Skip to content

फेरि एउटा लँडाई लड्नु पर्छ – परिवर्तन


गन्तब्यलाई चुम्नको निम्ति
अविराम यात्राको अथक यात्री बनेर
संसोधनवाद सुधारवाद दक्षिणपन्थका बिरुद्ध
अँझै एउटा लडाइँ लड्नु पर्छ
स्वाभिमानी युवाहरू,
देश बनाउन बढ्नु पर्छ
बिकृतिको फोहोर डङ्गुर,
सफाई गर्न बाँकी नै छ
त्यसैले त फेरि पनि एउटा लडाइँ लड्नु पर्छ
राष्ट्रप्रेमी युवाहरू देश बचाँउन बढ्र्नु पर्छ
पाश्चात्य नग्न, छाडा संस्कारले ग्रस्त भएको
अनकन्टार घारी छ
फेरि पनि म भन्छु,
यसलाई निमिट्यान्न पार्न,
अँझै क्रान्ति जारी छ
ए महासमरका माहान यात्रीहरू हो,
साझा बगैँचाको सुन्दर फूल फूलाउनको निम्ति
अँझै यहाँ धेरै धेरै संघर्ष गर्नु छ,
छलाङ्ग मार्दै हामीले ठूलो जंघार तर्नु छ
सति साल बनेर उभिएकोथियौ,
बतास चल्दा पनि ढल्न ढल्न खोज्छौ अरे,
गलेका थिएनै जेल र कठोर यातनाले,
अहिले त संघर्षका कुरा गर्दा,
तिमी फतक्क गल्छौ अरे,
चुनौति र क्रान्ति देखि हार खाई,
पलायनता रोज्दै छौ रे,
आफ्नो वर्ग धराताल बिर्सेर,
सुविधभोगी बन्न खोज्दै छौ रे,
खुट्टा तान्दै कसैलाई रोप्न खोछौ अरे,
पछाडिबाट छुरा,
यति चाँडै भुलिसक्यौ र ?
मानिसलाई स्पातिलो बनाउछ भन्ने कुरा,
यी निरास र कायरतालाई अन्त्य गरेर,
नयाँ जोश र जाँगरका साथ अघि बढ्नु पर्छ
अराजक्ता र संर्किण्ताका बिरुद्ध
फेरि एउटा लडाइँ यता पनि लड्नु पर्छ
हो यस्तै भ्रममा परेका मनहरूलाई
चिरफार गर्दै अघि बढ्नु पर्छ
त्यसैले त यिनै संस्कार बिरुद्ध
फेरि पनि एउटा लडाइँ अँझै लड्नु पर्छ ।

निश्चल गाउँले

Leave a Reply

Your email address will not be published. Required fields are marked *