Skip to content

editor

जनमत साहित्य मासिक सिक्किम साहित्य विशेष–१ सरसर्ती पढ्दा

परिचय

सर्बप्रथम जनमतका प्रधान सम्पादक मोहन दुवालज्यूलाई धन्यवाद दिंदै, जनमतको यो सिक्किम साहित्य विशेष –१ भित्र प्रवेश गर्न चाहान्छु । मोहन दुवाल एक यस्ता साहित्यकार तथा प्रधान सम्पादक हुनुहुन्छ जस्ले देशकामात्र नभएर प्रदेशका कुनाकाप्चामा रहेर निरन्तर साहित्य सिर्जना गर्ने व्यक्तिहरू जो ओझेलमा परेका छन्, लाई खोजी खोजी त्यस्ता व्यक्तिको बारेमा जनमतमा विशेष स्थान दिएर सबैका सामु साक्षात्कार पारिदिनुहुन्छ । जनमतलाई कहिले व्यक्ति विशेष, कहिले जिल्ला विशेष प्रकाशन गर्दै आउनु भएकोमा यसपटक (२०७०, श्रावण अङ्क) भने सिक्किम साहित्य विशेष लिएर दुवालजी हामी सामु उभिनु भएको छ । यस विशेषले हामी नेपालका साहित्यकारहरूलाई केही सिक्किमका साहित्यकार र साहित्यिक गतिविधिको जानकारी पाउने सुवर्ण मौका मिलेको छ । प्रधान सम्पादक मोहन दुवालजीले यो विशेषलाई सिक्किमप्रतिको सद्भावको रूपमा लिनु भएको छ ।

फेरि एउटा लँडाई लड्नु पर्छ – परिवर्तन

गन्तब्यलाई चुम्नको निम्ति
अविराम यात्राको अथक यात्री बनेर
संसोधनवाद सुधारवाद दक्षिणपन्थका बिरुद्ध
अँझै एउटा लडाइँ लड्नु पर्छ
स्वाभिमानी युवाहरू,
देश बनाउन बढ्नु पर्छ
बिकृतिको फोहोर डङ्गुर,
सफाई गर्न बाँकी नै छ
त्यसैले त फेरि पनि एउटा लडाइँ लड्नु पर्छ

उत्तरआधुनिक पितृभक्ति

‘गोपे ! ए गोपे ! कता गो हँ यो बज्या ?’

‘हजुर याँ छु मालिक म’

‘के गर्या छस् त्याँ ? यता आइज ।’

‘याँ गोरुलाई भुसा काट्दै छु मालिक ।’

‘बँदेल भोकाइसक्यो, डिँगालाई भुसा काटिराख ।’

झलमल सृष्टि अनि जून तारा

झलमल सृष्टि अनि जून तारा घाम हाम्रो
मान्छेभित्र मान्छे भए अल्लाह, साई, राम हाम्रो

दु:ख भित्र सुख लुक्छ सुख भेट्न दु:ख गर्नु,
हाँसी हाँसी दु:ख झेले चारै ऋतु याम हाम्रो

ज्यान, जागिर असुरक्षित

साँचो कुरा लेखौँ भने ज्यान, जागिरको आश छ
नलेखौँ त छातीभरि पीडाहरूको ह्रास छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ

धरावासीलाई चिठ्ठी : सन्तान एउटै तर असल

धरावासी दाइ,

हजुरले मलाई अह्राउनु भएको थियो, “नेपालीसाहित्यमा हिमाली क्षेत्र ओझेलमा छ । त्यसलाई पारिलो बनाऊ ।

संघर्षको खेती

कृषि पेशा सबैभन्दा पुन्य भनी कहलिन
त्यही पनि निधारे हुँदा सधै हिलो सुकाइने

त्यही पीडाले सहर पसी ब्यापार थालेको थिएँ
अस्वस्थ्य प्रतिष्पर्धामा थलिनसम्म थलिएँ

प्रतिष्ठित पेशा ठानी लेख्न थालेँ शुरु बुरु
पारिश्रमिक नलिएमा छापी दिन्थे खुरुखुरु

मेरो चिता फुलै फूलले

मेरो चिता फुलै फूलले सजिएको हुदाखेरि
सबका आँखा रसाउँदाहुन मेरी उनी रुदाखेरि ।

मेरो प्राण मेरो भाग्य तिमीनै हौभन्दा भन्दै
भक्कानिदै ढल्छिंन होला शिरको सिन्दुर धुदाखेरी ।

पापी

म त पापी हुँ
पक्कै पापी
म सधै मन्दीर धाउछु
भगवानलाई फूल चढाउछु
यो देखेर तिमी सम्झन्छ्यौ
म त डिग्रीको प्रमाणपत्र
आफ्नो सिरानीमा चढाउनेलाई
सधै थुक्छु आमा म त पापी हु पक्कै पापी हु ।

चितामा देश

प्रिय देश,

आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा तिम्रा कुरा ल सुन –

प्रेमासित …!

प्रेमा …!
तिम्रो प्रेम कहीं लेखिएको छैन
उसको मूटूको पानामा पनि
उसको साँझ बिहानको दिन्चर्यामा पनि

बरू पर्खिन सक्छु ऊ
चुरोट सल्काएर महगो मोबाइल चलाउदै
माथ्लाघरे माइलीलाई पधेरोमा
या भेट्न सक्छ उसले
तल्लाघरकी बिजुलीलाई
बुधबारे हाटमा

दुई मुक्तक (युग मुक्तक)

तिमीलाई पूज्ने भीडलाई रोक्न बाँध हाल्न सक्दिन म
तिमीलाई भगवान मानेर खुट्टामा छाँद हाल्न सक्दिन म
अन्धविश्वासको भीरबाट गुल्टिने मन छैन मलाई
राम राम त भन्न सकूँला तर काँध हाल्न सक्दिन म

फूल टिपेर मायाको चढाउँदैछु

फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्कन्छ सुवास अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र
धून बुनेर हृदयको सुनाउँदैछु मायालुलाई