मेरो एउटा जिबन कथा,

मेरो एउटा जिबन कथा,, (१)
समय आफ्नै गतिमा चलिरहेको छमेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ ।म बेहोसमाछु यात होसमा के मा छु मलाई थाहा छैन याहा के मत्लब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी ।मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थ हरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दा मा एका एक आउछन् ।म थाम्न सक्दैन यो अत भुत सक्ती मेरो मनले नकार्न पनि सक्दैन । तेसैले भन्दै छु म मेरो एउटा जिबनको कथा,,
रंगिन सपना को छहारी थियो तेहि छ्हारी को एक छेउमा म थिए मैले पनि बुन्ने गर्थे मेरो जिन्दगी का सपनाहरु पढेर केहि गर्नुपछ मैले।आफ्नो खुट्टामा आफै उभिनु पर्छ समाज मा राम्रो मान्छे बन्नु पर्छ।‘’’’’ म कल्पना को सन्सार मा हराउँथे।मेरो परिवार गरिबछ म गरिब हु (forgeted)don’t forget it i m poor . म गरिब हु,, गरिब परिवार को एउटा सानो झुपडी गोठालो र भिर पाखा गर्दा गर्दै जन्मे को मन्छे हु म song ,,,,,?,, सजिलो कहाँ थियोर रात काट्न झुप्रो ले बारेको बार त्सैमाथी रात भरिको चिसो सीरेटोl भित्रै बाट आकश का ताराहरु गन्न भ्याउनु नभ्याउदै रात बित्थेयो । बिहान को कुखुरा को डाको सङै हत्त पत्त काम मा जानु प्रथेयो । मिठो मसिनो खान राम्रो लुगा फाटाे लगाउन चाड बाड नै कुर्नु पर्थेयो। अजै पनि ताजै छ मेरो दिमागमा सम्झिदा पनि मुटु फुले आउछ ।बाल्यकाल त जन तन बित्यो घास ,दाउरा, मेला पात ,सानो स्कुले जिबन साथी भाई अनि ढुङ्गा र माटाे सङ मितेरी लगाउदै । अति निम्न परिवा मा जन्मे र हुर्के बढेका ले होला मेरो शरीर त्यति खाई लाग्दो भने थिएन।धेरै ठुलो चुनौती को एउटा हिस्सा थियो मेरो सामु ।म 18 बर्षको थिए म मा कुनै प्रवाह थिएन किनकि उमेर को कारण ले होला म जस्तो पनि पर्स्थिको सामाना गर्ने क्षमता मा थियो । भर्खर मात्र slc सकेको करिब केहि महिना चल्दै थियोl मेरो घर को त्यही करण हो मेरो पढाई मा ढिलासुस्ती भएको मलाई थाहा थियो ।केहि महिनामै slc को नतिजा पनि प्रकाशित भएको खबर मैले fm radio मार्फत सुनेको थिए । गाउँको मुखिया को मेला जादा जम्मा गरेको पैसाले किनेको रेडियो नया भने होइन l नयाँ किन्ने त हैसियत पनि कहा थियो र मुखिया बाजे ले बिग्रेर राखेको तेहि रेडियो मैले किनेको थिए 1- 2 वटा च्यानल मात्र आउथियो त्यो पनि मेरो लगि काफी थियो।अझैसम्म पनि माया लाग्छ मलाई त्यो रेडियो को (forgeted) don’t try to forget .i never forget it.
त्यतिबेला fm radio सुन्न पनि काहा सजिलै सुनिन्थियोर रेडियो अरिएल तानेर अलि उच्च ठाँउ खोज्नु पर्थ्यो त्यसमा पनि मेरो बिग्रेको रेडियो । ।विकट गाउँ मा थियो मेरो घर त्यहा पनि एउटा मात्र fm सुनिन्थियो ।म घर को ओसारी मा बसेर रेडियो सुनि रहेको थिए*l यतिकै मा मेरो सिम्बल नम्बर पनि मैले सुनेको थिए म फर्स्ट division मा पास भएको रहेछु forgeted यो मेरो खुशी को पहिलो क्षेण थियो ।हो म खुसीमा थिए मेरो अनेकौं आशा पनि पलाएका थिए ।यस्तै त्यो दिन खुसिनै खुसीमा बित्यो अन्य दिनहरु खुसि संगै बित्दै गए ।केहि महिना पछि मेरो मन मा एकएकी उच्च शिक्षा हासिल गर्ने अठोट मेरो मनदेखी नै पलायो ।तर मेरो मनमा अनेकौं विवाद हरु थिए ।यति बेला मेरो dad भारत मा एउटा मालिक को घरमा घरपाले को काम गर्नु हुन्थ्यो ।मैले प्रस्ताप गरेको थिए dad लाई मलाई पनि उतै लैजानको लागी।तर dad ले सम्झाउनु हुन्थियो तिमि राम्रो सङ पढ्नु पर्दछ अनि समाज सेवि हुनु पर्दछ भन्दै धेरै सम्मजाउनु हुन्थियो ।म भने धेरै सोच्नेगर्थे किनकि मेरोघरको घर को आर्थिक स्तिथी निकै कमजोर थियो ।तर dad ले सधै जबर्जस्ति आफ्नै ढिपि गर्नु हुन्थेयो एक दिन त dad ले mom संग पनि कुरा गर्नु भएछ को मेरो उच्च शिक्षा कोबारे मा । एक कान दुइ कान मैदान भनेझै मेरो घरको सबै सदस्य हरु लाई थाहा भएछ । मैले मेरो मनको अन्तर ईच्छा लाई मनमै बाधेर राखेको थिए। ढाडई अस्विकार गर्नपनि त सकेन त्यसैले म उच्चा शिक्षा को लागी काठमाडौं जाने सोच बनाए l म काठमाडौं जाने कुरामा घरका सबैजना सदस्य बीच सहमति भएको थियो ।forgeted त्यो दिन थियो 2061 कार्तिक महिनाको यस्तै 16-17 गतेको दिन थियो। । कार्तिक महीना को जाडो बिहान को चिसो सिरेटो । घर को आगन बाट हेर्दा पारी पारी देखिने हिमाल आफ्नै सुर मा हासे को देखिन्थियो ।बिहान को मिर्मिरे उज्यालो सङै म काठमाडौं जाने शुभ साईतमा लागे l त्यो पनि घर परिवार को माया लाई चटकै छोडेर । गुल्मी जिल्ला को एउटा विकट गाउँ अर्घाखाँची को हन्शपुर गा.बि.स संग जोडीएको नमुना गाबिस को एउटा वार्डमा पर्थेयो मेरो घर।forgeted अहिले त निकै सुबिधा हरु छन् घर घरमा घरै पछि गाडी पुग्छन्। तर त्यति बेला त गाडि चड्नको लगि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुग्नु पर्थ्यो ।घर देखी 6 घन्टा को यात्रा पछी बल्लतल्ल गाडी देखन पाईन्थेयो ।जसोतसो म सहि समयमै आईपुगे को थिए ।त्याहा पुग्दा यस्तै २-3 बजे हुनु पर्छ मेरो हातमा घडी भने थिएन।हतारहतार टिकट काउन्टर तिर गएर टिकटलिए।रात्री कालिन गाडि जादो रहेछ गाडि को नम्बर भने मलाई अझै सम्म पनि यादछ तर म भन्न चाहेन ।एक छिनत म अल्ल मल्ल परे मलाई देख्दा केहि मन्छे हरु हासे जास्तोदेख्थेl
सिधासिधा गाडी को अघिल्ल तिर को सिट मा एक्कोरिएर बसिरहेको थिए गाडी को गल्ली मा केहि मान्छे हरु उम्बि रहेका थिए ।गाडी आफ्नै गाती मा गुडिरहेको थियो म आफ्नै संसार मा थिए ।मलाई केको मत्लब अरु कसैको ।एकै छिन् पछि त एक जना भाइ मेरो नजिकै आए लामो लामो कपाल अनि मुख मा केहि खाए जस्तो देखिने उनि गाडीको स्टाफ थिए ।उमेर यस्तै 15-16 बर्ष को थियो होला ।उनले मेरो टिकट मागे अनि टिकट मा मेरो सिट पछिल्ल तिर पो रहेछ।उन्को आग्रह मैले स्विकार्दै म मेरो सिट मा गए र बसे ।गाडीमा मान्छे हारु चड्दै झर्दै थिए। मेरो छेउमा बसेकी उनि प्रकाश मैत्री मुहार र छोटाे लुगाले उन्लाई निकै सुन्धर देखाएको थियो ।सम्पन्न परिवार र खाई लाग्दी देखिने उनिl मैले चिनेको भने थिएन गाडी कहिले उकालो त कहिले ओरालो दायाँ र बायाँ गर्दै घुम्ती हरु मोडदै सुपा देउराली को दर्शन गर्दै बुटवल सम्म पुगेका थियोे ।बुटवल पुग्दा आम्शिक अध्यारो भैसकेको थियो ।गाडी भित्र सुनसान थियो सबै जना गाडीमै सुति रहेका जस्तो देखिन्थे ।उनि हरु सबै मा एक किसिमको आलस्यता देखिन्थे। । केहीले त मलाई नै हेरिरहेका जस्तो लाग्छ।तर उनि भने निद्रा लागे जस्तै गरिरहेकी थिइन् ।खै मलाइ थाहा भएन उनलाई केभाकोहो।
गाडी मा सनो आवाज मा गीत बजि रहेको थियो तेहि गीत बजिरहेको थियो ।।।यात्रा रहेछ जिन्दगी एक्लै म हिडिदिन्नछु ……म पनि यहि गीत को आवाज सङै निदाए छु । केहि थाहा पाएन मैले एका एक मुग्लिन को एउटा होटेल अगाडी गाडी रोकियको थियो ।त्याहा खाना खान को लागी रोकिएको रहेछ ।सबै जना ओर्लिए मेरो छेउमा बसेकी उनि पनि ओर्लिन। म भने गाडिमै बसीरहेको थिए।करिब २० मिनेट पछि गाडी काठमाडौं तिर लगेयो। केहि सोज्न लागे जस्तो गरि रहेकी थिइन् उनि ।तर म भने सुनेको नसुने जस्तो गरि बसिरहे ।केहि घन्टा को लामो यात्रा पछी हामी सबै राज धानी काठमाडौं मा आइपुगेउ ।बिहान को 5 बजेकोथियो।
नेपाल को राजधानी काठमाडौं यानकी बालाजु बस पार्क मा सबै जना आईपुगेका थियौl सबै जना एका एक एक पछी अर्को गर्दै ओर्लिए ।मेरो छेउमा बसेकी उनि पनि मतिर हेर्दै ओर्लिन ।सबै जना आ आफ्नो बाटो तिर लागे मेरो छेउ मा बासेकी उनि पनि आफ्नो बाटो तिर लागिन धेरै पर सम्म पुगी रहदा हात हल्लाउदै थिइन् ।म भने त्यही एता उति हेर्दै बसेरहेको थिए अनि केही समय पछी म एका तर्फ लागे ।केहि पर एउटा कल सेन्टर थियो । त्यही कल सेन्टर बाट मेरो एकजना आफन्त लाई मैले फोन गरे ।उहाँ काठमाडौं मै बसेर एउटा सानो जागिर गर्दै पढ्नु हुन्थ्यो।उहाँ मलाई ल्याउन तेहि आनु भयो ।अनि हामी दुबै जना उहाँकै डेरामापुगेउ।केहि दिनत तेहिनै बित्यो।म मेरो बारेमा धेरै सोच्थे मलाई केहि थाहा थिएन त्यहाँको बारेमा । अनि एकदिनत मेरो बारेमा सबैकुरा भने तर उहा सधै आफ्नै काममा बेस्त हुनुहुन्थियो।निकैदिनहरु यतिकै बितिसकेको थियो ।म बेकामे भएको थिए उहा संग को सहयोग को आशा मेरोलागि निराश बनि सकेको थियोl एकदिन त उहाँको मोबाइल फोन हराएछ ।उल्टो मलाई नै दोषलागाउनु भोयो यो पनि म सहि बसे।अति खपी नसक्नु भए पछी म मेरो गाउकै एक जना दाइको डेरा मा जाने निश्चित गरेर उहाँकै डेरामा गएl उहाँ काठमाडौं को बानेश्वर स्थित एउटा होटेल मा कामगर्नु हुन्थ्यो ।बाकी दिन हरु तेहिबितए।उहाँ ले मेरो लगि सहयोग नगर्नु भए को पनि होईन ।तर केगर्नेforgeted कलेज को भर्ना को म्याद पनि सकिसकेको रहेछ।म एउटा ठुलो पिडाको सागर मा थिए ।उता मेरो बुवाआमको आशा यता मेरो उच्चशिक्षाको सपना यत्रतेत्र छरिएकाथिए । अनि केहि दिन पछी म घर फर्कने निदो गरे र घर तर्फ लागे ।काठमाडौं को कलन्की चोक बाट दिवा कालिन बस मा चडे र अर्घाखाँची तर्फ लागेl

कपिलवस्तु को पिपरा मा पुग्दा चल्दा चल्दै बाटो को किना किनारा निर एक्कासि गाडि रोकियो ।एकै छिन पछी त सबै जना आ आफ्नो हाते झोला लिए र ओर्लिदै थिए ।म किन बसिरहनु म पनि तेहि नेर नै झरे गाडि को वरिपरी केहि मान्छे हरु झुम्मिएका रेहेका थिए ।मलाई पत्तै थिएन गाडी को एन्जिन मा खरबी आको रहेछ गाडी का स्टाफ हरु खै के चेकजाच गार्दै थिए ।सबै यात्रु हरु एताउती ओल्लङ टोल्ङ गरि रहे का थिए अनि म पनि एताउती पर्ला पुर्लु हेर्दै पिपल को बोटको छेउछाउ तिर जादै थिए ।त्यहा बसेका केहि मान्छे हरु टला टुलु टोलाउदै एक आपसी कुरा हरु गर्दै थिए ।मलाई वस्ता भने थिएन कसैको तिनि हरु को थिए केकुरा गर्थे ।तर यतिकैमा त्यही नजिकै गाडिएका बिजुली का खम्बा हरु केहित ढल्न लागे जस्तै देखिने ति खम्बा हरु मा ।धेरै पोस्टर पम्पलेट हरु लथालिङ्ग केहि
टासिएका थिए त केहि यतिकै तर्लाङ तुर्लुङ झुन्डिएका थिए ।तर मेरो नजर भने त्यही पोस्टर जुन हल्का गुलाबी रङ्ग को एउटा सानो पोस्टर मा परेको थियो ।अनि नजिकै गएर हेर्दा म झस्ङ भए र मेरो शरीरमा मा एक किसिम को कम्पन पैदा भएको थियो l forgeted त्यस पोस्टर मा के लेखिएको थियो ?अति ठुला ठुला अक्षेर अनि कालो मासीले लेखिएको थियो ।भर्ना खुल्यो! भर्ना खुल्यो!! यो मेरो अर्को खुसिको क्षेण हो उता बिग्रेर रोकि राखेको गाडि स्टार्ट हुदै थियो गाडि मा सबै मन्छे हरु बसिसकेका जस्ता देखिन्थे l म भने त्यहाँ लेखिएका कुरा हरु पुरापढिसकेको थिएन एका तिर गाडि छुट्ने डर त्रस अनि अर्को तिर त्ययो पोस्टमा लेखिएका कुराहरु यि दुबै चिज मेरोलागि अति मह्त्त्व पुर्ण थियो ।कति आशा गरि पर्खदै थिए होला ति गाडी स्टाफहरु ।मेरो अन्तिम इन्तिजार आशा मरे पछि गाडी त्यहा बाट छुटेयो होला ।तर म भने त्यही खम्बाहरुको आसपास मा थिए जुन पोस्टरै पोस्टरले छोपिएको थियो।

त्यस पोस्टर मा लेखीएको थियो कपिलवस्तु टेक्निकल ईन्स्टिच्युट पिपरा मा CMA कोर्स को लगि सिमित सिट मा भर्ना खुलेको।मेरो मन मा गाडी छुटेको पस्चताप भने केहि थिएन ।तर मनमा धेरै कुरा हरु ब्यपक खेली रहेका थिए ।साझ पर्न आटि सकेको थियो ।अनि त्यही नजिकै को एउटा होटलमा बास बसे रात भर आपस मा भिडन्त भइरहेकै थियो अन्तर मन का कुना कुन बाट निस्केका भिन्न भिन्न कुरा हरु बीच।त्यो रात त जेन तेन बित्यो ।अर्को दिन बिहान सबेरै त्यही टेक्निकल ईन्स्टिच्युट को खोजी मा मात्रा केलागेको थिए ।त्यही होटलको यसोक्क छेउमै पो रहेछ।बिहान को यस्तै 10 बजि सकेको थियो हतार हतार गर्दै त्यही ईन्स्टिच्युट को ओफिसम्म पुगे अनि रीसेप्सन कोठा मा गएर भर्ना को बारे मा सोज्न मात्र लागेको के थिए ।त्यो दिन सोहि दिन को दिउँसो 12 बजे देखी इन्टान्स परिक्षा रहेछ यानकि प्रबेशिका परिक्षा सुरु रहेछ ।जसो तसो भर्ना त भए ।तर बाहिर तिर खचाखच मान्छे हरु को हुल थियो ।अनि म पनि मान्छे हरुकै हुल भित्रै गए उता तिर केहि केटा केटी हरु खैके पो गफ गाफ मा निकै मच्चीदै थिए ।मलाई सरोकार भने थिएन म मेरै धुन मा थिए ।12 बज्नै त्मसि रहेको थियो ।बाहिर पट्टी को एक साइड मा एक जना अधबइसे मान्छे ले प्रबेश पत्र हात मा लीई बाड्दै थिए ।अनि सबैजनाले आफ्नो आफ्नो प्रबेश पत्र लियर परिक्षा हल मा हुलिदै थिए ।म पनि मेरो प्रबेश पत्र लिएरत्यही परिक्षा हल भित्रगए ।भित्र गार्ड ले क्रमश सबै जना एउटा बेन्च मा २जना को दरले मिलाएर राख्दै थिए ।परिक्षा जम्मा 1 घन्टा को थियो परिक्षा सकियो सबै जना बहिर जदैगर्दा ।गेट मा नोटिस टासिंएको को थियो नोटिश मा लेखिएको थियो परिक्षा को नतिजा भोलिपल्ट को बिहान 10 बजे प्रकाशित गरिने रहेछ। सबै जना आ आफ्नो बाटो लागेउभोलिपल्ट बिहान 10:30 बज्दै थियो केहि मान्छे हरु त्यही ईन्स्टिच्युट को आगाडी जम्मा हुदै आ आफ्नो नम्बर हेर्दै छन् । ।मेरो मुटु चाल पनि निरन्तर बढी रहेको थियो सूचना पेटिका मा परिक्षा फल प्रकाशित गरिएको रहेछ म नजिकै गएर हेर्दाहेर्दै थिए । म पनि उतिर्ण भएको रहेछु forgeted यो पनि मेरो खुसिको अर्को अश बनेको छ।अनि नोटिस बोर्ड को तल पट्टी केहि सुचना लेखिएको थियो तिहार को तेस्रो दिन देखी कक्षा हरु संचालित हुनेछन् भन्ने पनि जनाएको थियो । कार्तिक महिना त्यसमा पनि भर्खरै मात्र महान चाड दशै सकिए लगतै तिहार नजिकिदै थियो ।यस्तै 2 दिन बाकी थियो ।अनि म यस्तै २:३० बजेको गाडी चडेर घरतर्फ लागे।घर मा सबै जना मेरो बाटो कुरि बसेका रहेछन ।तिहार को रैनक्क्ता गाउ घर अनि छर छिमेक मा झिलिमिली बत्तिले झप्पकै छएको थियो । गाउँ का रामे स्यामे कम्मरमा मादल भिरदै साइली र माइली सङी साथी हरु निधार मा सम्तर्ङी टिका, गला मा मखमली र गुरधुली फुल को माला लागाई घर घर मा रमाइलो गर्दै थिए ।तर म भने तिहार पछि लगतै कपिलवस्तु पिपरा आएको थिए।मेरो मनमा केहि नरमाइलो त लागेको थियो तर दु:ख भने पट्कै थिएन।बरु यता म मा एउटा ब्यलै किसिमको सपनाहरूले नयाँ मोड हरु लिदै छन् ।याहा पनि कोहि थिएन मेरो आफ्न्त हरु।हामी दुई जना सङै बस्थेउ यानकी नीराज अनि म त्योपनि एउटा डेरालिएर ।उता ईन्स्टिच्युटमा कोर्स चलिरहेको थियो ।हामी पालैपालो आ आफ्नो काम गर्थेउ केही महीना बितिसकेको थियो। हामी बिचको सम्बन्ध निकै राम्रो थियो ।आपसमा मन मुटब पनि कहिले भएनl तेस्को साटोबरु पढाई प्रति प्रतिस्सप्रदा हुन्थियो ।सदैजसो हामी सङै सुत्त्ने गर्थियौ एक दिनत उनि निकै बिरामी परेछन मलाई थाहा थिएन ।म त्यो एकोहोरो रोइरहेको आवाज कता कता गहिरो सोर मा सुने को जस्तो लागेयो अनि हस्ङ फस्ङ गर्दै निस्यासीदै उठे यता उत्ति छ्म छ्माए ।म सङै सुतेका निशान खाट मा थिएनन् ।अनि हतार हतार लाईट स्विच अन गरे खोज्जन सम्म खोजे कतै भेटीएनन।तर उनि चाहि छट्पटी दै खाट को तलपटी पुगेका रहेछन ।मलाई होसनै भएन खाट को पर्दाले उनलाई पुरा छेकेको रहेछ।अनि म बिस्तारै बहिर निकाले ।उनि निसाम्मै देखिन्थे।राम्रोसँग बोल्न पनि नसक्ने निशानलाई अबकेगर्ने केनगर्ने ।रात को 12:बजेको थियो ।त्यो मत्धन्न रात जताततै सुनसान थियो ।हार्गुहार पनि कस्लाइ गर्ने ।बहिर चारैतिर अन्धकार थियो ।नजिकै होस्पिट्ल मेडिकल कतै केहि थिएनन् ।म ठुलो दोधार मा परेको थिए ।उता नीराज सासै सास मा अईया अईया गर्दै छ्ट्पटाई रहेका थिए ।त्यहाँ बाट हाईओए करिब 10 मिनेट को फरक मा थियो ।अनि म नीराज लाई बोकेर हाईओए सम्मल्य तर त्यतिबेला माओवादी जनयुद्ध चर्किदै थियो।
बाटो मा गाडीहरु छिटपुट मात्रमा चल्थे।म नीराज लाइ त्यही प्रतीक्षालय मा राखेको थिए जुन प्रतीक्षालयको अगाडी जनयुद्धकाल मा भत्किएको एउटा प्रहरी चौकी थियो ।त्यो अहिले पनि त्यही छ।त्याहा नजिकै एउटा होस्पिट्ल बनेको छ रे अहिले ।गाडी हरु आफ्नै गति मा दौद्डी रहन्थे हतपत्त कसैले गाडी रोक्दैनथे।कैयौंपटक हात दिदा पनि नरोकिए पछि ।म नीराज लाई हातमा लिएर बिच सडकमै पासारियौ। त्यतिकैमा एउटा ट्रक हरन बजाउदै आयो हामी नजिकै रोकियो ।अनि म हतार हतार उठे ट्रक ड्रइभर म दुबै जनामिलेर नीराज लाई गाडीमा राखेर बुटवल मा रहेको लुम्बिनी अचल अस्पतालको आकस्मिक सेबा कक्ष मा भर्ना गरे।केहि समय पछी नीराज को होस,आयो ।उन्का आफन्त हरु बुटवल मा हुनु हुदो रहेछ ।उहाँ हरुलाई जिम्मा लगाई म त्यहाँ बाट पुन पिपरा नै फर्के ।उन्लाई सम्झना छयात के छ मलाई थाहा छैन भेट नभएको करिब ७ बर्ष भयो ?तर मेरो आगाडी आइरहन्छन्अनि!सताई रहन्छन् ति यादहरुले।song..

त्यती बेला ईन्स्टिच्युट मा कोमिनिटी फिल्ड चलिरहेको थियो ।कोमिनिटी फिल्ड को लगि हामी पिपरा को दक्षिण भु भाग मा पर्ने राजापानी गाउमा जानु पर्थेयो। सबैजना आ आफ्नो साधन लिएर जान्थे कोहि साइकलमा त कोहि मोटरसाइकल तर केहित पैदल पनि जाने गर्थे। धर्मेन्द्र अनि म एउटै साइकल मा जाने गर्थेउ। कैयौंपटक पट्क हिडेर पुगेको छु म त्यो राजापानी गाउमा ।त्यहाँ हामी 15 दिन को लगि गएका थियौ ।घर घर मा पुगेर स्वस्थ सम्मबन्धी सर्बेक्षण गर्नु पर्थेयो।कोमिनिटी फिल्ड को अन्तिम दिन ईन्स्टिच्युट्ले स्वस्थ सिबिर को साथमा एउटा सानो कार्यक्रम पनि आयोजना गरेको थियो।कार्यक्रममा विभिन्न पात्र हरु सहित को एउटा स्वस्थ्य सम्बन्धि जानकारी मुलक एउटा नाट्क पनि प्रतुत गरेका थियौं ।त्यतिबेला त्यो ईन्स्टिच्युमा cma र anm कोर्स मा पढाई हुन्थियो।तर अहिलेसम्म के के हुन्नछ मलाई थाहा छैन।cma/anm तहमा सबै बिद्यार्थी हरु अनि भेला भई रहेकागाउँ मानिस हरुको बाक्कलैउपस्थिति थियो।निकै रमाइलो महसुस मलाई भएको थियो। त्यतिबेला खिचेका रेलेक्यामरा का तस्बिर हरु धुलाई गरेर सजाई राखेको छुअजै सम्म पनि मेरो अटोएल्लबमा।कोमिनिटी फिल्ड सकिए लगतै केहि महिना पछी किल्निकल फिल्ड सुरु भयो। किल्निकल फिल्ड को लागी होस्पिट्ल हरुमा जानु पर्ने थियो । सबै जना आ आफ्नो पायक पर्ने हस्पिट्ल ,अनिशव-होस्पिटल हरुमा जानेक्रम चलिरहेको थियो।त्यस्तै धर्मेन्द्र अनि म लगाएत केहीसाथीहरु ।कपिलवस्तु कै एउटा उप स्वस्थ्यचैकीमा गएका थियौं ।पुग्नु आगाबै मनमा अनेकौं खाल का शंका उप शंका हरु मन मनै हलचल भैरहेको थियो ।अनि पहिलो दिन सबैजना संग परिचय भयो उनि त्यही थिईन। उनि संगको परिचय भने ओझेलमा परेको थियो दिनहरु राम्रोसँग बित्दै थिए।उनि केहिदिन बाहेक प्रया सङै हुन्थिन् रुपकी सुन्दर उनि कमि केहि थिएनl
केहि नपुग थिएन उनिमा ।उनको त्यो कहिलेकाहीको अनुपस्थित मा मुस्किलले दिन कट्नु पर्थियो मैले।खैकहा जान्थिन के गर्थिन उनि त्यो मैले जान्नपनी चाहेन।उता धर्मेन्द्र अनि अन्य सथी हरु आफ्नै तालमै बेस्त हुन्थे घरी घरी अलमल परिरहे जस्त देखिन्थे ।एकातर्फ किल्निकल फिल्ड को काम सरासर चलिरहेको थियो ।हामी समय पिछे काम मा ब्यास्त हुनु पर्थियो।खै कहा कहा के के गरेर एका एक टुक्लुकै आईपुग्थिन।उन्को छरितो मुहार त्यो सफा चरित्र,मिठो मुस्कान अनि लजालु अँखा भित्र केहि सजाय जस्ती देखिन्थिन।सधै कोखिला मा भिरेर हिड्ने एक फितेझोला पनि सरिर को एका छेउमा हुन्थ्यो ।लाज नमानी उन्ले गर्ने गरेका कुरा हरु सुन्दा म खित्का छोडी हास्नपनि सकिन केहि पनि गर्न सकिन ।उनि मेरो नजिक लमक लमक गर्दै आउदा मेरो स्थिती अजै ठेगान मा आइसकेको हुने थिएन ।मैले टाउको उठाएर हेर्दा सेता दात देखाउदै चुल्बुले बिरालीका जस्ता जिस्काउने अँखा हरुले हेरिरहे जस्तो लाग्थ्यो ।यिसबै कुरा सम्झनको लगि एउटा एकान्त कोठा चाहिन छ यहाँ सथी हरु सङ बसेको समय ले पुग्दैन ।कैयौंपटकत बाहिर घुम्दा घुम्दै सङै खाना नास्ता पनि गरियो तर रात भने कटिएन।उन्ले दिएको चिनो बाट सुरु भएको हाम्रो परिचय र हाम्रो घनिस्ठता साथै मैले उनलाई म( नाम परिबर्तन )निसा भनेर बोलाउन थालीसकेको थिए ।उनि र म बिचको दुरि निकै नजिक बढीरहेको थियो।उनि सङैहुदा धेरै रोचक कुराहरुसँग मस्ती गरिन्थ्यो तर कहिलेकाही आफ्नै सुरमा गीत गुन गुनाउथिन तिनले गाउने त्यो गीत अजै सम्म पनि सम्झना छ मलाईl मैले आना कानी गरेको हैन निशा मेरो बाधेय्ता बिवोस्ता त्यस्तै थियो तिमीले बुज्नु पर्छlsong… ।song…!!!! सायद मैले प्रेम को भासा नबुजेको हुनु पर्छ हामिमा केहि हुन भने सकेन । सिमित दिनको लागी तोकिएका दिनहरु हमि बिच छुटिनेअन्तिम दिन पनि आइसकेको थियोl फेरि भेट्ने बाचा सहित सबै जना बिदा भयौं त्यो बिदाई दिन खिचेका तस्वीरहरु मेरो कोठाको भित्ताहरु मा अजै सम्म पनी सम्मानित छन। तिमीले दियको परिचय को चिनो मेरो साथ संगै छl न कि कहिले छुटिने छैन l
बिदाई पछीपनि भेट नभएको भने पक्कै होइन।यस्तै करिब ७ बर्ष को अन्तराल पछी भेटभएको थियो त्यो पनि प्रतक्ष भने होईन। लामो भेट पछी भएका धेरै कुराहरु आफैलाई इतिहास बन्दा रहेछन l बाध्न नसकिने यि मनका कुरा हरु पानीको मुहान जस्तै हुदा रहेछन् l

लेखक
forgeted admit बस्नेत(पदम)
गुल्मी हाल साउदी अरब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *