Skip to content

तिम्रो कान्छा काका


तोते बोल्दै फकाउँछु म तिम्रो कान्छा काका
लिटो पिठो पकाउँछु म तिम्रो कान्छा काका

रुनु हुन्न चुप बस पाकिसक्यो अब
दुध घोली चखाउँछु म तिम्रो कान्छा काका !

कस्ले खान्छ? नानी बाबु ! कति खान्छ? धेरै
अन्तिम् गाँस सकाउँछु म तिम्रो कान्छा काका!

सुत है ल अब तिमी म जान्छु नि काममा
काखैमाथि थकाउँछु म तिम्रो कान्छा काका !

थाकेको छु म पनि त यता उता गर्दा
तिमीसँगै झकाउँछु म तिम्रो कान्छा काका !

सुत्ने हो कि नसुत्ने हो आँखा झिम्क्याइदिँदा
प्रश्न सोधी बह्काउँछु म तिम्रो कान्छा काका !

Leave a Reply

Your email address will not be published. Required fields are marked *