Skip to content

editor

भष्टाचारप्रति इमान्दारिता

देशमा दिनानु दिन बढ्दै गएको आंतक र भ्रष्टाचारीहरूको अन्त कहिले हुन्छ खै ? बिराट स्कुलका एकाउन्टेन्ट दिपेशजी लेखापढी काममा थकित, कुर्शीमा बसेर टाउकोमा हात लगाउदै पसिनै पसिनामा भिजेको अवस्थामा एकहोरो सोचमा डुबेका थिए ।

अचानक त्यहाँ आफ्नै स्कुलका “शिव नारायण” नाम गरेका हेडमास्टरले एकाउटेण्ड दिपेशजी निर आएर सोधे, “हैन कहाँ र के सोचमा डुब्नु भएको हो दिपेशजी ?”

असमानता

१) जे देखियो

गाडी पार्किङ देखियो महलमा, प्राडो पजेरो कतै,
मान्छे फेरि देखिए सडकमा, नाङ्गै सुतेका कतै ।
हीरा औ सुनका हजार गहना, राखिन्छ टन्नै कतै,
खानाको अभावमा लसुनको, खोजी हुने भो कतै ।।१।।

यौटा सुत्छ चौधतले निजी भवनमा, एसी लगाई पुरा,
अर्को सुत्छ मुनी कठै सडकमा, साथ्मा मगन्ते भुरा ।
यौटा वर्ग असाध्य सम्पति लिई, सम्पन्नता भोग्दछ,
दोस्रो वर्ग पिडीत भै कठिनले, बाँच्ने कला खोज्दछ ।।२।।

पागल भने पनि हुन्छ

जब आकाशमा बादल मडारिन्छ
मेरो मन त्यसै तर्सिन्छ
त्यै कालो पुरानो र त्रास देखाउने
अतित फर्किन्छ ।

उसै त मनमा वैराग झन
त्यसमाथि पुरानो कोलाहल
म त साँच्चै पागल मान्छे
पागल भन्दा पनि हुन्छ ।

लक्ष्मीदत्त ‘सत्यप्रेमी’को “बहर सागर” नियाल्दा

परिचय

लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा –५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी –५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ । उहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ खण्डकाव्य (२०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), आमाको स्मृतिमा (२०६९) र “बहर सागर” (२०६९), प्रकाशन भैसकेको छन् । यो “बहर सागर” उनको र्चौथो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ । हरेक विद्यामा उहाँको कलम चल्दछ । उहाँ थाइल्याण्ड र जापानको भ्रमण गरिसक्नु भएको छ भने उहाँमा निकै लामो प्रशिक्षण क्षेत्रको अनुभव पनि छ । नेपाली साहित्य जगतमा उहाँले आफूलाई छन्द र बहरमा कविता र गजल लेखकको रूपमा स्थापित गरी सक्नु भएको छ । गजलमा चलेको बहरयुक्त गजल र बहरमुक्त गजलको बहसमा बहरको पक्षमा उभ्याउन सफल हुनु भएको छ ।

हिटलरै भए सबै

हिटलरी शैलिका हाम्रा, नेताजी अब नाङ्गिए
जागे जंगे सरी धेर, सर्बाङ्ग अँझ भै दिए

असत्यले सारै नास, नैतिकता सबै गुमे
किर्नाले जसरी छाड्छ, मरेको सिनु झैं हुने

के रह्यो इज्जतै उज्वल्, डोकाले छोपदा अब
कुरी कुरी भनी निस्के, स्वकीय पथका सब

जुङ्गाको लड़ाईं

माघे सक्रान्तिको बिहान । मासुको भाग लगाउँदै गरेको नेप्टे साँहिलाको आँगनमा मासु लिनेको भीड थियो । सेवा निबृत जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आई पुग्यो र आफ्नो खुँडा कट् जुङ्गा बटार्दै रवाफ्दार स्वरमा भन्यो – “ए नेप्टे ! जुङ्गा हेरेर भाग लगा !”

नेप्टेले आदर पुर्वक भन्यो – “हुन्छ हवल्दार बा !”

“हुँदैन ssss नेप्टे दाइ, हुँदैन । मान्छेको टाउको हेरी भाग लगाऊ,” नेप्टेको वोली भूँईमा खस्न नभ्याउँदै भीडबाट एउटी महिलाको कर्कस स्वर घन्कियो ।

छाडी जानेलाई

तिमी त गयौ
एकचोटी !
फर्केर हेर्दै नहेरी
तर, म उभिरहें
बीच बाटोमा
कुनै रुख उभिएझैं
र हेरिरहें तिमीलाई
एकनाश…
ऊ परको डाँडाले नछेकेसम्म
तिमी त गयौं
एकचोटी !
फर्केर हेर्दै नहेरी ।

जङ्गलको माझमा पनि फूल फूल्छ

जङ्गलको माझमा पनि फूल फूल्छ साथी
रमाउँदै डाली डाली चरि डुल्छ साथी

जिउनु नै छ काँडामाथि हिँड्न सक्नु पर्छ
पहिलो पाईला चालेपछि बाटो खुल्छ साथी

यो जिन्दगी खोइ कस्तो कस्तो

बाहिर साउने झरी मन भित्र चैते खडेरी
नसोचेको बाहानाले पाइला लार्खाराउँछन् घरी घरी
कहिले हारे जस्तो कहिले जिते जस्तो
नभएको प्यारो भएको सस्तो
कुनै पल जितमा पनि हार
अनि
कुनै पल हारमा पनि जित

छाडी जाउँ भन्छु

छाडी जाउँ भन्छु फूल माया तर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

दुई दिनलाई न हो आफ्ना भन्नेहरू
सम्झनामा साथ हुन्छ चोट दिने बरू
आँखै भरी तिमी मेरो वर -पर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

म्राङ्माग्या म छामेदा (गजल)

म्राङ्माग्या म छामेदा, ङोगे ङोगे म्हान्बा ।
सेत्थिसी बामरीनका, थोगे थोगे म्हान्बा ।

तिनीन्हाङ्गार तिले तिले, म्हङरी म्राङ्बा ?
खाइमामी राङ्लानका, सोगे सोगे म्हान्बा,

देशको लागि छिटो छिटो संबिधान चाहियो

देशको लागि छिटो छिटो संबिधान चाहियो अब
अविश्वास र अशान्तिको अवसान चाहियो अब

धेरै पल्ट देखेका छौं कुर्सी तान्ने खेल मात्रै
इमान्दार र निष्ठावादी भगवान चाहियो अब

थाके पनि काट्नै पर्ने

थाके पनि काट्नै पर्ने मोड अँझै बाँकी रैछ
दोष दिदै मुर्छा पार्यौ खोट अँझै बाँकी रैछ

रगतको भेल बग्दा शिर हुँदै पाउसम्म,
अस्तित्व नै छैन भन्थे खोल अँझै बाँकी रैछ

महाकविलाई सदैव आर्थिक दयनियताको चित्रण मात्र नगर्न सुझाब

भर्खरै सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साहित्य सम्बन्धि बिबिध बिषयमा मस्तिष्क मन्थन गरिएको छ । चर्चाको शिखरमा पुगेका बिषयहरूमा देवकोटाले विश्व जगतमा गरेको योगदानको चर्चा तथा वहाँका अप्रकाशित कृतिहरूको बिषयमा उठाईएको बिषयले उपल्लो स्थान ओगट्न सफल भएको छ ।

प्रसाद

‘देशले रगत मागे मेरो बलि चढाउनु ।’

एस. पी. गोबर्धनको मोबाइल टोन हो यो । मोबाइलको टोन बजेको सुनेर एस. पी. सापले डिस्प्लेमा हेर्नु भो । भी आइ पी नम्बर देखेर एस. पी. सापले भने, “हेल्लो, जय नेपाल सर !”

उताबाट अवाज आयो,”एस. पी. साप ! आज भोलि रुकुममा अराजक तत्वहरूले उत्पात मच्चाइरहेका छन् । त्यो उत्पात मत्थर पार्न सक्ने योग्य र होनाहार अफिसर अरु देखिन । त्यहाँ तपाईंको अत्यन्तै खाँचो छ ।”

खुशी तुल्याउनु जतिको धर्म

श्रम गर
यही धर्ती स्वर्ग बन्छ
यो धर्ती बाहेक अर्को स्वर्ग कतै छैन ।
कर्म गर
तिमीले सत्कर्मले खनेको बाटोमा
यो दुनियाका मान्छेहरू हिडिरहन्छन युग युगान्तर
सबैको हृदयमा तिमी हुनेछौ तिम्रो मृत्‍यु सम्भव नै छैन ।

सागर म लहर बनी

सागर म लहर बनी चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनी अङ्ग तिम्रो चुम्छु

जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु

विश्वविद्यालयका बाजेलाई खबरदारी पत्र

श्रद्धेय विश्वविद्यालयका बाजे !

म पूर्वी नेपालको कृष्णगर्तबाट तपाईंलाई सम्झँदै छु । यसलाई के लहड चलेछ नभन्नु होला । मेरा कुरा चानचुने पनि नठान्नु होला । जब मैले होस समालेँ, त्यसै दिनदेखि म एक काममा जुटेको छु । सफलताको छेउछाउ पनि पुगेको छैन । त्यसैले मनका गन्थन तपाईंकहाँ ओछ्याउँदै छु । मैले सारालाई हेरिसकेँ । साराको मनभित्र एकएक गरी पसिसकेँ । अलिक त कुरो खरो छ । साँच्चै दह्रो पनि छ । र, धेरै मध्येमा तपाईं नै बाँकी एक हुनुहुन्छ । हेर्नुस्, अब सारा हटिसकेँ । छट्ने पनि छँटिसके । मात्र तपाईं रहनु भएको छ । झिनो आश अँझै ज्युँदै छ । यस नाथेको कुरो चाहिँ के रहेछ भन्नुहोला । धेरै शब्द नखर्ची भन्दै छु । कृपया, यसलाई सकारात्मक ठान्नुहोला । जस्तो भए पनि एक पटक गम्भीर भइदिनुहोला ।