Skip to content

झलमल सृष्टि अनि जून तारा


झलमल सृष्टि अनि जून तारा घाम हाम्रो
मान्छेभित्र मान्छे भए अल्लाह, साई, राम हाम्रो

दु:ख भित्र सुख लुक्छ सुख भेट्न दु:ख गर्नु,
हाँसी हाँसी दु:ख झेले चारै ऋतु याम हाम्रो

घेरा सीमा किन बार्नु फुक्का गरे सानो सोच,
यौटै धर्ती यौटै आकाश सारा विश्व गाम हाम्रो

अन्यायको जरा मास्दै न्याय गरे सबैमाथि,
आत्म बीच बस्छ ईश यही नै छ धाम हाम्रो

सत्य कर्म सत्य बोली पहिचान बन्न सके,
संसारमा सार्थक हुन्थ्यो मान्छे भन्ने नाम हाम्रो

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *