Skip to content

editor

को हुन् थाक्‌का थकाली?

नेपालका विविध जातिगत समुदायका प्राचीन इतिहास बोकेका नेपालीमध्ये ऐतिहासिक चिनारीका रूपमा तल्लो थाक् खोलाका थकाली बन्धुहरूको इतिहास बुझ्न निकै कठिनाइ भएको कुरा विभिन्न देशी तथा विदेशी विद्वान्ले व्यक्त गरिरहेकै कुरा हो।

प्रज्ञाप्रतिष्ठानमा मेरा कर्म

२०६६ माघ १९।

त्यो दिन कुन बार पर्‍यो, सम्झिनँ। बिहान साहित्यिक मित्र सावित्री मल्लले फोन गर्नुभएको थियो, दिउँसो एकछिन मकहाँ आउन मन लाग्यो भनेर।

स्वस्थानीका सूक्ष्म प्रसंग

पौराणिक व्रतकथा स्वस्थानी शालीनदीसित आबद्ध एक शालीन कथाझैं लाग्न थालेछ। वाचन गर्दै गर्‍यो, वाचन वाचाका ब्रह्म विवेकिन थाल्छ।

JRAavas-02

करले हुन्न माया

करले हुन्न माया, रहरले हुन्न माया,
पलपल सगैं ज्युने प्रहरले हुन्न माया,

बज्दैन ताली एक हातले बुझ्दा बुझ्दै पनि,
जबर्जस्ती गर्ने जिद्धि ठहरले हुन्न माया,

हेर्दैन भीर पाखा ठाउँ,सुख दु:ख मायाले,
सुखै मात्र हुन्छ भन्ने शहरले हुन्न माया,

एकांकी ०३ – दर्द


पात्रहरू
मञ्जरी : अधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दु:खजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज : गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने नि:स्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद : मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला : मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश : बबलध्वजका छिमेकी र सहयोगी ।

स्थान : सामान्य भुइँतले घरको दलान र आँगन

अधिकार त्यो जमाउँदैमा

अधिकार त्यो जमाउँदैमा नहोला ठूलै गजलकार
चटके छोराले बाबुलाई गर्दैछ नराम्रो व्यवहार

बाबुभन्दा छोरो जान्ने तिम्रो त्यो अहँकार
तिमीमा त्यो घमण्डपना देख्दैछौ हामी बारम्बार

कविता शृंखला (दुख : ०२)

बिहानको कलिलो घाममा
दिउँसोको चर्कने घाममा
बेलुकि पखको मलिन घाममा
मेरो छायाँ
म सँगसँगै यात्रा गर्छ ।
म उठ्ता यो पनि उठ्ने गर्छ ।
म बस्ता यो पनि
म सँगसँगै बस्ने गर्छ ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानको उद्घाटन समारोह सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन तथा बिबिध कोसेली प्रस्तुत सहित भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा विद्युतीय संजाल एम्नेलिया डटकम (amnelia.org) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल (आङ्किक) पत्रिकाको विमोचन समेत गरिएको छ ।

SangitaSubedi

आशा अझै बाँकी छ

जे भन्यौं तिमीले माने मैले कुरा
आज किन बनाइदियौ सबै कुरा भुरा

अनायास नै किन किन हुन्छौ टाढा–टाढा
थियो हाम्रो माया भ्यालेन्टाइनभन्दा गाढा

गजल दर्शन नियाल्दा

परिचय

नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैले यसरी प्रस्तुत गर्ने गरेको छु –पहिलो चरण प्रारम्भिक काल –वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल वि.सं २००२देखि २०३५ साल, तृतीय चरण, गजलको पुनर्जागरण काल वि.सं २०३६ देखि २०५०सम्म र चतुर्थ चरण गजलको उर्वरक काल २०५१ देखि २०५९सम्म र वि.सं २०६० यता पाँचौं चरण (गजल क्रान्तिको युग) जसमा गजल लेखनमा क्रान्तिनै आएको छ ।

एकांकी ०२ – करार–विवाह

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।)

पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।)

झ्वाम्मै हाम नफाल्नु है

झ्वाम्मै हाम नफाल्नु है जिन्दगी विगार हुन्छ
हजारमा एकमात्र जहाँ वफादार हुन्छ

माया लाउनु अघि होश पुर्याएस है
जालमा पार्नेहरूको वहाना हजार हुन्छ

दुई मुक्तक (नैतिकताको पहाड)

नैतिकताको पहाड चढ्न सबको खुट्टा गल्छ
कामभन्दा बढी तुफान एक्सप्रेस जीव्रो चल्छ
यो देश तिम्रो भएकैले होला हे पशुपतिनाथ !
धन सम्पति देख्नै हुन्न सबको तीन नेत्र बल्छ ।

कविता शृंखला (दुख : ०१)

बाहिरबाट बाहिरी आँखाले हेर्दा फूल
खुशीमा देख्छु / हाँसेको देख्छु
रंगरोशनीमा नाँचेको देख्छु ।
तर फूलभित्र किरा छ ।

‘फलमै किरा हुन्छ’
यो नकारन नमिल्ने सत्य
यो काटन नमिल्ने अकाट्य तथ्य
फूलको दुःख किरा
हास्नु त फूलको नियति न हो
फूलको पीडा किरा
मुस्कुराउनु त निसर्ग स्वभाव न हो ।

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन।

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले।