editor
ममताको खास्टो (खण्ड–काव्य)लाई नियाल्दा
परिचय
वि.सं.२०७० साल मुंसिर २९ गते शनिबारको दिन आदरणीय साहित्यकार बालकृष्णभ भट्टराईज्यूसँग बुटवलमा, लुम्विनी वाङ्मय प्रतिष्ठानको पौष १३गते हुन गइरहेको साधारण सभाको तयारी सभामा भेट भयो । उहाँले मलाई आफ्नै कृति ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) र श्रीमती गंगा लिगलको कृति ममताको खास्टो (समीक्षार्थ), उपहारस्वरूप प्रदान गर्नु भयो । ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) जो मेरो हातमा छ अध्ययनको थालनी क्रममा छ भने ममताको खास्टो खण्डकाव्यलाई अध्ययन गर्दै केही लागेका धारणाहरूलाई यहाँ पस्कदै छु ।
दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
केटी :-
तिमी गएको देशमा जून पोखिन्छ कि पोखिन्न, साँहिला
दुई मुटुको मिलनमा धड्कन रोकिन्छ कि रोकिन्न साँहिला
हावा नचली पात हल्लिन्न भन्छन् साँच्ची त्यस्तै हो र
सुन चाँदीमा माया पिरती जोखिन्छ कि जोखिन्न साँहिला ।
केटा :-
जून पोखिएको रात तिमीलाई भेट्नआउँदै छु, साँहिली
जून तारा जिस्किएको गीत गज़ल लेख्न आउँदै छु, साँहिली
रातै फुलेको धाइराको वनमा तिमी हुनेछ्यौ म हुनेछु
चखेवा बनेर शित बिन्दुले प्यास मेट्न आउँदै छु, साँहिली ।
करुणा झाको ‘शङ्खघोष’ बिमोचित
पुनरावेदन अदालतका न्यायाधीस सारङ्गा सुवेदी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले करुणा झाद्वारा लिखित ‘शङ्खघोष’ नामक पत्रात्मक निबन्ध सङ्ग्रहको संयुक्त रूपमा विमोचन गर्नुभयो । उक्त अवसरमा प्रजिअ पौडेलले आफ्नो सानो वक्तव्यमा साहित्य व्यक्तिगत सुख र आनन्दका लागि मात्र नभई समाजका लागि लेखिनुपर्ने आवश्यकता माथि जोड दिँदै ‘शङ्खघोष’ले त्यो पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बांगो
पैसामा इष्ट बांगो कुमति हुनगए,जीबनै हुन्छ बांगो
साझामा काज बांगो वरपर झगडा, दीनमा दृष्टी बांगो
माग्नेमा भाव बांगो दिन मन नभए, हेयको मुष्ठी बांगो
वैरी बांगो कुरौटे वरपरबकने शान्तिमा क्रान्ती बांगो
वायूमा बन्ही बांगो कुशलनर बुझून् प्रेमको कैंची बांगो
बुढो बांगो रिसाहा घरभर नभए, भाँचिए लाठी बांगो
अर्काको डाह गर्ने अबुझ बलगरी, दान माग्ने छ बांगो
रात्रीको बास बांगो मलिन जन भलै, बुझ्न पर्दा छ बांगो

यस माटोलाई
जीवन साथी बिचमा सानो सानो कुरा साटिनु पर्छ
ज्युँदै सम्झी अटल मनमा सजाए
लेकबाट बेँसी झर्नै पर्ने भो
जसो तसो बाँचेको छु खबर अब नसोध है
के सोच्छन् होला ?
यति चिसो सिरेटोमा कसो गर्छ होला
हाम्रो देश
डल्ली होस वा मोटी होस साली भए हुन्थ्यो
तिमीसँग दाँज्ने अर्को सुःख भेट्दिन