Skip to content

ऐना हेरी कराउन थाले मान्छे

  • by


ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे

मसानमा बसे बरू ढुक्क होला
घरबाटै हराउन थाले मान्छे

हाँस्दाखेरि रगतमा भिज्नुभन्दा
आँसु मन पराउन थाले मान्छे

चराएन पशुले त पशुलाई
अब मान्छे चराउन थाले मान्छे

केही गर्न बाँकी कहाँ रहेको छ ?
यस्तो पनि गराउन थाले मान्छे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *