editor
राक्षसको कथा
हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।
मेरो नाति मसँग सुत्न थालेको धेरै भएको छैन । उसको बहिनी जन्मेको दुई महिना भयो । बहिनी जन्मेपछि उसलाई आफू सुत्ने कोठा गन्हाउन थाल्यो रे । ऊ जब मसँग सुत्न आउँछ त्यस पछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनु पर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे ।
क्रान्तिचेतको शक्तिशाली हतियार : ‘शङ्खघोष’
‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । २०६२ सालदेखि अनवरतरूपमा साहित्य र सञ्चारसंसारमा जुटेकी झा ‘भगजोगिनी’ (२०६८) नामक कविता सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन गरेर मैथिली साहित्य संसारमा उदाएकी थिइन् । ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रहमार्फत् भने पत्रात्मक शैलीका निबन्ध लेखनबाट नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मीको रूपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट, युवा सक्रियता/नेतृत्वको आवश्यकता र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ ।
अधुरो सिर्जनाका पीडाहरू
रोजीरोटी जुटाउने सुसे धन्दामा दिनका सुन्दर हिस्साहरू खर्च हुँदाछन् । सातामा एकदिन आउने शनिबार फाइल भित्र चेपिएका कागज पल्टाउछु । अधुरा कविताका पानाहरू, अधुरा कथा, अधुरा निबन्ध र अधुरा समीक्षाका थुप्रै रचनाहरू वर्षौंदेखि बेबारिसे भएर फाइलमा थुप्रिएका छन् । अधुरो सिर्जनाका पीडा छातीभरि चस्किन थाल्छन् । कुन क्षण् कुन संबेगमा बेगिएर लेखिएका ती अपुरा सिर्जना पूरा गर्ने आँट आउँदैन । तिनलाई पूरा गर्न पुन: भावनाको मुल फुट्नुपर्छ मुटुभित्र; अहँ फुट्दैन, फुट्दैन फुट्दैन । जति गर्दापनि फुट्दैन । कोसिस गरेर लेख्दापनि त्यो मात्र कृतिम बन्छ । प्राकृतिक मुटु रसाउदै रसाउन्न ।
घरको छानो फाटेर
घरको छानो फाटेर, चुहिएकोले विदेश हिंडे
मन्को गर्वबाटै रहर, तुहिएकोले विदेश हिंडे
सालीम्बो र खरले छानो, टाल्न नखोजेको हैन
मक्किएका डाँडाभाटा, फाल्न नखोजेको हैन
पसिना नि बगाकै थें, परिश्रम नि गरेकै थें
बाँझो खेतमा मलजल गरि, कोदो फापर छरेकै थें
तर पनि घरमा चुलो, नबलेसी विदेश हिंडे
भने जति कोदो फापर, नफलेसी विदेश हिंडे
मीठो भ्रम
एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुँगुरको खोरमा पुगेछ । त्यो खोरमा एउटी सुँगुर्नी आफ्ना पाठापाठीहरूलाई दूध ख्वाऊँदै थिई । सुँगुर्नीलाई देखेर चंखेले भन्यो ” सुँगुर्नी दिदी ! नमस्कार ! ”
“ए चंखे भाइ पो ! ल ल नमस्कार ! कताबाट बाटो बिराएर आइस त नि ?”
“यसो दिदीको हालचाल के छ बुझौँ भनेर नि दिदी ! आरामै हुनुहुन्छ ?”
राजविराज : उहिल्यै र अहिले
पूर्वमा फर्सेठ, पकरी र देउरी भरूवा गाविस, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ तथा दक्षिणमा इटहरी विष्णुपुर र बोरिया गाविसको बीचमा रहेको राजविराज नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका हो । यो नगरपालिका विश्वकै अग्लो चुचुरो सगरमाथा (८८४८ मि.) रहेको अञ्चलको सदरमुकाम पनि हो । विभिन्न किसिमको इतिहास रच्न र धेरै नाम कमाउन सफल यो नगरपालिका पहिला जस्तो थियो, हालसम्म त्यही अवस्थामा रहिरहेको छ । केही ठूला घर बन्नु र भित्री भागहरूमा कच्ची तथा ग्राभेल सडकको विस्तार हुनु जस्ता विकासीय काम भएका छन् ।

शरिरको माया पनि के माया,
एकातिर फोहर माकुराको जाल
खोल्सीहरू रसाउन छोडेपछि
श्रीमान् शिक्षाविद्ज्यू,
कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।”
सगरमाथा शिर हाम्रो अन्नपूर्ण छाती
साँझ उदास छ दिन उदास छ
प्रवास मै बसे पनि मेची काली नबिर्सौं है
म आफै त निराश छु ऊ आस माग्छ
कमाई गरी खाउ आफ्नै वुतामा,