Skip to content

रिसाउदा नि फकाएर


रिसाउदा नि फकाएर हसाएँ जिन्दगी
कहिले बाङ्गो कैले सिधा नचाएँ जिन्दगी

भित्रि पीडा न त देख्यो न त सक्यो झिक्न नै,
बाहिरि रुप शृंगारले सजाएँ जिन्दगी

पोल्थ्यो छाती बेसरी बग्थ्यो आशुँ सागर सरी,
सुम्सुमाउदै बिना आधार बचाएँ जिन्दगी

सकिएन नाम राख्नै गरी कुनै काम याँ,
फगत के भनौ खै मात्र कमाएँ जिन्दगी

कयौ पल्ट आशहरू नमरेको पनि हैन,
मल्जल गरी आज आफै फलाएँ जिन्दगी

गंगा पौडेल “शुभ”
तोपगाछी-झापा
हाल-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *