Skip to content

जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी

BimalGautam-02


मलाई आज म आफै दुखे मेरो पार्टी दुख्यो
पार्टीहरू पनि अरु सबै दुखे किन कर्तब्य लुक्यो

ईतिहास लुक्यो वीर गोर्खा सगै इमान झुक्यो
नरोक्न सक्ने हत्या र हिंशा सरकार चुक्यो

सम्राट गए कम्रेड आए शान्तिको धोती फुक्यो
खाए अघाए आफू मोटाए देश बिकास सुक्यो

म आफैँ ठुलो अनि मेरो पार्टी भनी नेताले फुक्यो
यही घमन्डले आज यहाँ मेरो संबिधान सुत्यो

कहाँ बाच्छौ नेता तिमी द्वन्द्वमा देश परेपछि
जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी

बिमल गौतम
रियाद
साउदी अरेबिया

2 thoughts on “जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *