Skip to content

फस्टा छ रे लहर


दिन दिनै प्रगतिको लहर त्यहाँ फस्टा छ रे
सुन्छु मलाई छाडी खुसीको सोफामा नाच्याछौ रे

जे सोच्नु थियो तिमीले सायद सही सोच्यौ होला
सोच्नु तिम्रो बाध्य थियो भूल मेरै भयो होला

शब्द खेलाई खेलाई तिमीले झूठो प्रहार गर्यो किन ?
बाध्यता नै थियो भने कुरा लुकाई लुक्यौ किन ?

जान्दिन म तिम्रो जस्तो पुरा पुरै झूठो बोल्न
अहिले झूठो बोले पनि पर्छ एक दिन सत्यो खोल्न

धेरै खुबी देखे तिमीमा नयाँनौलो रुप नि देखे
जलाई जाने अरुलाई घमण्डको मूर्ती भेटे

संगीता सुवेदी
सिन्धुली, भिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *