Skip to content


सेवक हाजिर छ जब हजुर बोलाइसिन्छ
बैंशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ

के के गर्न जान्या’ रैछ यो गरीबले नि हजुर
मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ

जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर
कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ

आँट कहाँ म नाथेको मनको कुरा खोलुँ भने
मन बुझे सबै खोल्छु जे जे हजुर खोलाइसिन्छ

स्पर्शको लालच छ, छनक मात्र दिइस्यो हजुर
सबै कुरा मोली दिन्छु जे जे हजुर मोलाइसिन्छ

4 thoughts on “सेवक हाजिर छ”

  1. ठिस बुढा

    भूपेन्द्र महत सरको मैसाप
    चुपचाप मन पराएँ ।

    kbs र भूपेन्द्र महत सरहरुलाई धन्यवाद !

    1. राम्रो गजल , मन पराएँ
      राम्रो गजल , मन पराएँ

  2. राम्रो गजल , मन पराएँ
    राम्रो गजल , मन पराएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *