editor
निस्सारता
उसको चित्कार सुन तिमी नसुनेझै गर्छौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गर्छौ किन
कष्ट उसको देख्दा देख्दै वातावरण सन्नाट पार्छौ किन
चर्केको घाउ मलम पट्टीको सट्टा नूनखुर्सानी छर्छौ किन
न त उसलाई बास दियौ न त एक गासै पनि
वाचाल छौ तिमी बोल न एक छिन उसँग गन्छ उसले जुनीजुनी
तिमी त एक मानव अरे चुरिफुरी आफ्नै सान छ ।
चेलीसँग एक क्षण
प्यारी चेली,
सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !
तनभित्र मन (सात मुक्तकहरू)
तनभित्र मन
तनभित्र मन छ अनि मन भित्र तर्क
कुतर्कको बाढी आए जीवन बन्छ नर्क
यी तन, मन, धन सबै कर्तव्यमा जुट्दा
यही धर्ती नै स्वर्ग बन्छ, कर्तव्यमा फर्क
नदीका कुरा
नदी भनी कुरा गर्छौ त्यसलाई पनि सुख छैन
गन्तव्यको मार्ग खन्दै अघिबढ्दा कहाँ हुन्छ चैन
नदीसरि मानव जीवन संघर्षमा अघि बढ्छ
गन्तव्य–मार्ग कठीन हुन्छ संघर्षरत नभै भैन
होशियार
झिल्को सानु नसम्झ हे हठपते बन्ला फिलिङ्गो भरे ।
कैयन् छन् उसका कणा मिलनमा, राँको बनी पोल्छरे ।।
सन्ठीको तगारो नठान बलियो, त्यो हुन्छ निस्कामको ।
मान्छेको भुसमा जमेर रहँदा, पर्ला असर दूरको ।।
खोलाको छहरो सधैं नगिचमा, पर्दा हुने दुर्गती ।
बन्ला त्यै गतिको असाध्य कमिलो, टोक्ने बिशालू अति ।।
साचेको मनमा भए पथ सधैं, सोझो बुझेको भए ।
सप्रिन्थ्यो पछिको नितान्त पथनै, राम्रो हिडेको भए ।।

तिम्रै लागि रचिएका गीत गज़ल बिर्स्यौ क्यारे
हुन्छ मात्रै भन तिमी डोली लिई आउँला
हलिया नारायण रेगिस्तान भासियो
छोरी सम्झी सिरानीमा आशुँ कति झार्यौ आमा?
पहाड स्वाभिमान हो
किसानहरू
प्रेमलीला रचाउने सिमसार छुट्यो