Skip to content

उनी बिना शुन्य लाग्छ


उनी बिना शुन्य लाग्छ यो उज्यालो शहर पनि
चिरा परी खसिसके सँगै जिउने रहर पनि

मन मुटु उसैसँग छोडिएर रित्तो भएँ
शयौं बर्ष जस्तै लाग्छ दिन घण्टा प्रहर पनि

सपनीमा भेट्छु जब नाँच्छ मन फुरुङ्ग भै
अधुरा र अपुरा छन् भावनाका लहर पनि

चिर्यो छाती वियोगले मान्दैन मन फोटो हेरी
अमृत सम्झी पिउँदैछु रक्सी नामको जहर पनि

वियोगमा बाँच्न बाध्य नियतिले बनाए’सि
ईश्वर छन् भन्ने मेरो झुठा भयो ठहर पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *