ऐनै ऐनाको रहेछ यो मेरो घर
रगतको तातोपनाले जोगाऊँ भन्थें
चर्की गयो सब आफ्नै अगाडि
थाहा पाएँ अनि पानी पो बनेर
ऐनै ऐनाको रहेछ यो मेरो घर

कलिलो यौवन हँस्सी र मन सपना धेरै थिए
टुटेर गए एक पछि अर्को म मात्र बाँकी रहे
सहारा लिने ठाउँ खोज्दा म त कता अल्मलिएँ
थाहा पाएँ अनि माया दिने कोही पराया बनेछ
ऐनै ऐनाको रहेछ यो मेरो घर

सडाउने थिएन बेसी छोडेर आफ्ना भावना
हाँसी हाँसी रिझाऊँ भन्ने सबैको माया पाएर
बुझ्न तयार भएन कोही व्यथा रहेको दिलमा
थाहा पाएँ अनि मुटु कसैको चिसो पत्थर भएछ
ऐनै ऐनाको रहेछ यो मेरो घर

शब्द – अजनबी शाह
स्वर – रविन शर्मा
संगीत – शक्तिबल्लभ
आभाष (गीति एल्बम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *