Skip to content

यात्रा रहेछ जिन्दगी


यात्रा रहेछ जिन्दगी
जन्मे हुर्केर बढेपछि
निरन्तर हिडिरहेछ जिन्दगी
जिन्दगी न हो,
कसैलाई थाहा छैन
कतिलाई वास्तै छैन
कहिले कहाँ पुग्छन्
कहिले कता पुग्छन्
कहाँ पुगेर अन्त्य हुने हो
अनत: जिन्दगी ।

एक बिवस बटुवा झैं
नथाकिकन हिडिरहन्छ जिन्दगी
मातृभूमि जन्म घर
प्यारा बा-आमा छाडेर
आफ्नो सम्पूर्णता त्याग्छ जीवन
रत, यात्रा भनिदो रहेछ जिन्दगी
जीवन संघर्ष यात्रा रहेछ जिन्दगी ।

आफ्नो जन्म स्थलो
कतै हिंडिरहदा
फर्किने हो या होइनन् !
आफ्नो प्यारो घर- आँगन
सम्झिने हो या होइनन्
आफूले खेलेको रमाइलो गाउँ ठाउँ
आफूले सुखदुःखमा झेलेको रनबन
फर्कि आउने हो या होइनन्
सम्झदा,
चरा जस्तै उड्छ कि यो जिन्दगी ?
जीवन संघर्ष रहेछ
यात्रा रहेछ जिन्दगी ।

भनिन्छ नि !
दुई दिनको जिन्दगी
हाँसौ खेलौ बाँचुञ्जेल
रमाउ स्वास छउञ्जेल
मरिलानु के छ र,
दुई दिनको चोला हो जिन्दगी
दुई दिनको पोला हो जिन्दगी
अनि !
यस ब्रह्माण्डको निम्ति
दुई दिनको पाहुना हो जिन्दगी ।

त्यसैले त, मलाई लाग्छ !
जीवन संघर्ष, यात्रा रहेछ जिन्दगी
हाँस खेल रमाउने साथीसङ्गी
सुखदुःखको स्मरण रहेछ जिन्दगी
जीवनको अन्त्य नभएसम्म
केही न केही कर्तव्य गर्नैपर्ने
कतै न कता,
यात्रा तय गरिरहने रहेछ जिन्दगी
निरन्तर हिडिरहने रहेछ जिन्दगी
जीवन संघर्ष, यात्रा रहेछ जिन्दगी ।

-डम्बर धिमाल (राजदोङ्ये)
नपा.उर्लाबारी-८ मोरंग दुर्गापुरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *