नियति भो दुख कष्ट अनि पीरका कुरा
कति बोक्नु डोको नाम्लो, अनि भीरका कुरा
राष्ट्रियताका नाराहरू धेरै पल्ट चुलिए यहाँ
अति भयो काठमाडौं, गर डोटीतिरका कुरा
आपसमा बेमेल हुँदा, आफैं दुख खेपी राख्दा
अझै किन सोच्दैनौ, यी नेपाली शिरका कुरा
सीमापारको ईशारामा निर्णय बदलिन्छ रे यहाँ
किन पर्यो टाढाको, गर दैलोनिरका कुरा
बिहान बेलुका दुख कष्ट, दुई छाक टार्न गाह्रो
खोले-ढिदो छोडी, किन नगर्ने खीरका कुरा
