Skip to content

विश्लेषण/समालोचना

वर्ण के हुन् र ती किन घटी बढी हुन्छन् ?

भाषाका शब्दहरू वा वर्णहरू भनेका मानिसका अन्य भौतिक सम्पत्ति जस्तै भाषिक सम्पत्ति हुन्छन् । भौतिक सम्पत्तिको ढुकुटीमा घटीबढी हुँदै गएजस्तो भाषाको शब्द वा वर्णको ढुकुटीमा पनि घटीबढी हुन सक्छ । भन्डारको सम्पत्ति चलन गर्दै जाँदा थपिंदै वा घट्दै जानु स्वाभाविक पनि हो । नेपाली भाषा पनि यस अपवादबाट मुक्त छैन । यसमा पनि प्रयोग गर्दै जाँदा शब्दहरू वा वर्णहरू घटीबढी भएका छन् ।
वर्तमानमा लेखिएको केही कामचलाउ, केही तत्कालको लागि बिकाउ अनि केही चाहिं प्रसिद्ध व्याकरणका पुस्तकहरूमा नेपाली भाषामा रहेका स्वर, व्यञ्जन वर्णको परिचय र सङ्ख्या तोक्ने काम भए÷गरेको देखिन्छ । पाठ्यक्रमको प्रयोजनका लागि लेखिने सस्तामस्ता व्याकरणका पुस्तकहरूमा नेपाली वर्णहरूको परिचय पढाउनु पर्ने भए पनि सङ्ख्या तोक्नुबाहेक सङ्ख्यामा घटीबढी हुनुका पर्याप्त वा न्यूनतम कारणहरू समेत दिएको पाइन्न । सङ्ख्या तोक्ने क्रमका पछाडि तोकिनु पर्ने खास कारण उल्लेख नहुनाले प्रशस्त भ्रम फैलन सक्छ । तिनै समस्याहरूको साधारण खुलासा यो लेख हो ।

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसै बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदीको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थ

20141023_ManojKafleyMonsoon-Lekh

कुवैतको मरुभूमिमा कवि तोयानाथ दाहाल ‘उपेक्षित’ को ‘प्रबाशका सुस्केराहरू’

मनोज मनसून/कुवैत

नेपाली साहित्याकाशमा काव्यिक विधाको आफ्नै महत्व रहेको छ खासगरी भन्ने हो भने नेपालमा बि.स. १९३० को दशकभन्दा पछि अत्याधिक रुपमा नेपाली सहित्यकार तथा कविहरूको उदय भएको देखिन्छ त्यसपछि बि.स १९४१ पौष एकादशीका दिन कवि किशोरमणि लेखनाथ पौड्याल बि.स १९६६ कार्तिक २९ गते लक्ष्मी पुजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदयपश्चात पृथक पृथक रुपमा दर्जनौ कवि तथा कथाकार गीतकारहरूको बिभिन्न क्षेत्रमा कलम चलाउने साहित्यकारहरूको उदय भएको मान्यता रहेको छ । बिगत एक दशकभन्दा पहिले देखि हाम्रो देशको स्थिति त्यति सहज रहेन जसले गर्दा देशका युवाहरू बिदेशी भूमिमा पलाएन हुन बाध्य बनायो केही वर्षदेखी नेपालको बिग्रदो तथा विभाजित राजनीतिक अन्यौलले गर्दा देशमा गरीखाने युवा नेपाली भाषा सहित्य प्रति कलम चलाउने दिग्गज व्यक्तित्व पत्रकार, कलाकारलाई देश छोड्न बाध्य बनायो त्यसैताका विदेश पलाएन हुन बाध्य हुनुभयो पत्रकार तोयानाथ दाहाल उपेक्षित् ।

महाकवि देवकोटा र मुनामदन खण्डकाव्य

  • by

नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने थुप्रै विद्वानहरू मध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महान हस्तीका रुपमा चिन्ने गरिन्छ । वि.स १९६६ साल कात्तिक २७ गते शुक्रवार काठमाण्डौंको डिल्लीबजार धोबिधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका छ भाइ छोराहरू मध्ये तेस्रो पुत्रको रुपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । उनको न्वारणको नाम तिर्थमाधव देवकोटा भएता पनि तिहारको लक्ष्मी पूजाको दिन जन्मिएका हुनाले लक्ष्मीप्रसाद भनिएको हो ।

शिक्षापदकः पुरस्कार कि विकृति ?

कुनै पनि क्षेत्रमा राम्रो काम गरेर उल्लेख्य योगदान दिने व्यक्तित्वलाई कदरस्वरूप पुरस्कार दिइन्छ । पुरस्कार, पदक अथवा सम्मानले कर्मयोगीलाई थप ऊर्जा प्रदान गरेर कर्मक्षेत्रमा प्रोत्साहित तुल्याउँछ । पुरस्कारले पुरस्कृत व्यक्तिलाई मात्र जागृत, उत्तरदायी र सशक्त बनाउदैन । त्यो क्षेत्रका अन्य अभियन्ताहरूलाई पनि कर्मक्षेत्रमा उत्प्रेरणा जगाउँछ । पुरस्कार एकप्रकारको ‘रिचार्ज’ र ‘क्याटालिष्ट’ पनि हो । मान्छे जगाउने र ब्यूँझाउने एउटा सञ्जीवनी बुटी र रामवाण औषधी पनि हो पुरस्कार । पुरस्कार एउटा न्यायिक मूल्याङ्कन र प्रमाणिकरणका अतिरिक्त सामाजिक मान्यता प्रदान पनि हो । यस्तो अमूल्य र अपार महिमाको पुरस्कारको इज्जत जोगाउनु दातृ संस्थाको कर्म र धर्म पनि हो ।

आमा हुन् आमा खण्डकाव्य नियाल्दा

परिचय

गीता खत्रीजीसँग साक्षत्कार नभए पनि उहाँको नाम र साहित्यक गतिविधि फेसबुकबाट जानकारी भएको थियो तर उनका कृतिहरू भने पढ्न पाएको थिइन । यसपटक गीता खत्री लगायत गोवद्र्धन पूजा, पदम विश्व कर्मा र नारायण अधिकारीको सम्पादकत्वमा अनेसास गजलगङ्गा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको संयुक्त गजल कृति, मैले पढ्न पाएँ र मैले अनेसास गजलगङ्गाको समीक्षा पनि लेखे । सो गजलगङ्गाको समीक्षा मैले गीताजीलाई पठाइदिएँ । सो समालोचना अध्ययन गरेर मलाई उहाँले धन्यवाद दिनेक्रममा उहाँका दुई कृतिहरू (आमा हुन् आमा र झोखाङदेखि मजाटलानसम्म) पनि मलाई अध्ययनार्थ प्राप्त भए । मैले ती दुई कृतिहरूमा आमा हुन् आमालाई अध्ययन गर्दै गएँ र मलाई लागेका धारणाहरू यस विवेचनामा कोरें ।

डिल्लीराज नेपालको छन्दमालाभित्रका छन्दहरुमा केही तरङ्ग

आज छन्दमा कविता लेख्नु भनेको अत्यन्तै चुनौतीको काम हुन पुगेको छ । कवितालाई गजलले थिचेको बेला छ । लगभग गजलले कवितालाई विस्थापित गरेर सिध्याएको बेला छ आज । बालबच्चादेखि वृद्धवृद्धाहरु समेत गजल नै लेख्न लागेका छन्, गुनगुनाइरहेका छन् । स्वदेशबाट मात्र नभई विदेशबाट नेपाली जहाँ जहाँ छन् त्यहाँ आज गजल पुगेको छ । नेपाली गजलको इतिहासको सन्दर्भमा विषयवस्तुका आधारमा केही र अन्य पक्षहरुमध्ये रचनात्मक ऊर्बरताका आधारमा हेर्ने हो भने २०४६ सालपछिको अवधिलाई स्वर्णकालको रुपमा लिनु पर्ने स्थिति छ । यस अवधिमा सयौं कृतिहरु गजलका रचिएका छन् । सयौं शोधप्रबन्धहरु गजलकारहरुमाथि तयार गरिएका छन् । त्यसै गरेर सयौं समीक्षकहरुले गजलका बारेमा विषद विश्लेषण गरेर यसको निचोड र निष्कर्ष दिने काम गरेका छन् । यसैले आजको कविताको इतिहासको प्रवाह गजलमा केन्द्रित छ ।

शब्द चित्र २०७१/०६/२२

भरौटेहरूको केही दोष छैन । उनीहरू निम्न वर्गका हुन् । उनीहरूले यसो नगरेमा उनीहरूको रोजिरोटी चल्दैन । यो उनीहरूको दासी मानसिकता पनि हो । उनीहरू विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अँझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू

आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् ।

धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ ।

जनता ब्युँझाउँने कवि लेखबहादुरको स्तुत्य–अभियान

म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दु:ख झेले त्यो दु:ख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दु:खको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ ।

विनास काले विपरीत बुद्धि

धेरैतिर अर्ती उपदेशका रुपमा “विनास काले विपरित बुद्धि” भनेको सुनिन्छ । यसको यो श्लोक कसले लेख्यो र यसको बाँकी भाग के हो भनेर सोध्यो भने धेरैलाई नआउन सक्छ । यसैले म यसको निराकण गरुँ है ।

यसका लेखक चाणक्य । चाणक्यनीतिको सोरौ‌ अध्यायको पाँचौ‌ श्लोक हो यो । सबैलाई आउने भाग भनेको उक्त श्लोकको अन्तिम भाग मात्र हो । उक्त श्लोक उपजाति छन्दमा लेखिएको छ ।

गुमनाम दिव्य संगीत

गत हप्ता गायक अरुण थापालाई धेरैले सम्झिए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्।

मुटु छुने कविताका पंक्तिमा कृष्ण सेन इच्छुक

कवि कृष्ण सेन इच्छुकको कवति्वको विवेचना गर्नु अगाडि उहाँको महान् त्याग र बलिदानले भरिएको जीवन; त्यसमा समाहति भएको ओजपूर्ण कवति्व आदिआदिको विषयमा विभिन्न व्यक्तति्वहरूद्धारा गरिएको सारगर्वति मूल्यांकनउद्गारलाई सुरुमै उद्धृत गर्नु सान्दर्भिक देखेको छु–

वर्गसङ्घर्षमा दृढता र आनन्दानुभूति गर्ने, अन्तरसङ्घर्षमा हमेसा क्रान्तिकारी धारको पक्षपोषण गर्ने तथा दायाँ बायाँ विचलनको शिकार हुन खोज्ने कमरेडहरूलाई धैर्यतापूर्वक सम्झाउने बुझाउने गुणहरू कमरेड सेनका अविस्मरणीय गुणहरू हुन् । विचार निर्माणमा वैयक्तिक योगदानविना उपर्युक्त गुणहरूको विकास सम्भव हुँदैन । एक सर्वाहारावादी क्रान्तिकारी योद्धा, सर्जक र एक महान् सहिदका रुपमा युगले कमरेड कृष्ण सेनलाई सम्झने छ भन्ने मैले निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रेरणास्रोतका रुपमा ।–(प्रचण्ड, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–११)

सदानन्द अभागीको ‘षष्ठामृत’को रसपान

परिचय

वि.सं २००३ साल श्रावण १ गते पर्वत जिल्लाको शंकरपोखरीमा धर्ती चुम्नुहुने सदानन्द जैसी स्व.. कलाधर रिजाल र स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको साहित्यिक नाम सदानन्द अभागी हो । अभागी सुभनामका भाग्यमानी साहित्यकार भन्ने गर्छु म उहाँलाई । २०२० सालमा आमा शीर्षकको कविता लिएर नेपाली साहित्य आकाशमा झुल्किनु भएका उहाँ अहिले एक उज्ज्वल ताराको रूपमा स्थापित हुनुहुन्छ ।

दशैंको महत्व

दशैंको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्ती जोडिएर आएका छन् । वेद पूराण र किम्बदन्ति कथाहरू लोक साहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरू त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं । अत: हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौ भने उनीहरूले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रीतिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।

कोक्रो हरायो, लोरी हरायो

यतिबेला बडो बिस्मातका साथ भन्नुपर्ने भएको छ– कोक्रो हरायो लोरी हरायो, ढिकी–जाँतो हरायो लोकगीत हरायो।

गीत–संगीतको समय

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ।

अनेसास गजलगङ्गा

परिचय

यही २०७१, भाद्र १०गते नारायणगढमा पल्लव साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रम भएको अवसरमा साहित्यकार गोवद्र्धन पूजासँग भेट भयो । उहाँको हातबाट अनेसास गजलगङ्गा प्राप्त गर्ने सुअवसर पाएँ । गजल गङ्गाजस्तो महत्वपूर्ण गजलसङ्ग्रहमा सहभागी हुने सौभाग्य नमिले पनि कृति अध्ययन गर्न पाउँदा मैले आँफूलाई सौभाग्यशाली नै ठानेको छु । आज देश विदेश जहाँ पनि गजल लेखन र सामूहिक कृति प्रकाशनका लहर चलेका छन् ।