सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ
आईनौ त साँझ झनै चर्किएर रोएँ
अनिदोमै गल्यो रात तिमी बिना मेरो
बिछ्यौनामा यता उता फर्किएर रोएँ
झनै सारो गड्यो नशा यो मुटुमा तिम्रै
आफ्नै मुटुसँग आफै झर्किएर रोएँ
मिर्मिरेमै झुल्क्यो घाम बल्झिँदैथ्यो याद
आफ्नै छाँयासँग फेरि तर्किएर रोएँ
© स्याङ्जाली रमेश
स्थाई घर : अर्जुनचौपारी
हाल : मरुभूमिको छातीबाट

Gajal ramro lagyo, lekhanlaai
Gajal ramro lagyo, lekhanlaai nirantartaa dinu hola.
-Nirmala
Sundar cha, lekhdai garnu
Sundar cha, lekhdai garnu hola