Skip to content

editor

सपना देखाएर मुटु

सपना देखाएर मुटु टुटाउँछ्यौ भने काली
अब केही बोल्दीन संम्बन्ध छुटाउँछ्यौ भने काली ।

के गल्ती गरे आखिर माया गर्छुभन्दा मैले
म सहिँदिउँला आँसुले चुटाउँछ्यौ भने काली ।

सुनको महल नसके नि संसार दिन्थे खुशीको
आफ्नो भन्दिन भो मेरै बस्ती उठाउँछ्यौ भने काली ।

नेपालको माटोको उर्वराशक्तिको एक परिचय तथा व्यवस्थापनमा विवेचना

माटो के हो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ ।

ईश्वरहरू -२

ढुङ्गाहरूले
ढुङ्गा मनहरूको प्रमुखलाई सोधे
तिमीहरूको ईश्वर छ कि छैन ?

ढुङ्गा मनहरूको प्रमुखले
हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो
म नै ईश्वर हुँ, विश्वको ।

सोझा कुरा

मित्र पुण्य कार्कीजी,
अभिवादन !

यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु ।

निबन्धकार करुणाका करुण भाव –‘शङ्खघोष’ भित्र

२०६२ सालदेखि अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करुणा झाको सद्य कृति ‘शङखघोष’ विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो ।

खास के छ तिमीमा ?

खास के छ तिमीमा ?
जस्ले गर्दा म
रातभर नसुती खाली
तिमीलाइनै सोच्ने गर्छु
मानौं
कुनै कविले कविता सोचे जस्तैगरी

खास के छ तिमीमा ?
जस्ले गर्दा मलाई
जायज लाग्छन्
तिम्रा ती नाजायज जिद्विहरू

ज्योतिषीका ब्याख्याहरू

अलग अलग ठाउँमा, अलग अलग जातमा, अलग अलग समुदायमा, अलग अलग संस्कार, संस्कृति र मनोविज्ञानका स्वरुपहरू निर्माण हुदाँरहेछन् । त्यसै अनुरुप मानिसका अन्त:करणहरू कोरिँदा रहेछन् । हरेक कुरालाई अर्थ लाउने अलग आँखाहरू बनिँदारहेछन् । अँझ उत्पादनका साधनहरूको असमान वितरणले समाजलाई दुईधारमा बाढेँपछि एउटै ठाउँ, एउटै जात र एउटै समुदायमा पनि दुईखाले चिन्तन, सोचाइ, संस्कृति र मनोविज्ञानको अविर्भाव हुँदोर’छ । आर्थिक असमानताले विभाजित समानमा स्वार्थ अनुकूलका नजरहरू बढी चल्बलाउने रहेछन् । वस्तुलाई हेर्ने, घटनालाई हेर्ने र बाहिरी यथार्थका आयामहरूलाई आत्मासात गर्ने बिषयमा पनि जात पिच्छे, वर्गपिच्छे, समुदाय पिच्छे अलग दृष्टिकोणको निर्माण हुँदोरहेछ ।

RamBikramThapa-04

यात्रामा

ऊ,तिमी, उनी र म
अर्थात् सहयात्री हामी
बिन्दुहरूको एउटा सरलरेखा
त्यही सरलरेखाका
हाम्रा प्रारम्भिक पाइताहरू
मात्र एकदिनको सहयात्रा
मात्र एकदिनको सहबास
त्यसपछिको विभाजित यात्रा

भाग लागेको जीवन

जब हप्तामा एकदिन शनिबार आँउछ । तब म रोमाञ्चले केही प्रफुल्ल बन्छु । शनिबार एक दिन, मेरो लागि आफ्नो मौलिक जीवन आफ्नै ढंगले भोग्ने दिन । म यो दिन अरु दिनभन्दा बढी स्वायत्तताको अनुभूत गर्छु । यस दिनलाई अलि छुट्टै ढंगले सदुपयोग गर्ने कोसिस गर्छु ।

अरु दिन मेरो लागि आफैं पराधीन हुने दिन । मैले आफ्नो स्वायत्तता गुमाएको दिन । आफू आफूबाटै वन्धित, वाधित र परतन्त्रमा जकडिएको दिन । चारैतिर सिक्री नै सिक्रीले कसिएको दिन । समयको विवश वाँधा हुनु मेरो नियति ।

सूरक्षा (लघुकथा)

लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ ।

भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए ।

म मरेपछि

हराएर जाला प्रेमका समझाना सबै म मरेपछि
कसले दोहरयाउला त्यो इमान्दारी म मरेपछि

फूल सिहार्नेभन्दा चोरने छन यस दुनियामा
भवँराहरू फेरि मडराउने छन म मरेपछि

ताजमहल जस्तै झूठो प्रेमको इतिहास बनाऊँला न
मुमताजको दुःख कसले सुनाउला म मरेपछि

दुई मुक्तक (जून पठाइदिन्छु)

जून पठाइदिन्छु, तिमीलाई तारा पठाइदिन्छु
जिन्दगीका हर खुशी सारा पठाइदिन्छु
तिमीपनि आउछ्यौ भने आऊ प्रिया मैसँग
यहाँसम्म आउने गाडी, भाँडा पठाइदिन्छु

आगोलेभन्दा यादले बढी पोल्छ
आँसुका ढिकाले हेर यही बोल्छ
मूल्य हुदोहो त आँसुको धनी हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ

आल्मा

‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

ती मुडी गीतांगे

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ बोलको गीतमा नारायणगोपालका लागि धुन भर्दा संगीतकार दीपक जंगम हैरान भएछन्।

सन्देश पुर्‍याउन नसकेको हुलाकी

अंग्रेजी भाषामा लेखिएको तर नेपाली सुगन्ध भएको साहित्यको प्रवाह र प्रभाव नेपाली साहित्यिक फाँटमा कम छ।