Skip to content

विश्लेषण/समालोचना

‘थेमस्को किनारमा कोशीको सम्झना’ का कविताहरुको मूल्य र मर्म

‘थेमस्को किनारमा कोशीको सम्झना’ यो कवि वासु शर्मा (वि.सं २०१६) को कवितासङ्ग्रहको नाम हो । यसमा ४७ ओटा लामा छोटा कविताहरु जम्मा गरिएका छन् । यसमा समेटिएका कविताहरु नेपाली लोक लय, गजल र गद्य लयको बान्कीमा निर्मित भएका छन् । यस कृतिमा समावेश भएको सबैभन्दा लामो कविता ‘देश रोएको बेला’ (८५ हरफ) र सबै भन्दा छोटो आकारको कविता ‘घायल मुटु’, (१२ हरफ) देखिएको छ । अरु कविताहरु सालाखाला आकार र आयाममा रचिएका छन् । खास गरी यसभित्रका कविताहरुमा षोडष पदी कविताहरु बढी छन् । यसैले यहाँका सबै कविताहरु मुक्तकीय बान्कीमा छैनन् जो आजको नेपाली कविताको फाँटमा छताछुल्ल छन् । यसैले यस संग्रहका कविताहरु मझौला फुट्कर ढाँचामा लेखिएका छन् भनेर किटान गर्दा फरक पर्दैन ।

इतिहासको एउटा ट्र्याजिडी भीमसेन थापाको आत्महत्या

श्रावण ११, २०७१ – ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए ।

मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले वि. सं. २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि वि. सं. २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । त्यसभन्दा अगाडि वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो ।
आज यस लेख मार्फत् मध्यमाञ्चल विकास क्षेत्रभित्र समाहित १९ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. धनुषा : रामचन्द्रले भाँचेको शिवधनुको एक भाग खसेको ठाउँ हुनाले धनुषा
नाम रहन गएको भनाई रहेको छ ।

पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । आज यस लेख मार्फत् पूर्वाञ्चल विकास क्षेत्रभित्र समाहित १५ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. झापा : स्थानिय राजवंशी भाषामा ‘झाप’ को अर्थ ‘ढकनी’ वा ‘विर्को’ हुन्छ । शताब्दियौदेखि बनजंगलले ढाकिएको ठाउँ हुनाले ‘झापा’ नाम रहन गएको बुझिन्छ ।

१४ अञ्चलको नामाकरण कसरी भयो ?

हाम्रो देश नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको छ, यी अञ्चलहरुको नामाकरण कसरी भयो भन्ने बारेमा केही जानकारी प्रस्तुत गरेको छु ।

१. मेची अञ्चल :
नेपालको पूर्वी सीमा मेची नदीको आधारमा मेची अञ्चल भन्ने नाम राखिएको हो । मेची नदीको नाम कसरी रहन गयो भन्ने बारेमा सम्भवतः मेचे जातिको बसोवास क्षेत्रमा बग्ने नदी हुनाले मेची नाम रहन गएको भनाई छ । यो नदी भारत र नेपालको साँध छुट्याएर उत्तर इलाम जिल्ला र भारतको दार्जीलिङ जिल्लाको साँधै साँध पहाडबाट झर्दै तराईमा झापा जिल्लाको पूर्वी सिमानामा बगेको छ ।
पहाडतर्फ ताप्लेजुङ, पाँचथर, इलाम र तराईतर्फ झापा समेत गरी चार जिल्लाहरू समावेश भएको मेची अञ्चलको क्षेत्रफल ८,१९६ वर्ग किलोमिटर छ ।

मेची क्याम्पस भद्रपुरकाे सूचना

मेची बहुमुखी क्याम्पस भद्रपुर
स्वर्ण महोत्सव वर्ष
२०७०–२०७१
का कार्यक्रमहरु
२०७० असोज १२ गतेदेखि ०७१ असोज १२ गतेसम्मको एक वर्से अवधि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्थापनाको पचास वर्षको अवधि भएकोले यस अवधिभित्र क्याम्पसले ५०१ जना महानुभावहरुको एक मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपले स्वर्णवर्ष महोत्सव मनाइरहेको छ । आयोजित र आजोजना हुन लागिरहेका कार्यक्रमरुको विवरण ः
१. निर्माण सम्बन्धी ः –
(क) स्वर्णमहोत्सव स्तम्भ (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
(ख) सहिद राम थापा उद्यान (क्याम्पस परिसरभित्रै निर्माणाधीन)

कठोर बज्रसँग कठोर बनेको दिन

मित्र अनन्तजी,
अभिवादन !

प्रिय मित्र अनन्तजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरू एकपल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामर्थ्य समेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरूका मान्छेले अरूलाई नै बाटो खन्दिछन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नुपरेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया–कतौडा, खुकुरी–भाला, फरुवा–कोदाली, बञ्चरो–छिनो आफैँले जुटाउनुपर्छ । मेरो कमजोरी नै हो– न मान्छे खटेको छ, न गतिलो औजार जुटाएको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपूर्व मृत्युको त्रासले सपनी र विपनी दुवैलाई गाँज्न थालेको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक तथा साहित्यिक व्यक्तित्वको संक्षिप्त विवेचना

वी.पीको जन्म र वाल्यकालको अवस्था
विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वरप्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वरप्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा जन्म भयो । न्वारन्मा पण्डितले उनको नाम चुडामणि राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण गरे । यही नाम संसार भरिनै प्रख्यात भयो । विश्वेश्वरको बाल्यकालको बसाई चन्द्रगञ्जमा भयो । तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन किनकि कृष्णप्रसाद कोइरालाले ढाक्रेको नाजुक अवस्था देखेर उनमा दया आयो ।

ई प्रतिनिधि गजल नियाल्दा

आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ । आशा छ यसले आफ्नो यात्रालाई पुरा गरेर नै छाड्ने छ ।

यसै क्रममा चितवनका स्रष्टाहरूले चितवनलाई गजलको राजधानी भनेर घोषणा गरिसकेका छन् र यसको लागि प्रयत्नशील पनि छन् । चितवनमा गजल सम्बन्धी लेखन र प्रकाशनका तथा विमोचनका कार्यक्रम भै नै रहन्छन् । यस्ता कार्यक्रम सञ्चालन तथा गजल सम्पादनमा लागिपर्ने स्रष्टाहरू मध्ये एक हुनुहुन्छ पुष्प अधिकारी अञ्जली ।

रामगीतालाई अवलोकन गर्दा (आदिकवि भानुभक्त आचार्यको द्विशतबार्षिकी सन्दर्भ)

परिचय
भानुभक्त आचार्यले रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि लेखे । भानुभक्तका कृतिहरूमा मैले रामगीतालाई अध्ययन गरेंर समीक्षकीय रूपमा केही सारतत्त्वहरूलाई यहाँ लेख्ने प्रयास गरेको छु । भानुभक्त कालजराले थलिएको र मरणासन्न अवस्थामा भएको बेला रामगीतालाई आफूले अनुवाद गरेर आफूले लेख्न नसकी छोरा रामनाथलाई टिपाएका हुन् भनिन्छ । जे होस् रामगीता आज हामीले पढ्न पाएका र्छौं यसको देन भनेको भानुभक्तको नै हो ।

बज्न छोडे पञ्‍चै र नौमती बाजा

रामेछाप चिसापानी-४ का ५२ वर्षीय शम्भुप्रसाद भुसालले पञ्चै बाजा बजाउन थालेको चार दशक पूरा भएको छ। बाबुबाजेले गरिआएको पेसा धान्ने उद्देश्यले बाजा बजाउन थाले पनि पछि संस्कारसमेत जोगिने बुझेपछि उनी यसैमा लागी परे।

UttamShilpakar

बहु शिल्पका धनी तुल्सीकुमार शिलाकार

नेपालका ऐतिहासिक तथा विश्वसम्पदा सूचिमा परेका पुरातात्विक प्रशिद्ध कलाकृतिहरूमाः भक्तपुरको ५५ झ्यालेदरवार, न्यातपोँल देवल, चाँगुनारायण मन्दिर, दत्तात्रय मठ, पाटनको २१ गजुरको श्रीकृष्ण मन्दिर, पाटन दरबार, काठमाण्डौको नौतलेदरवार, हनुमानढोका दरवार, तलेजु भवानीको मन्दिर तथा बिभिन्न देव देवालयमा भएका कलात्मक टुँडाल एवं बिभिन्न क्षेत्रहरूमा रहेका अतुलनीय काष्ठकला तथा शिलाकलाका धरोहरहरूले विश्वसामु नेपाललाई छुट्टै चिनारी दिईआइरहेका छन् । देशलाई बिश्वसामु एउटा शसक्त छुट्टै पहिचान दिन सक्नेगरी ती अतुलनीय कलाकृतिहरू सिर्जना गरी राष्ट्रलाई मात्र होइनन विश्वलाईनै अबिस्मरणीय धरोहरहरू सुम्पिगएका शिल्पकारहरूको लेखाजोखा राख्ने कार्य राज्यले गरिआएको इतिहासले देखाएको छैन ।

मान /अपमान

केही ७० वर्ष माथिका (१८३ जना) साहित्यकारलाई भानु पुरस्कारले नेपाल सरकारको १ मन्त्रालयले सम्मान गर्ने भयो। साहित्यकारलाई रित्तो हात किन पठाउने भन्ने आशयले होला, १०,०० ० हजार नगद पनि दिने भयो।

शिरोमणी सत्यवती

नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ।

कविहरु जटा पाल्‍नेदेखि साङ्लो बाँध्‍नेसम्‍म

राजधानीमा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा उनी छुट्दैनन्। उनी हलभित्र पस्छन्, आफ्नो झोलाबाट बोतल निकालेर घ्वाटघ्वाट पानी पिउँछन्। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म अनुशासित भएर सहभागी हुन्छन्।

अबको कवितामा युवा हस्तक्षेप

पोखरा काव्य महोत्सव २०७१ की प्रमुख योजनाकार कवि सरस्वती प्रतीक्षाले प्रस्तावनामै भनिन्, ‘कविताको पनि शल्यक्रिया गरिनुपर्छ र लागेको रोग देखाइदिनुपर्छ।’

कविताको शक्ति

कवितालाई लिएर वारि र पारि गर्ने मान्छे धेरै छन् नेपाली समाजमा। आसाम, दार्जिलिङ, भाक्सु, सिक्किम, देहरादुनबाट आएका कैयन् कविको कवितामा नेपाली छाप परेको छ।

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।