editor
नेपालको माटोको उर्वराशक्तिको एक परिचय तथा व्यवस्थापनमा विवेचना
माटो के हो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।
बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ ।
ज्योतिषीका ब्याख्याहरू
अलग अलग ठाउँमा, अलग अलग जातमा, अलग अलग समुदायमा, अलग अलग संस्कार, संस्कृति र मनोविज्ञानका स्वरुपहरू निर्माण हुदाँरहेछन् । त्यसै अनुरुप मानिसका अन्त:करणहरू कोरिँदा रहेछन् । हरेक कुरालाई अर्थ लाउने अलग आँखाहरू बनिँदारहेछन् । अँझ उत्पादनका साधनहरूको असमान वितरणले समाजलाई दुईधारमा बाढेँपछि एउटै ठाउँ, एउटै जात र एउटै समुदायमा पनि दुईखाले चिन्तन, सोचाइ, संस्कृति र मनोविज्ञानको अविर्भाव हुँदोर’छ । आर्थिक असमानताले विभाजित समानमा स्वार्थ अनुकूलका नजरहरू बढी चल्बलाउने रहेछन् । वस्तुलाई हेर्ने, घटनालाई हेर्ने र बाहिरी यथार्थका आयामहरूलाई आत्मासात गर्ने बिषयमा पनि जात पिच्छे, वर्गपिच्छे, समुदाय पिच्छे अलग दृष्टिकोणको निर्माण हुँदोरहेछ ।
भाग लागेको जीवन
जब हप्तामा एकदिन शनिबार आँउछ । तब म रोमाञ्चले केही प्रफुल्ल बन्छु । शनिबार एक दिन, मेरो लागि आफ्नो मौलिक जीवन आफ्नै ढंगले भोग्ने दिन । म यो दिन अरु दिनभन्दा बढी स्वायत्तताको अनुभूत गर्छु । यस दिनलाई अलि छुट्टै ढंगले सदुपयोग गर्ने कोसिस गर्छु ।
अरु दिन मेरो लागि आफैं पराधीन हुने दिन । मैले आफ्नो स्वायत्तता गुमाएको दिन । आफू आफूबाटै वन्धित, वाधित र परतन्त्रमा जकडिएको दिन । चारैतिर सिक्री नै सिक्रीले कसिएको दिन । समयको विवश वाँधा हुनु मेरो नियति ।
सूरक्षा (लघुकथा)
लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ ।
भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए ।

सपना देखाएर मुटु टुटाउँछ्यौ भने काली
ढुङ्गाहरूले
मित्र पुण्य कार्कीजी,
घेरा दिने भित्तो मलाई घरजम मै छु
ऊ,तिमी, उनी र म
दाल पनि गल्ने छैन दैव नलागुन्जेल
हराएर जाला प्रेमका समझाना सबै म मरेपछि