तिमीले सोच्यौ होला, मेरो घर छैन,
तिमीले ठान्यौ होला, मेरो भर छैन
सही अनुमान तिम्रो, म सडकछाप हुँ,
साच्चै नामको पछाडि, मेरो थर छैन
पवित्र प्रेम दिन्छु बिन्ती, अरु नमाग,
चित्त नबुझेदेखि खासै, मेरो कर छैन
हिजो एक्लै थिएँ, आज पनि एक्लै छु,
फाटिसकेको यो मनमा, मेरो डर छैन
सुबेन “सरगम”
हाल-यु, ए, इ
