीभरि चस्किन थाल्छन् । कुन क्षण् कुन संबेगमा बेगिएर लेखिएका ती अपुरा सिर्जना पूरा गर्ने आँट आउँदैन । तिनलाई पूरा गर्न पुन: भावनाको मुल फुट्नुपर्छ मुटुभित्र; अहँ फुट्दैन, फुट्दैन फुट्दैन । जति गर्दापनि फुट्दैन । कोसिस गरेर लेख्दापनि त्यो मात्र कृतिम बन्छ । प्राकृतिक मुटु रसाउदै रसाउन्न ।

ठट्टा

कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।”

सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म बियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु ।”

घरको छानो फाटेर

घरको छानो फाटेर, चुहिएकोले विदेश हिंडे
मन्को गर्वबाटै रहर, तुहिएकोले विदेश हिंडे
सालीम्बो र खरले छानो, टाल्न नखोजेको हैन
मक्किएका डाँडाभाटा, फाल्न नखोजेको हैन

पसिना नि बगाकै थें, परिश्रम नि गरेकै थें
बाँझो खेतमा मलजल गरि, कोदो फापर छरेकै थें
तर पनि घरमा चुलो, नबलेसी विदेश हिंडे
भने जति कोदो फापर, नफलेसी विदेश हिंडे

सगरमाथा शिर हाम्रो

सगरमाथा शिर हाम्रो अन्नपूर्ण छाती
फेवा र राराताल तिर्खा मेट्ने पानी

माछापुच्छ्रे कन्चनजङ्घघा स्वाभिमान हाम्रो
पहाड र पर्वत झरणा र खोला अति राम्रो

लालीगुराँस डाँफे र खुकुरी हो हाम्रो निशान
दौरासुरुवाल ढाकाटोपी नेपालीको पहिचान

तीन मुक्तक (साँझ उदास छ)

साँझ उदास छ दिन उदास छ
हर रात हर छिन उदास छ
रंग उँडेको तस्वीर झैँ
थाहा छैन मन किन उदास छ

तिम्रो याद भए पुग्छ एक जुनी काट्नलाई
साथसँगै चाहिंदैन मन मुटु साट्नलाई
यो जिन्दगी प्रकृतिको सुन्दर उपहार हो
एक पल दिए पुग्छ मायाँ चुल्ठी बाट्नलाई

हाड छाला मासपेशी

हाड छाला मासपेशीले सिर्जित छ यो जीवन
तिम्रै लागि सदाकाल समर्पित छ यो जीवन

गोला बारुद क्षेप्यास्त्रले यो तन सिँचित भयो
शान्तिशयन खोज्दाखोज्दै त्रशित छ यो जीवन

मेघ बढ्छ आकाशभरी जलन हुन्छ तनमा
तिम्रै रापतापले गर्दा गलित छ यो जीवन

मीठो भ्रम

एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुँगुरको खोरमा पुगेछ । त्यो खोरमा एउटी सुँगुर्नी आफ्ना पाठापाठीहरूलाई दूध ख्वाऊँदै थिई । सुँगुर्नीलाई देखेर चंखेले भन्यो ” सुँगुर्नी दिदी ! नमस्कार ! ”

“ए चंखे भाइ पो ! ल ल नमस्कार ! कताबाट बाटो बिराएर आइस त नि ?”

“यसो दिदीको हालचाल के छ बुझौँ भनेर नि दिदी ! आरामै हुनुहुन्छ ?”

प्रवास मै बसे पनि

प्रवास मै बसे पनि मेची काली नबिर्सौं है
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है

तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है

राजविराज : उहिल्यै र अहिले

पूर्वमा फर्सेठ, पकरी र देउरी भरूवा गाविस, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ तथा दक्षिणमा इटहरी विष्णुपुर र बोरिया गाविसको बीचमा रहेको राजविराज नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका हो । यो नगरपालिका विश्वकै अग्लो चुचुरो सगरमाथा (८८४८ मि.) रहेको अञ्चलको सदरमुकाम पनि हो । विभिन्न किसिमको इतिहास रच्न र धेरै नाम कमाउन सफल यो नगरपालिका पहिला जस्तो थियो, हालसम्म त्यही अवस्थामा रहिरहेको छ । केही ठूला घर बन्नु र भित्री भागहरूमा कच्ची तथा ग्राभेल सडकको विस्तार हुनु जस्ता विकासीय काम भएका छन् ।

दाइजो शुन्य गरौं

कमाई गरी खाउ आफ्नै वुतामा,
दुखेसो गरी वाँच लौ पाखुरामा
न सोचौं पराई धनै दाइजोको,
न खोजौं कसैले यसै पाइएको ।

छ पीडा विदाई गरी छोरिलाई,
झनै पीर लाग्ने परे मूर्खलाई
हुनेहौ सदस्यै पछी त्यो घरैको,
दुखायौ त आत्मा छहारी परैको ।

बोल्छ यहाँ लाटो पनि

बोल्छ यहाँ लाटो पनि अत्यचार भएपछि
बारम्बार घृणित ती शब्द प्रहार भएपछि

रगतको नाता पनि टुट्दो रैछ हरे दैव,
धन्कै निम्ति दाजुभाइको काटमार भएपछि