Skip to content

editor

स्वास्थ्य शिक्षा

वाच्नेछौं रहि स्वस्थ हामी सबनै, सोची भलो जीवन,
गर्नु हुन्न कुनै खराव चिजको, सेवन् मनैमा गुन ।
खाने गर्नु छ है शरीर वलियो, पार्ने ती खानाहरू,
मैलो भो नलगाउ गन्ध त दिने, फोहोर नानाहरू ।।१।।

धोई सावुनले पखाली कर ती, खानू छ खानेकुरा,
बस्ने ठाउँ सफा गरेर घरका, फाल्नू झिंगा माकुरा ।
मीठो स्वाद हुनेछ भनेर मुखको, खाना निकम्मा लियौ,
निम्तो कालमहाँ गरेर तिमीले, त्यो मन्द विषै पियौ ।।२।।

स्रष्टा वार्ता – जयबहादुर घिमिरे

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
समानताको हकमा बालमनोविज्ञान पक्षका धेरै कुराहरूमा समानता छन् । चेतनाको हकमा वर्तमान युगका बालकहरू सुचना प्रविधिको विकासको कारण बढी चेतनशिल छन् । तर नैतिक शिक्षाको हकमा आफूभन्दा मान्यजन प्रतिको आस्था, देश प्रतिको नैतिक जिम्मेवारीको हकमा वर्तमान पिढिको अवस्था अत्यन्त दयनीय देख्छु म त ।

अनेसास जापानको साहित्यिक कार्यक्रम : तयारी पुरा, दुई कृतिको बिमोचन गरिने

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले प्रत्यक तीन तीन महिनामा गर्दै आएको नियमित साहित्यिक शृंखला लक्ष्मी जयन्तीको अवसरमा यही २४ नोभेम्बर आइतबार दिउसो ३.३० बजे गर्ने भएको छ ।

KumarSimkhada

बलिको पूर्वसन्ध्यामा

“मलाई मेरो शरीर प्यारो छ,”
बलिको पूर्वसन्ध्यामाबिरंगना बर्बराइरहेछ,
“मलाई मेरो हात प्यारो छ
शीर पाउ यो साथ-साथ प्यारो छ
यो धरती आकाश प्यारो छ ।”

“नकाट, ए कसाइहरू हो
ए बालक अबुझ असत्तीहरू हो
त्यसैलाई सुलीमा चढाउँछौ,
जसले तिमी
एक-एकलाई धाराका धारा दिइरह्यो
प्रत्येकलाई ध्वनि दिइरह्यो
एक-एकलाई सुनको फुल दिइरह्यो ।”

बारम्बारै बन्द पार्दा

बारम्बारै बन्द पार्दा रोएको छ देश आज
निरपराध मान्छे मार्दा रोएको छ देश आज

किन दिन्छन् निमुखालाई शासना यी नेताहरू
नेपालीले आँसु झार्दा रोएको छ देश आज

सिंगै परिवार गिड्यो कस्ले

सिंगै परिवार गिड्यो कस्ले, दरबार बोल्दैन
कस्को घाँटी रेट्न अर्जापियो, तरबार बोल्दैन

बुद्धको शिष्य बन्न छोड भो, क्रोध पाली मनमा,
बुद्ध संधै बोल्छ शान्ति शान्ति, अहंकार बोल्दैन

को हो रुने मान्छे ?

को हो राति राति चिहान घारीमा रुने ?
को हो राति राति पर्खालभित्र रुने ?

यदि तिमी
स्पाटाकस्का ननिझेका आँखाहरू हौ भने
संसारका कुना कुनाबाट
बन्धन चुडाल्ने करौंतीहरू लिएर उठ

नेपालको अर्थतन्त्रमा सहकारी

किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलतः सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।

समय

अचेल मैले समयसँग चल्न सिकेको छु
समय परिवर्तनशिल छ,
समयको गति तिब्र छ;
पोहोरसालमा म सानी थिए,
तोतेबोलीमा लर्वराउदै
आमाको न्यानो काखलाई
बयलगाडा सम्झिन्थे ।

अक्षरहरूसितको लुकामारी

निद्रा खलबल्याई दिन आइदिन्छन्
रातभरि
बेला, कुबेला
अक्षरहरू
गर्दागर्दैको कामलाई ठप्प रोक्न आइदिन्छन्
दिनभरि
जुनसुकै बखत

चितवन

चितवन एक जिल्ला हो नारायणी अंचलको
चितवन भन्ने सुन्नासाथ मेरो मन् पनि चंचलभो
चितवनको सदरमुकाम भरतपुर हो
नारायणगढ यहाँको ठूलो नै शहर हो

सीमाना यस्को पूर्वमा पर्छ मकवानपुर लौ
नवलप्रासी पश्चिममा पर्ने सीमाना यस्को हौ
उत्तरपट्टि तनहु, गोर्खा दक्षिणमा पर्सा छ
जंगल बढी भएको हुँदा प्रसस्त बर्षा छ

शान्ति अधिकारीको ‘शान्ति बाटिका’ नियाल्दा

परिचय

तार्कु खहरे, लमजुङमा पुर्खौली घर भै तनारागाउँ डोल्पामा आमा अम्बिका र बुबा पदमहरि अधिकारीकी पुत्रीरत्नको रूपमा जन्मेकी शान्ति अधिकारी (पोख्रेल)को वैवाहिक घर इनरुवा, सुनसरी भै हाल उहाँ स्थायी रूपमा कोहलपुर, बाँकेमा बसोबास गर्दै आउनु भएको छ । उहाँको शिक्षा प्रमाण–पत्र तहसम्म भएको र नेपालगञ्ज नर्सिङ्ग क्याम्पस कोहलपुरमा सम्प्रतिरहेको उहाँको व्याक्तिगत विवरणबाट पत्ता लाग्दछ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र पल्लव साहित्य प्रतिष्ठान चितवनमा उहाँ सम्लग्न रहनु भएको छ । शान्ति वाटिका शान्तिजीको पहिलो गजलसङ्ग्रह हो । यो गजलसङ्ग्रहको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले गरेको र यसको विमोचन पनि २०७०/५/१० गते पल्लव साहित्य प्रष्ठिानको बार्षिक साहित्यिक सम्मेलनमा भएको थियो । यो कृति मलाई उक्त भव्य साहित्यिक जमघटमा वितरणको रूपमा प्राप्त भएको थियो ।

सिर्जनालाई खोजी खोजी चोर्न थाले

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेलभरि
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेलभरि

प्रस्तोतालाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेलभरि

पालो जनताको

‘निरकुंश राजतन्त्र मुर्दावाद,
जनआन्दोलन जिन्दावाद
तानाशाही शासन ढाल्छौं ढाल्छौं
जनताको शासन ल्याउछौं ल्याउछौं’

– बर्षायामको नदीजस्तै मानिसहरूको लस्कर गर्जियो । राता झण्डा वोकेका जुलुस चारै दिशावाट वरपाटनमा मिसिए । दश गाउँको सबैभन्दा ठुलो पाटनमा जताहेर्यो उतै मानिस, टेक्ने ठाउँ छैन । ‘ओहो कति धेरै मान्छेहरू हुन, वुढेसकाल लाग्यो यस्तो विचित्र त कहिल्यैपनि देखेको थिइन,’ भीडमा घुच्ची सहदै झण्डा समातेका दीनवन्धुले आश्चर्य माने ‘अँझै चारैतिरवाट मान्छेहरू ओईरिरहेका छन ।

रणभुल्ल पार्ने

रणभुल्ल पार्ने, नयाँ नौलो, एउटा चोकमा छु
स्वर्ग हो कि नर्क थाहा छैन कुन लोकमा छु

बाटो बिराएँ कि जिन्दगीको साथी रोज्दा खेरि,
अनभिज्ञ गाँठो मनमा पर्दा ठुलो शोकमा छु

सप्तरीको कलाकारिता : एक परिक्रमा

जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चाँैसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।

निर्विघ्न कुण्‍ठा

ऊ वेश्या अरे। जिजीविशा त्याग्न नसकेर बनेकी वेश्या? परिस्थिति, परिवेशले गर्दा बनेकी वेश्या? स्वविवेकले तृप्ती प्राप्त गर्न बनेकी वेश्या? या कसैबाट बाध्यतावश बनाइएकी वेश्या?

अनुत्तरित प्रश्नहरूको चक्रव्युमा छ मनोज यतिबेला। जे होस् ऊ एक वेश्या हो। जुन कुरा उसलाई चिन्ने समाजले भन्ने गर्छ। अनि त्यो पुरुष को हो त जसको कारण ऊ ‘वेश्या’ शब्दले सम्बोधित हुने गरेकी छ? कि कुनै पुरुष बिना नै ऊ वेश्या कहलिन सम्भव छ? मनोजको प्रश्न स्वयं आफैलाई।