Skip to content

editor

नारी

खुट्टा भएर पनि हिड्न अरुले जोड़ दिनु पर्छ भने त्यहा आत्मबल र आत्म विश्वासको कमी छ भन्ने बुझ्नु पर्छ । जबसम्म आफूले आफैलाई चिनेर आफ्नो सोच, बिचार, कर्म, शिद्धान्त आफ्नै ब्यवहारमा लागू गरिदैन भने पहिचान र अधिकार खोज्नुको के अर्थ? नारी अधिकारको नारा लाएर मात्र नारी स्वतन्त्रता र नारीले पहिचान पाउने होइन । अरुले अधिकार आफ्नो हातमा राखी दिएर पाउने कुरा पनि होइन । समाजमा नारी अधिकार, नारी स्वतन्त्रता, नारी पहिचान, ……जस्ता मूल नारा लिएर हिड्ने नारीहरू पनि त्यो आवाज उठाउन सानो कष्ट र दुःखले पक्कै त्यो ठाउँमा आएका होइनन ।

कवि, पागल र प्रेमिका

काफलको बोटजस्तै
सर्लक्क र झ्याम्म परेको
टाढैबाट मन-मुटु चोर्ने
सोझो र उज्ज्यालो
तिमीलाई असीम प्रेम गर्ने
आहा त्यो हृदय !
आफ्नो अनुपम् प्रेमीलाई

दुर्सारी थान्बा दुइरी (गजल)

दुर्सारी थान्बा दुइरी, क्राबान क्राबान आँखाऊ ।
डान्सी मिक्लि तप्लक तप्लक ताइना आलाउ ।

सोदेदोना क्राना लानाम, आईला आज्याबा मायाँसे,
सीमाग्याम ङाला दुर्सा च्याबान् दिन्म्हुन आथाउ ।

सपनाका रंगहरू

दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरूमा
बंगुर खोरहरूमा
टनेल हाउसहरूमा
मन्द बिष युक्त कारखानाहरूमा

साथ तिम्रो पाउछु भनी

धर्ती छोडी गयो चरी आकाशलाई छुन भनी
गाउ छाडी आए मत तिम्रो साथ पाउछु भनी

अनायास नै दियो तिम्ले चोट माथि चोट गनी
टाढाबाट बिदा दिएउ मेरो सामु नआउनु भनी

दिए थिए तिमीलाई साचो माया भनी ठानी
फर्की आए गल्ती मेरै भयो मानी

थाहा छैन किन होला

थाहा छैन किन होला आफ्नै सरकार झुकेको छ
याँ को हाम्रो धरोहर विदेशीलाई सुम्पेको छ

राष्ट्र हाँक्ने महोदय गलत अभिव्यक्ति दिंदा
सँगै बस्ने सँधियार चीर निद्रामा सुतेको छ

भानुभक्तीय रामायाण सरसर्ती पढ्दा

(आदिकवि भानुभक्तको द्विशतबार्षिकी अवसरमा, लेखिएको लेख)

आदि कवि भानुभक्त आचार्यको छोटो परिचय–

वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका पुत्र भएकाले उनको अध्ययनको थालनी आफ्नै घरमा आफ्नै बाजेबाट भएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको परेको थियो ।

मेरी आमा

पूजा गर्न योग्य नारी, हुनुहुन्थ्यो मेरी आमा
मुटुभन्दा धेरै प्यारी, हुनुहुन्थ्यो मेरी आमा

ठान्नुभयो आफू जस्तै, संसारका प्राणी सबै
जन्मैदेखि शाकाहारी, हुनुहुन्थ्यो मेरी आमा

MatiPrasadDhakal

भानुभक्तका लघुरचनाहरू : १) सम्पादकीय

आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)द्वारा लिखित सातकाण्डी रामायण अन्तर्गतको पहिलो बालकाण्डको सर्वप्रथम प्रकाशन गर्ने काम मोतीराम भट्ट (१९४१)ले गरेका भए पनि सम्पूर्ण रामायणको सर्वप्रथम प्रकाशन भने डमरुवल्लभ पोखर्‍याल (१९४२)ले नै गरेका हुन् । इतिहासकै गर्भमा लुकिरहेका यी दुवै संस्करणहरूलाई नेपाली वाङ्मयका पाठकसामु सर्वप्रथम परिचित गराउने श्रेय चाहिं कमल दीक्षित (२०१४ र २०१७)लाई नै छ । सूर्यविक्रम ज्ञवालीले भानुभक्तीय रामायणका विभिन्न संस्करणहरूको तुलनात्मक अध्ययन गरी विविध पाठभेद र टिप्पणीसहित भानुभक्तको रामायण (१९८९ र २०११) को सम्पादन गर्दा यी दुवै संस्करणहरूको उपयोग गरेका थिएनन् भने भानुभक्तीय रामायणका हस्तलिखित कुनै पनि प्रतिहरूको उपयोगसमेत उनको अध्ययनमा हुन सकेको थिएन ।

पाँच मुक्तक (गरिबलाई दुनियाले झन्)

१)

गरिबलाई दुनियाले झन् गरिब बनायो
शान्त बिष्णु थियो, अचम्मको शिब बनायो
अब त बिद्रोह गर्छ, आफ्नै भोक र रिससित
भाग्यलाई दोष दिने अचम्मको जीव बनायो

सागर र किनारको साथ

सागर र किनारको, साथ छूटे जस्तो हुन्छ
जति जोड्यो भाग्य मेरो, उति फूटे जस्तो हुन्छ

मन्दिरमा शिर राखि, दुनियाले खै के पाए?
मेरो भने खुशी दैव, ले नै लुटे जस्तो हुन्छ

पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्

दण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने संस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरू अस्तित्वमा आउदै गयो ।

तिम्रै थिए, पराई ठानी

तिम्रै थिए, पराई ठानी, रुवाएर गयौ तिमी,
देखाई आस, ज्युँदो लास, बनाएर गयौ तिमी,

सोच्या थिएँ, दिन्छु माया, मुटुभरि संगालेको,
झिकी मुटु, मेरै हातमा, थमाएर गयौ तिमी,

बाचा सबै, बिर्सियौकि, साथै हिड्ने कसम खाको,
एक्लो बनाई, पराई हात, समाएर गयौ तिमी,

एकांकी ०५ – जस्तो मति उस्तै गति

स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे

(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ, पत्नी पीडित महासङ्घको दोबाटे कार्यालय)
पत्नी पीडितहरू — एक हौँ
पीडाको कहिरन — लेखौँ/लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।

कविता शृंखला (दुख : ०४)

दुःख हावा जस्तो हो मेरो लागि
दुःख हावामा पनि
प्राणवायू अक्सिजन जस्तो हो मेरो लागि
यसलाई सजिलै स्वासको रुपमा लिदिन्छु ।

अक्सिजनको स्पर्शले
नासिकाद्धारदेखि शरीरका प्रत्यक तन्तुहरू
तन्तुभित्रका प्रत्यक सेलहरू/कोषहरू

जसको लागि जसले त्यो मन्दिर बनायो

जसको लागि जसले त्यो मन्दिर बनायो
त्यही नारीको आज खोक्रो तक्दिर बनायो

घरबाट बिदा मागी लोग्नेको घर आएपछि
जसले सर्वस्व दिए उसैलाई फकिर बनायो

यथार्थको संघारमा भविष्यलाई उभ्याउँदा

सधैँ रेलको डब्बामा छङ्ग-छङग
खुजुरा पैसा बजाउँदै, हात पसार्दै
आउँछ एउटा युवा
आफनो रित्तो खल्ती छाम्दछु
फेरि झोलामा भारि, फइलभरिका
प्रमाणपत्रहरू समझन्छु
त्यसको अनुहारमा म आफ्नो
भविष्य देख्दछु।