Skip to content

editor

आइतवार

आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन ।

‘उडाउनु’ सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ ।

अमेरिका उपन्यास नियाल्दा

परिचय

‘अमेरिका उपन्यास’ पनि मैले बरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण भट्टराईजीबाटै प्राप्त गरेको हुँ । गंगा लिगलका प्रकाशित कृतिहरूका संख्या हेर्दा यो उपन्यास प्रन्धौं कृतिको रूपमा आएको देखिन्छ र नेपाली साहित्यको इतिहासमा गंगा लिगल एउटी सशक्त नारीहस्ताक्षरको रूपमा देखा पर्नुभएको छ । नेपाली साहित्यको फाँटमा साहित्यकारको संख्या हेर्दा पुरुष साहित्यकारको संख्यात्मक तुलनामा नारी साहित्यकारको संख्या कम छ । श्रीमती गंगा लिगलले नेपाली साहित्यको फाँटमा आफूलाई एउटी कवियत्रीको रूपमा परिचय गराई सक्नुभएको छ । श्रीमती गंगा लिगलको जन्म पाल्पा, तानसेनमा भए तापनि बसोवास भने सिद्धार्थनगर भैरहवामा गर्दै आउनु भएकोमा हाल उहाँ अमेरिका ह्यूस्टन, टेक्सासमा हुनुहुन्छ । उहाँले त्रि.वि.बाट एम.ए. कल्चरमा डिग्री हाँसिल गर्नुभएको छ । भैरहवा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक पनि भैसक्नुभएको छ ।

बिदेश जाने नेपाली हो

बिदेश जाने नेपाली हो आफ्नै देश फर्क
मेहनतको पसिना आफ्नै माटोमा छर्क

जति टाढा गए पनि देशले बोलाइरहन्छ
एकनासले बाटो हेरि सधैँ टोल्हाइरहन्छ

मृत्यु–प्रेम

प्रिय मित्र,

सञ्चो–विसञ्चोको लण्ठामा पर्नुपरेको छैन । तिमीसँग हेर्ने आँखा छैन, सुन्ने कान छैन । हिँड्ने गोडा छैन । छैन, धेरै कुरा छैन । तर, मसँग पर्याप्त सम्झना छ । अविस्मरणीय यादगार छ । संसारभरिको सर्वप्रिय व्यक्तिका रूपमा तिमी मेरो मनमा विराजमान छौ । त्यसैले त यी शब्दहरू तिम्रा नाममा जोडजाड हुँदैछन् । दुर्भाग्य ! अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । समयमा मैले तिमीलाई पाएको भए, मभन्दा बाहिर जानदिने थिइनँ । पक्कै यस लोकलाई विर्सन दिने थिइन ।

20140202_BijayThapa

डिसीमा निरौलाका ‘लजाएका परेलीहरू’ विमोचित

डिसी महानगर क्षेत्रमा दुई दशकभन्दा बढी समय देखि बसोबास गर्दै आएका, विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरौलाद्वारा लिखित’लजाएका परेलीहरू’ कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ ।

माघ १९ ‘जयन्ती’को संघारमा

माघ १९ को रात
केही दाउ लिएर आयो
केही घाउ लिएर आयो
अफवाहको प्रवाह लिएर आयो ।

अनिश्चितता र अन्यौलको बिचमा
दृढ कदम त चालेकै हो
दमको कदम चालेकै हो
त्यो बातले हैन मातले चालेको कदम
प्रेममा हैन वासनामा चालेको कदम
स्पष्ट भविष्य नसोची चालेको कदम
आउन त आयो त्यो रात
केही रोमाञ्च लिएर आयो
केही ड्रामा र केही ट्रेजडी बोकेर आयो ।

चल्लो, जिराफ र मूर्ती

म किशोर अवस्थामा थिएँ होला, एकदिन हाम्रो घरको माउपोथीले चल्ला कोरल्यो । धेरै दिनको ओथारापछि नयाँ चल्लाहरूको नवीनम आवाजले म आकर्षित बनेँ । ओथाराभित्रबाटै आएको चल्लाको आवाजले मभित्रको चञ्चल किशोरावय शान्त रहन सकेन । पोथीलाई उचालेर हेरेँ; ओथारा दिएका अण्डाहरूमध्यका धेरै अण्डाहरू फुटेर बच्चा निस्किएछन् । त्यसमध्येका दुईतीन वटा अण्डाहरू अली अली फुटेर बच्चाहरू भित्र चेपिएको देखेँ । मलाई चेपिएका बच्चाहरूको माया लाग्यो फलस्वरुप फुलको बोक्रा कोट्याएर भित्रबाट चल्ला निकालेँ । मैले त्यसरी उद्दार गरेका बच्चाहरू राम्ररी थिग्रिन पनिसकेनन् । दु:खको कुरा केही घण्टा भित्रै ती बच्चाहरूको दु:खद मृत्यु भयो । आफैं जन्मिएका बच्चाहरू चाहिँ मजाले हुर्किए त्यतिखेरको मेरो बालमस्तिष्कले यो घटनामा किन यस्तो भयो ?; मैले उद्दार गरेका बच्चा किन चाँडै मरे ?; त्यसको सही लेखाजोखा गर्न सकेन । अर्थात कारण खोज्नुपर्ने आवश्यकता पनि ठानेन होला । तर अहिले आएर त्यो घटनाबाट ठूलो निष्कर्ष निकालेको छु; प्राकृतिवत ढंगले विकास हुने कुरालाई बाहिरी हस्तक्षेपबाट आफ्नो अनुकूलतामा छिटो गर्न खोजियो भने त्यसमा असफलता भोग्नु पर्दोरहेछ ।

वुद्ध

प्रत्येक नेपालीको मनमा लुम्बिनी प्रति आघात प्रेम छ
एक एक देशबासीका मनमा वुद्धको बास र स्नेह छ ।
वुद्घ जन्मे लुम्बिनीमा तपस्या सधै वनमा
नेपालबाटै विश्वभरि शान्ति ल्याउने धर्म सिकाए
नेपाली र एसियाबासीहरूबिच शान्ति छर्दै उनी रमाए ।

ज्याबा डन्बा

पासाङ मेरो घरको आंगनमा
यतिखेर त आबाले
लामा म्हेमे बोलाएर
तामाको बुम्बामा
तितेपातीको घडा थापे होलान् है
अनि मन्द स्याङको आवाजसँगै
आमा बिहानै लिपेको दैलोमा
नयाँ वर्ष भित्र्याउन
ओहोरदोहोर गरिरहेकी होलिन् है

20140201_KapilAnjan

कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सहिद दिवसको अवसर पारेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कवि तथा गजलकार परदिप भट्टराईको कविता संग्रह विरुद्धमा र गजल संग्रह शौचालयमा ईश्वरको विमोचन गरियो । साहित्यकार डा. कृष्णहरि बराल र भानुभक्त भट्टराईले संयूक्त रुपमा कृति विमोचन गरेका हुन ।

प्रणवोपासना

प्रणवनादको यात्रा
दिव्ययात्रा पुरातन
ज्योति-अन्तर्यको यात्रा
दिव्यज्योति सनातन ।

आत्म-चैतन्यको आभा
”योग: कर्मसु कौशलम्”
नित्य-जीवनको प्यासी
”ददामि ते सुधा जलम्” ।

आशा जति पानी भयो

आशा जति पानी भयो आँखाबाट छुटिरह्यो
बाध्यता र विवशताले घरि घरि चुटिरह्यो

देखेकी थिएँ सपना जुन अन्धकारमै बिलाएछ
पर्खिनेछ लाग्थ्यो तर समय यो गुडिरह्यो

माफ माग्दा

आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो ।

“मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको ?” मैले ट्राफिक प्रहरीलाई सोधें ।

के कर्मले हराउँछ

के कर्मले हसाउँछ कसले थाहा पाउने
के कर्मले डसाउँछ कसले थाहा पाउने

हेर जे देख्यो राम्रो भन्यो अघि बढ्दै गयो
कहाँ यो त बसाउँछ कसले थाहा पाउने

मानिसको स्वभाव कस्तो पत्थर बन्न सक्छ
कसो गरी रसाउँछ कसले थाहा पाउने

शिक्षा क्षेत्रमा नवीन चिन्तन

हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ ।

एकान्तको सौन्दर्य

एकान्तको सौन्दर्यले मलाई मोहनी लाएको बेला एक अज्ञात बिद्वानको विचारले हृदयलाई छुने गर्छ । उनले भनेका रहेछन् – एकान्त ठाउँ मूर्खका लागि जेलखाना हो अनि ज्ञानीको लागि स्वर्ग हो । हुन त स्वर्ग र नर्क भन्ने कुरा कुनै भौगोलिक अवस्थितिभित्र पर्ने ठाउँ हुन् भन्ने कुरामा मलाई विश्वास छैन् । भूगोल र ब्रह्माण्डको परिधिभन्दा बाहिरका कल्पित स्थानको रुपमा यिनलाई बुझ्ने गर्छु । खगोल विज्ञानको त्वरित उचाईमा काहीँ पनि स्वर्ग फेला नपरेकोले वैज्ञानिक र अन्तरिक्ष यात्रीपनि थकित थकित भएर सुस्केरा काढिरहेका छन् यतिखेर । त्यसै यी चिज भौतिक स्थान नभएर मानसिक स्थानको रुपमा बढी लिने गर्छु ।

आकाशधर्ती

जब आकाश गड्गडिन्छ धर्ती उसै छाती फुलाउँछ
हरिया बृक्षहरू कम्मर मर्काई नाच्छन बातावरण
त्यसै सुसेल्छ
खुशी मनाउँदै अबीररुपी बालुवा उडाउँछ ।

मेरो मन त्यसै तर्सिन्छ किनभने
यिनिहरू यति खुशी छन आज धर्तीको छोराको बिहे छ रे
दुलाहा, दुलही रानी लिई आउदै छ रे
दुलही पनि माइती संगको विछोडको पीडाले खल्खली