Skip to content

कोही आउला

  • by
SurajGiri-05


आयो हुरी आँधी बनेर,
विध्वंस पार्ने हो कि कतै ।
अँध्यारो छाउने केश छरेर,
कालोरात बनाउँदै जताततै ।

अनिष्ठताले आँखा खोल्यो,
विनम्रताले मुख मोड्यो ।
शान्ति हराउँदै कुकृत्य बढ्यो,
विदेशीका नजर झनझन गड्यो ।

सुध्रिन्न कि मति अब,
क्रान्तिको विगुल जातमा ।
जसले गर्दैनन् केही
फर्किन्छ सत्ता उही हातमा ।

उक्साउने भए सबै यहाँ,
खेताला हाल्दै भत्काउन ।
जीवन आफ्नो उँचो देख्छन्,
सक्छन् यी गरिब लत्याउन ।

सक्दैनौ गर्न तिमी हट,
निम्तोमा कोही आउला ।
सिंगार्ला मण्डप झैं
अखण्ड गरी जनता मिलाउला ।

सेचन गरी फूलहरूको
शान्ति छरी बुद्धत्वको ।
आफ्नै मुटुमा बसाए उसले,
गर्ला रक्षा देश र प्रकृतिको ।

सुरज गिरी
शिवमन्दिर, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *