खै के ठेगान जीवनको
कहिले हुरी-बतास झैँ हुकिन्छ
कहिले सुनामी झैँ बहकिन्छ
कहिले सपना झैँ झस्किन्छ
कहिले 3D Music झैँ घंकिन्छ
खै के भरोसा जीवनको
कहिले उजाड मरुभूमि झैँ उजाडिन्छ
कहिले पतझर झैँ नंगिन्छ
खै के भन्नु र जीवनमा
शब्दबिनाको वाक्य झैँ अपुरो हुन्छ
संगीतबिना रचना झैँ अधुरो हुन्छ
फलबिनाको बोट झैँ लजिन्छ
आँसुभित्रको हाँसो झैँ मुस्कराउँछ ।
