सेवक हाजिर छ भूपेन्द्र महत गजल undefined by kbsMay 8, 20114 Commentsसेवक हाजिर छ जब हजुर बोलाइसिन्छ बैंशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ के के गर्न जान्या’ रैछ यो गरीबले नि हजुर मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ
कामै तिम्रो कुरा दुहुने दु’न नछोड उषा न्यौपाने गजल by kbsMay 7, 20111 Commentकामै तिम्रो कुरा दुहुने दु’न नछोड सकुनीको नाटक रच्दै रुन नछोड । गफाडीको मन्डलीमा चोसो पसार्दै दिन मात्र थोरै भए जून नछोड ।
न त मेरो साथ मेरै कुनै अंग हुन्छ सूर्य चेम्जोङ गजल by kbsMay 7, 20112 Commentsन त मेरो साथ मेरै, कुनै अंग हुन्छ कलेजी त भनुँ भने, तिमीसँग हुन्छ रातभरि चन्द्रमाको, रुप हेर्नेहरू जस्ले तिम्रो रुप हेर्छ, ऊ नै दंग हुन्छ
सुन्य लाग्छु म त आफैं रित्तो भएछु तीर्थ (यात्री) पौडेल गजल by kbsMay 6, 20112 Commentsसुन्य लाग्छु म त आफैं रित्तो भएछु पम्फ्लेट निषेध लेखिएको भित्तो भएछु । निरश बचे जस्तो लाग्छ जीवन अचेल सुनामी आई उजाडिएको कित्तो भएछु । यता ताने उता छोटो उता तान्दा यता म त हजुर काम नलाग्ने फित्तो भएछु ।
सुस्तरी बोल कसैले सुन्लान फेरि गीता थापा (दोषी) गजल by gita thapaMay 4, 20115 Commentsसुस्तरी बोल कसैले सुन्लान फेरि बिनासित्ती झुठा कुरा बुन्लान फेरि धेरै मिल्दा जुल्दा पनि शंका गरेर औंला भाँच्दै गल्तीहरु चुन्लान फेरि
केही टुक्राहरू बिबेक दुलाल क्षेत्री सेन्र्यू by kbsMay 4, 2011मन कमलो आमाको रात-दिन सन्तानप्रति । —————— गीति-कविता खै कस्ले पढ्छ आज ? बिग्रियो चाला ।
पराईलाई आफ्नो ठान्दा आचार्य प्रभा गजल by kbsMay 4, 2011आज कस्तो चोट लाग्यो पराईलाई आफ्नो ठान्दा मनभित्र शूल गड्यो टाढाकोलाई नजिक मान्दा । दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी तर बिष् पो ओकल्यो नि मैले मान्छे भनी जान्दा ।
जीवन Birman Thing Tamang मुक्तक by tamang_birmanMay 2, 2011खै के ठेगान जीवनको कहिले हुरी-बतास झैँ हुकिन्छ कहिले सुनामी झैँ बहकिन्छ कहिले सपना झैँ झस्किन्छ कहिले 3D Music झैँ घंकिन्छ
उनी बिना शुन्य लाग्छ देवी प्रसाद ढुंगाना गजल by DEV EMay 2, 2011उनी बिना शुन्य लाग्छ यो उज्यालो शहर पनि चिरा परी खसिसके सँगै जिउने रहर पनि मन मुटु उसैसँग छोडिएर रित्तो भएँ शयौं बर्ष जस्तै लाग्छ दिन घण्टा प्रहर पनि
फर्की आएँ म मरूभूमि राजेश रुम्बा लामा गजल by kbsMay 2, 2011लक्ष्य टुट्यो-मुटु दुख्यो, फर्की आएँ म मरूभूमि बाँकी थियो केहि आँशु, छर्की आएँ म मरूभूमि आफैं वाचा बाँधे थिएँ, नछाड्नलाई आफ्नो देश आफ्नो वाचा आफै तोडी, तर्की आएँ म मरूभूमि
मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ रामकृष्ण पौडेल अनायास गजल by kbsMay 1, 2011मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ नयनभरि अँश्रुधारा बगाउनुको के अर्थ छ दिनु दियौ चोटहरू आज मेरो मुटु दुख्दा मनबाट हाँसो छाड्यौ तिमीभित्र के स्वार्थ छ यो मन भित्र सजाउने दिन्छौ माया आश थियो तिम्रो लागि जल्नु पनि अब धेरै बेअर्थ छ
पहल गरें भावना सुब्बा गजल by तारा प्रसाद चापागाईApril 30, 2011सिद्धान्तभन्दा ब्यबहार पढ्न पहल गरें नितान्त लक्ष्यतिर बढ्न पहल गरें धेरै बसें स्तब्ध भै गोडा खुम्चाएर खुशीको हिमशिखर चढ्न पहल गरें
ऐना हेरी कराउन थाले मान्छे मनु ब्राजाकी गजल by kbsApril 30, 2011ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे
सोचे जस्तो मैले केही गर्न पनि पाइन बिना तामाङ गजल by kbsApril 30, 2011सोचे जस्तो मैले केही गर्न पनि पाइन आमा पीडा भो नि लौन मर्न पनि पाइन भेडा-बाख्रासँगै रनवन चरी हिडेथें पढी गुनी ज्ञानको ज्योति भर्न पनि पाइन
खुसी र नयाँ साल (मुक्तक) बिबेक दुलाल क्षेत्री मुक्तक by kbsApril 30, 2011खुशी मेरा चिना कुपन देखाइदेऊ साचो जति सबै नै लेखाइदेऊ म यसै पनि दुखी ठहरिएँ एक अंगालो खुशी बोकाइदेऊ।
नियति भो दुख कष्ट प्रकाश पौडेल माइला गजल by prakashpoudelApril 29, 2011नियति भो दुख कष्ट अनि पीरका कुरा कति बोक्नु डोको नाम्लो, अनि भीरका कुरा राष्ट्रियताका नाराहरू धेरै पल्ट चुलिए यहाँ अति भयो काठमाडौं, गर डोटीतिरका कुरा आपसमा बेमेल हुँदा, आफैं दुख खेपी राख्दा अझै किन सोच्दैनौ, यी नेपाली शिरका कुरा
हरेक साँझ जून मलाई चिहाउँछ सूर्य चेम्जोङ गजल by kbsApril 29, 2011हरेक साँझ जून, मलाई चिहाउँछ न बोलाउँछ आकाशमा, न त आउँछ किन लाग्छ सामु भए, पनि नभए झै बैगुनी छे भनुँ भने, आँखा जुधाउँछ
कालापानी नालापानी भन्छ छिमेकीले तीर्थ (यात्री) पौडेल गजल by kbsApril 29, 20112 Commentsकालापानी नालापानी मेरो भन्छ छिमेकीले जंगे पिल्लर कति बाँकी भनी गन्छ छिमेकीले । जति म्याद थपे पनी लेखिदैन संबिधान चाह्यो भने रातभरिमा कानुन बन्छ छिमेकीले ।
हाँसेर बोली दिए बिबेक दुलाल क्षेत्री गजल by kbsApril 27, 2011तिम्रो चाहिन्न केही हाँसेर बोली दिए मनका सारा कुरा तिमीले खोली दिए । हुँदैन भन्छौ भने कस्लो पो के लाग्छ ! सन्चो हुन्छ मेरो मुटु बरु पोली दिए । देवी देवता धेरै भाके तिमी पाउँछु भनी के पुरा हुन्थ्यो फोहोर पानी फाली दिए ।
तिम्रो कान्छा काका बुद्धि मोक्तान गजल by Buddhi MoktanApril 26, 2011तोते बोल्दै फकाउँछु म तिम्रो कान्छा काका लिटो पिठो पकाउँछु म तिम्रो कान्छा काका रुनु हुन्न चुप बस पाकिसक्यो अब दुध घोली चखाउँछु म तिम्रो कान्छा काका !