ए, मान्छे
तिम्रो जेमन्त लिला बन्द गर
अन्धमुष्टि कालो बादल नफैलाऊ
चट्याङ नबर्साऊ
अन्धड हुरी नफैलाऊ
शान्तिका प्रतीक
परेवाका जोडीहरू
आकाशमाझ उड्दैछन्
कावा खाँदैछन्
तिनलाई धरामा र्झन देऊ
चारो चर्न देऊ
वचेरासँग स्नेह जोर्न देऊ
आँधी वर्षा नबर्साऊ
बाढी भेल नलगाऊ
हाम्रा घर गाउँका
नानीहरू
पाठ्यसामग्री बोकेर
पाठशाला जाँदैछन्
भरे घर फर्किनेछन्
आमाका छातीमा टाँसिएर
स्नेह जोर्ने छन्
ए, मान्छे
विचार गर
विमर्श चलाऊ
शान्तिलाई बोलाऊ
देश बनाऊ
श्रमिकका पसिनालाई सम्झ
कलकारखाना चलाऊ
नृत्य गानमा उमङ्ग बढाऊ
नयाँ नेपाल खिलखिलाऊ
आमाको मुहार
सिद्धिचरण मनहरू
पर्खिबसेका छन्… ।
– धनुषा

मधुपर्क जेठ, २०६९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *