सपनीमा मात्र सधै नम्बर पाँउने किन हो,
सधै राति राईफल बोकी धाउने किन हो ।
रातभरि मनको मझेरीमा बास बसेर,
सधैभरी सम्झना मात्र ल्याउने किन हो ।
सधै राति राईफल बोकी धाउने किन हो ।
तिमीलाई मैले जीवन भरी पाँउछु या पाँउदीन,
अतीतका ती यादमात्र सुनाउने किन हो ।
सधै राति राईफल बोकी धाउने किन हो ।
मैले तिमीलाई मनले माया गर्दा पनि,
तिमीलाई माया गर्छु भन्न डराउने किन हो ।
सपनीमा मात्र सधै नम्बर पाँउने किन हो,
सधै राति राईफल बोकी धाउने किन हो ।
