Skip to content

editor

तिमी टाढा नभाग

तिम्रो पक्षमा म बोल्छु सधै
तिमी टाढा भाग्छौ किन ?
मातृभाषाको अनादर गरी
आमाको सम्मान चाहन्छौ तिमी !

तिम्रो मगजबाट यी तुच्छ कुराहरू हटाइदेऊ
मातृभाषाको अपमान गर्दा तिमी बन्दैनौ देशभक्त
ऊ त साच्चै तिम्री आमाको अपमान चाहन्छ
तर तिमी उसलाई विश्वास गर्छौ
तिमी उसलाई विश्वास नगर
ऊ त तिम्रो कुभलो चाहन्छ ।

नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा सहकारीको भूमिका

पृष्ठभूमि

विभिन्न वर्ग, पेशा वा क्षेत्रका सर्वसाधारण जनताले सामुहिकरूपमा सदाचार, सुविधा, आर्थिक हित, शिष्टाचार र नैतिकता कायम गर्न र गराउनका लागि सहकारीको अवधारण आएको हो ।किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलत: सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।

विभेदकारी समाज यो

विभेदकारी समाज यो, मान्छे बीच दु:खाव छन्
रुढीवादी रीति रिवाज, पालन कर्ता झुकाव छन्

अफिमभन्दा कडा नशा, फैले’कै छ यो जातभित्र
विज्ञानको यो जमानामा, आत्मा ज्ञानी अभाव छन्

साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा

परिचय

वीरबहादुर चन्द ‘विश्राम’जीको जन्म रोडीदेवल–६, तितावै(हिउन्या) बैतडीमा भएको र हाल उहाँ स्वर्ण(भीम टोल) भी.न.पा. ऐंठपुर, कञ्चनपुरमा स्थायीरूपमा बसोवास गर्नुहुन्छ । उहाँका माताको नाम स्व् डुनी(दुर्गा चन्द) र पिताको नाम स्व. लच्छु चन्द हो । शिक्षण सेवामा उहाँको लामो अनुभव(४४बर्ष ६महिना ४ दिन) छ र उहाँ महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष, डोटेली भाषा, साहित्यका सर्जक एबं गुगुल्डी साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । वीरवहादुरजीले नेपाली साहित्यलाई मात्र नभएर आफ्नो मातृभाषा (डोटेली भाषा), साहित्यमा समेत उहाँले ठूलो योगदान पुर्याउँदै आउनु भएको छ ।

खुशीभित्रका पीडाहरू

उफ् चैत महिनामै यस्तो असहनीय गर्मी । कतैबाट हावा पनि आउदैन । गर्मी, त्यही माथि मान्छेको चाप । क्षमताभन्दा धेरै हदले बढि । गर्मी नहोस पनि कसरी । मान्छेकै तातो सास जुधेर होला उकुसमुकुस भएको । धन्न मान्नुपर्छ यस्तो बाटोमा यसरी जोखिमपूर्वक गाडि चलाउने ड्राइभरहरूलाई । गाडिले वहन गर्न नसक्ने भीड बोकेर यस्तो पहाडको बाटोमा हुइक्याउने । शायद यतिको साहस म भए गर्थिन होला ।

जल्छ जल्छ हृदय यो

जल्छ जल्छ हृदय यो, जली रन्छ स्वास रहुन्जेल
बर्षा झरी लागे पनि, निभ्दैन यो आश रहुन्जेल

स्वामी बन सन्त बन, उपदेश बाँड बुद्ध बनी,
लोभ इर्ष्या छुट्ने छैन, धरतीमा बास रहुन्जेल

शिशिर

फाँटहरूमा पहेँलपुर देखी आँखा तिरमिराउछ
वातावरण उजाड देख्दा मनै सिमसिमउछ
चराहरूको त गुडै भतक्यो किन यस्तो गर्यो ऋतु
रुखहरूका पातै हराए कसले लुकायो देख्दिन केही हेतु
गंहुका बालाहरू बुढा मर्न लागे तर त्यस्तो दुःख त लागेको छैन
बरु उल्टै अलि अलि खुशी नै छाएको जस्तो लाग्छ ।

नेपालको भौगोलिक वितरण, माटोको बनौट र खेती व्यवस्था सङ्क्षिप्त विवेचना

माटो केहो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ । यहाँ हामीले बिरुवा उमार्न सक्दछौं । माटोले बिरुवाको लागि उम्रन र बढ्न आधार दिन्छ ।

विद्यापति स्मृति पर्व तथा पुस्तक विमोचन समारोह सम्पन्न

‘जे वजय छी, सएह मैथिली’ नाराका साथ मैथिली जागरण मञ्च, राजविराजले विद्यापति स्मृति पर्व तथा पुस्तक विमोचन समारोह सम्पन्न गर्यो । उक्त अवसरमा सागरवीर कडारीद्वारा लिखित, सम्पादित तथा सङ्कलित ‘मैथिली लोकोक्ति सागर’ नामक पुस्तक विमोचन भएको थियो ।

कार्यक्रमका अध्यक्ष आसिन मियाँ, प्रमुख अतिथि विष्णुकुमार मण्डल, विशिष्ट अतिथि डा. पिताम्बरलाल यादव, अतिथि अमरकान्त झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

चेतन आवृष्टि

कलमको निभले होइन
बन्दुकको सँगिनले लेखेको
ईतिहास
समय पर्दाले घुम्टो उघारेर
नेपथ्यमा भेद खुल्दैछ

पाईला- पाईलामा थापेका वादका धरापहरू
पाटा फर्काएर लादिएका धर्म
पुर्खाहरू देउरालीमा पाती चदाइ
दोस्रो विश्व युद्धमा लखेतीए
आँखा जुधाएर हेर्नेको

साहित्य र स्रष्टाको दायित्व

भनिन्छ, साहित्य समाजको दर्पण हो । यस कथनलाई मनन गर्ने हो भने हामी यतार्थ नजिक पुगेको अनुमान गर्न सक्छौ । किनभने समाजमा जति घट्नाहरू हुन्छन्- राम्रो, नराम्रो, सुख, दुख त्यसको सबै छाप साहित्यमा पाइन्छ । पहिले पहिलेको साहित्यमा मायाप्रीति प्रणयका स्वरहरूको बाहुल्यता रहने गर्थ्यो । तर अहिले साहित्य चलायमान छ, यो बोल्छ शांकतिक रूपमा, यो अमुर्त छ, मौनता साध्छ । यो आन्दोलित छ । गाउ शहरका फुटपाथ, गल्ली र बाटोहरूमा प्ले कार्ड बोकेर नेतृत्वबर्गलाई खबरदारी गर्छ ।