Skip to content

editor

पुरस्कारै – पुरस्कार

मौका आज मिल्यो फेरि माइती दर्शनार्थको
गरिमामय स्याङ्जाली, साहित्यिक समाजको ।
आदरार्थी सबै माझ, सम्बोधन म गर्दछु ।
पुरस्कारै–पुरस्कार, नियात्रा पनि कोर्दछु ।

हो मलाई लाग्दछ, स्याङ्जा जिल्ला पनि मेरो आफ्नै माइती जिल्ला हो । स्याङ्जा र पर्वत एक आपसमा जोडिएका जिल्ला हुन् । मलाई सम्झना छ बि.सं. २०२७/२८ सालसम्म वर्तमानमा पर्वत जिल्लामा रहेको, ग्यादी भन्ने सुन्दर ठाउँ स्याङ्जा जिल्ला अन्तरगत रहेको थियो ।

समर्पण

म लुकाएर हिड्दिन
तिमी सामु मेरो अनुहार
त्यो कालो डर लाग्दो नै किन नहोस्
म झुकाएर हिड्दिन
तिमी सामु मेरो लक्ष्य
त्यो सिकुटे र माया लाग्दो नै किन नहोस्

स्वास्थ्य सन्देश

खानु अनार केरा भो, अमला आँप अङ्गुर,
सुन्तला स्याउ अम्वा ती, फलजो हुन्छ सुग्घर

रायो मेथी मुला काँक्रो, चना केराउ गाँजर,
राम्रो मानिन्छ खाना जो, मिलाएर लिने गर

अमूर्त मन

कुनै अमूर्त चित्रकारको
गम्भीर चित्रकला
हातमा राखेर,
र त्यस्तै मनहरू
आफ्ना सन्ततिका !
छातीमा राखेर
साह्रै जटील लाग्न थालेका छन
आमालाई !
बुझनै नसकिने रहस्यहरू
अचेल !

मुस्कान यो झर्दैछ

मुस्कान यो झर्दैछ आई हँसाइदेऊ न साथी
यहाँ देश मर्दैछ आई बचाइदेऊ न साथी

कामज्वरो आएर थरथराएको छ मेरो देश
स्थेस्कोप ल्याई ढुकढुकी जचाँइदेऊ न साथी

नाम फर्ने धुनमा

“धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरी ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अँझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

राजविराजमा मैथिली भाषासम्बन्धी कार्यक्रम

शिक्षाको माध्यम बन्न नसकेका कारण मैथिली भाषाको अपेक्षाकृत विकास हुन नसकेकोले यसतर्फ राज्यपक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।

मैथिली जागरण मञ्च राजविराजद्वारा शुक्रवार जिल्ला विकास समिति सप्तरीमा आयोजित कार्यक्रमका बक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम मैथिली अभियानी प्राध्यापक जनआनन्द मिश्रले मैथिली भाषाको विकासमा राज्यपक्ष उदासिन रहँदैआएको चर्चा गर्दै मैथिली भाषीहरूसमेत एकतावद्ध भएर भाषिक अधिकारका लागि जाग्नुपर्ने आवश्यकता औंल्याए ।

कविता शृंखला (दुख : ०३)

कट्कटिएको मयल
साबुनले
कुलुक्क धोए जस्तो
काँठो परेको दुःख धुने
साबुन भए कति जाति हुन्थ्यो ।
केरमेट अक्षरहरू
मसीका फोहोर दाग र थोप्लाहरू
मेट्ने कागज रङको सेतो टिपेक्स जस्तो

हाँसको अण्डा

कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो ।

घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले कस्तो हाँसको अण्डा ल्याएको रहेछस् ?”

टोरोन्टोमा मोदनाथ प्रश्रित तथा कविता पौडेल अभिनन्दित

टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फरवरीका दिन टोरोन्टोमा एउटा भव्य समारोहका बीच नेपाली साहित्यका महारथी मदन पुरस्कारबाट सुशोभित भूतपूर्व शिक्षा मन्त्री, वरिष्ठ राजनीतिज्ञ, पौराणिक इतिहासका प्रगतिशील व्याख्याता तथा नेपाली संस्कृतिका गहन अनुसन्धानकर्ता डा. मोदनाथ प्रश्रित तथा नेपालमा महिला सशक्तिकरणका एक प्रेरक, साहित्यकार तथा संगीतकर्मी कल्पना पौडेललाई टोरोन्टोवासीका तर्फबाट सम्मान गरिएको थियो ।

स्वर्ग हाम्रो

कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सबै नै, भित्रबाटै हरायो
भत भत भत पोल्दै, दुख्न लागेछ छाती
सहन सकिन पीडा, आँसु बर्षिन्छ राती ।।१।।

नियति अझ कठोरै, रैछ यो आज जानेँ
जनपदसँग टाढा, बस्नु दुर्भाग्य ठानेँ
झलमल छ विदेशै, तै नि लाग्यो अँधेरो
बरु सकस सहौंला, देश आफ्नै छ प्यारो ।।२।।

मलाई पनि पद चाहियो

हिजो म्याउँम्याउँ गर्ने त भयो
मलाई पनि पद चाहियो
पदमा बस्नेलाई हुने
खुशीको गद गद चाहियो

तपाईँहरूभन्दा छुट्टै माथि
आसन गर्न मन लाग्यो
माइकमा मुख बंग्याई बंग्याई
भाषण गर्न मन लाग्यो

प्रेमकविता

शरदा ज्योत्स्नया कान्ता वसन्तेन सुशोभिता
चञ्चला चञ्चला चैव स्मिता भीता समाहिता ।

त्वमेका मृदुवाक्येन कोकिलानाञ्च कोकिला
प्रकृत्यैव नता धीरा स्वभावेन शकुन्तला ।

मृदुला कोमलारूपा वासन्ती कुसुमाधरा
मानिनी मम मैत्रेयी प्रज्ञानेन मनोहरा ।

रहमत भाइ

मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज।