केही महिना भयो वाकवाक लागेको
गन्ध पनि कस्तो नमिठो, छि!
गर्भवती महिलाको सुरुवाती दिनहरू जस्तो
मन, मष्तिस्क बोधो भएको छ ।
हात, गोडा र जाँगर सुस्त भएको छ ।
नयाँ सोच
नयाँ बिचार
नयाँ कल्पना
कतै तुवाँलोमा रुमलिएको जस्तो
सुनामीले बगाई लागेको जस्तो
हृदयको पराकाष्टा उछिनेर
मेरो मनको कविता हराएर हो कि?
गनाउने लागेको
स्वाद फेरिएको
या, फेरि …
बैचारिक गर्भको कविता, कविता नभएर
रविता र सविता भएर हो ।
त्यसैले होला!
केही महिना भयो वाकवाक लागेको
गन्ध पनि कस्तो नमिठो, छि!
गर्भवती महिलाको सुरुवाती दिनहरू जस्तो
मन, मष्तिस्क बोधो भएको छ ।
हात, गोडा र जाँगर सुस्त भएको छ ।
कल्पना राई”ख़ुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
