उल्काको छ अमेरिका !
हुन नसक्ने क्यै हुँदैन त्यहाँ । बरु नहुने कुरो केही छ कि भनेर गम खानुपर्ने समाज छ त्यहाँ ।
हरेक कुरा अनौठो लाग्छ । थुपै्र असहजभित्र पनि कति अचम्म लाग्दा प्रसङ्गले अझ चकित भइन्छ ।
मरील्याण्डमै छँदा म इस्ट प्वाइन्ट मल गइरहन्थे । तरुण पौडेल, विजय श्रेष्ठ, राजेन्द्र सुमनहरूले डाकिरहेथे निरन्तर मल घुम्न । तर यातायातको राम्रो भेउ नपाएको हुनाले एक्लै जान आँट भइहाल्दैनथ्यो मलाई ।
‘कसरी आउनु नि ?’
‘डाउनटाउनबाट छसय पन्चानब्बे एक्सपे्रस हाइवे जानेमा चढ्नु । अनि फलानो फलानोमा पुगेपछि अरु दुई वटा मोटर साटेपछि पुगिन्छ इस्ट पाइन्ट मल !’
राजेन्द्रले धेरैपटक अर्थ्याएथे ।
तर भन्ने र अर्थ्याउने काम पटक पटक भइरहृयो । उनीहरूको बोलाहट र मेरा जाने परिबन्द मिल्न सकेन । इस्टर चाडसम्म मित्रहरू व्यस्त रहे निकै नै । फुर्सद त अमेरिकामै कसलाई हुने !
साँच्चै इस्टर पर्वपछि निकै फुक्काफाल भो राजेन्द्रलाई । अनि उनीसँगै म जान थाले इस्ट प्वाइन्ट मल ।
एकातिर ठाउँ हेर्ने लोभ, अर्कातिर जीवनपद्धति हेर्ने चाहना । यी दुई कुराले निरन्तर उत्साहित भइरहें म । भेटघाट त अर्को अनन्यतम पक्ष थियो नै ।
इस्ट प्वाइन्ट काउन्ट्री नजिक ठाउँ थियो – व्यापारिक केन्द्र । त्यहाँ निकै नेपाली विद्यार्थीहरू भेटें मैले । पढाइ खर्च जुटाउन दुई घण्टा टाढाबाट चार घण्टाको कामका निम्ति आउनेहरू समेत भेटें मले ।
‘यसरी के फाइदा भो त ?’
मैले सोधेथें । ‘दुई घण्टाको कमाइ मोटरमा गए नि दुईघण्टाको त चोखै बच्यो नि !’
उनीहरूको थियो उत्तर ।
एक हप्तालाई तयार गरिएको खानेकुरा झोलामा बोक्थे उनीहरू । धेरैजसो पिज्जा वा सब खान्थे बाहिरै । दिनहुँ पकाउने कसलाई फुर्सद र ! एक बजेताका सबैजसोका हात हातमा हुन्थ्यो खाजाको पोका र पसलमा बाहिर झुन्ड्याइएको हुन्यो, हामी खानमा व्यस्त छौं भन्ने सूचना पाटी ।
थुप्रै नेपालीका स-साना पसल थिए । गहना, टोपी, चाइनिज खेलौना र आइसक्रिम पार्लरका खुत्रुके पसल थिए । बिहान नौदेखि बेलुकी नौ बजेसम्म अनवरत खोल्नुपर्ने मलको नियम ।
नपाइने केही छैन त्यहाँ ।
विशेषतः खाद्य पसल र पेयका सामग्री पाइने ठाउँ बढी । अपि|mकी मूलका कालाहरूको बाहुल्य धेरै सम्झौता नगरी खाने तिनको स्वभाव । जतिखेरै खाइरहेकै देखिन्थे उनीहरू ।
अझ चीज, मासु र गुलियो अत्यधिक खाएरै थामिनसक्नु ज्यानका देखिन्थे उनीहरू । एक पाइला हिँड्नु परेको छैन, केवल कारको यात्रा परिश्रम फिटिक्क छैन । त्यसमाथि खानु छ उप्रीमाथि थुप्री ।
अनि दुब्लाउने त ठाउँ नै भएन नि ! म इस्ट प्वाइन्ट भरि अचाक्ली मोटा र मोटीहरू चर्को स्वरले बोल्दै हिँडिरहेकाहरू हेर्ने र आफ्नो शरीर निहाल्थें । अग्ला न अग्ला अश्वेत युवाको भयङ्कर मोटो शरीरले अत्याउँथ्इो जोकोहीलाई ।
अनेक चक्कर काट्थें म मलको । हिस्पानिश, बोलिभियाली र पेरुका अनुहार पनि मनग्गे देख्थें म । विशेषतः चिठ्ठा काटेर खेल्न जतिखेरै लागिपरेका देखिन्थे हिस्पानिश युवतीहरू ।
‘हाइ !’
मेरो बोली हुन्थ्यो ।
‘ओला – ओला !’
हिस्पानिशहरू भन्दथे ।
ती बरु रसिला र हार्दिक लाग्थे ।
अमेरिका वरपरका उत्तर र दक्षिण अमेरिकाबाट प्रवेश गरेका ती फिटिक्कै अङ्गे्रजी जान्दैनथे । चारपाँच जना नभै, ती एकल रूपमा नहिँड्ने स्वभावका थिए । अलिह हल्ला गर्थे ।
तिनीहरू बातैपिच्छे भन्थे – ‘अभिगो ! अभिगो !!’
अर्थात प्यारो साथी ।
मलको तल्लो तला घर सजाउने, निर्माण सामग्री र फिलिपिनी सामग्रीले प्रख्यात थियो । सिङ्गै दिन लाग्थ्यो मल घुम्दा । भारतीय र चिनियाँ स्टोरहरू मनग्गे थिए । त्यहाँ कार्यरत नेपालीहरू ओठ बाँधेर आँखाले बोल्थे मसँग ।
सियर्स नामको ठूलो स्टोर थियो कपडै कपडाको । हजारौं रङ र आकारका, संसारका सबै ठाउँबाट बनेका सयौं प्रकारका कपडाहरू थिए त्यहाँ । म प्रायः फुर्सदमा जान्थें त्यहाँ ।
खासगरी बङ्गलादेशी,भियतनामी, रुसी, प|mान्सेली र इटालेली कपडाका नमूनाबाट तानिन्थें म किन्ने हृयाउ नभए पनि हेर्नेलाई म जान्थें म ।
एकदिन त्यसैगरी पसें सियर्समा । सेल लागेको थियो । लुगा र कोट संस्तोमा बेचिँदै थियो । केही टाइ र दुई सर्टहरू किनें । लाइनमा बसेर डलर तिरें । झण्डै दस डलर पर्यो ।
अमेरिकी चिनो भए अब ती !
बाहिरी नस्कने बेलामा एउटा पातलो ज्यानको मान्छेले मेरो सामान हेर्यो । जाँच्यो ।
‘थेङ्क्यु सर !’
मैले भनें ।
‘आइ एम नो सर । आइ एम म्याम !’
उसले आँखाको परेला हल्लाएर गाजल देखायो नङमा लाएको पालिस देखायो । हल्लाएर छातीका उरोज उफार्यो ।
आज उसले आफू नारी भएको प्रमाण पेस गर्यो । अघिल्लो दिनसम्म पुरानै थियो ऊ ।
मसँगै गएका राजेन्द्र छक्क परे । म त झन् अक्क न बक्क भइसकेथें । यो अमेरिका हो, यहाँ हुन नसक्ने कुरो केही नै त छैन ।
‘कतिपटक म यहाँ आउँदा मैले ख्याल गरेकै रहेनछु !’
मित्रले भने ।’मैले पनि यी रुपान्तरित रूपकुमारलाई विचार गरकै रहेनछु !’
लिपिस्टिक मिलाइरहेकी त्यो अग्ली युवतीले यसो भनेको सुनियो – म सर हैन, म्याम हुँ भन्दा भन्दा थाकिसकें । मेरो शरीर हेरेरै यिनले थाहा पाउनुपर्ने । के म अदालत जाऊ !’
डरले लुगलुगाएर भित्र र म फटाफट गइहाल्यौं । मसँगै थियो अमेरिकी स्वतन्त्रताको प्रतिध्वति !
शनिबार, गोरखापत्र
पौष १८, २०६६
