Skip to content

भत्किएका रहरहरू

  • by


चर्किएका भित्ताहरू चुहिने तिनै छाना मिनु,
जीर्ण – जीर्ण घरहरू, भत्किएका रहरहरू
छाउनु पर्ने चुहिने छाना, खरबारी नै जले पनि
टाल्नु पर्ने भित्ताहरू, छेउमै पहिरो चले पनि

घुम्ने होलान तिनै फेरि, चुनाबका गीत बोकी
झिनो आशा – अभिलासा, भाषण खोकी खोकी
शब्द अनि भाव उस्तै, किन चोर्ने जानी जानी
स्वर अनि ताल बिना, किन गाउँने तानी तानी

मुछिएका राता टीका, लुछिएका खुशीहरू
खोसिएका हक अनि, घोसिएका दुखीहरू
काठे साँगु भत्काएर, खोला तर्न खोज्नेहरू
गरिबलाई तताएर, क्रान्ति गर्न खोज्नेहरू

के – के हुन्छ जस्तो लाग्थ्यो, टोलिएरै बस्दा पनि
के – के हुन्छ जस्तो लाग्थ्यो, लोलिएरै बस्दा पनि
चर्किएका भित्ताहरू चुहिने तिनै छाना मिनु,
जीर्ण – जीर्ण घरहरू, भत्किएका रहरहरू ।

हिमान गाउँले
बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *